15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

महिला नेतृ बस्नेतको पोखरेलसंग प्रतिस्पर्धा

25 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सञ्जय महर्जन
काठमाडौं, भदौ  नेपाली काग्रेसकी प्रभावशाली महिला नेतृ महाअधिवेशन प्रतिनिधी कृष्ण कुमारी बस्नेतले प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग प्रतिस्पर्धिको रूपमा उम्मेदवारी दिने बिषय यतिखेर राजनीतिक वृत तातिएको छ । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरू गरेकी महिला नेतृ बस्नेतले प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिका रहेको क्षेत्र नम्बर ५ बाट एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलसँग प्रस्तिस्पर्धा गर्ने गरि उम्मेदवारी दिने संभावना बढेर गएपछि पछिल्लो समय नेपाली राजनीति तातिएको हो ।  नेतृ बस्नेतले बिसं २०५६ साल पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरू गरी क्याम्पस इकाई कोषाध्यक्षबाट औपचारिक जिम्मेवार लिएर अगाडि बढेको थिईन । त्यसपछि पशुपति क्याम्पसबाट २०५७ मा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष, २०६० मा स्वतन्त्र विद्यार्थी युनियनका उप सभापति, नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै २०६३ मा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य र २०७३ मा आएर नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्मको जिम्मेवारी समेत पुरा गरी सकेकी छन् । पछिल्लो पटक उनी लोकप्रिय मत ल्याएर नेपाली काँग्रेसको १३ र १४ औंै महाधिवेशन प्रतिनिधिमा छनौट भईकी थिईन ।  नेताहरुको शैक्षिक योग्यता कमजोर हुन्छ भन्ने भनाई रहेको छ । तर यो भनाई नेतृ बस्नेतको हकमा पनि कंही कतै लागु हुदैंन । उनको शैक्षिक प्रगति र उचाइ नि निकै लोभलाग्दा रहेको छ । बस्नेतले राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नातकोत्तर पूरा गरी कानुन विषयमा पनि स्नातक सम्म अध्ययन पुरा गरिसकेकी छन् । राजनीतिमा मात्र नभएर उनी अधिवक्ताको रूपमा पनि परिचित हुँदै आएकी छन् ।  बस्नेतल पार्टी भित्र महिला नेतृत्वको पनि समान हैसियत र बराबर सहभागीता हुनु पर्छ भनेर वकालत गर्दे आएकी छन् । राजनीतिका अतिरिक्त सामाजिक सेवामा पनि निकै नै सक्रिय रहेकी महिना नेतृ बस्नेत संगै चुनावी मैदानमा उम्मेदवारी दिनेहरुमा काँग्रेसका नेताहरू श्यामबहादुर खडका र प्रेमबहादुर खडका रहेका छन् ।

Posted on: 2022-Aug-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar