29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रहरी भनेको समाजको इन्जिनियर हो : एस पि सिंह

11 - Nov-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 कार्तिक २५ काठमाडौं । प्रहरीको एउटै उद्देश्य आम नागरिकको जिउघनको सुरक्षा गर्नु हो । यसकै लागि प्रहरी अह्रोरात्र खटिएको हुन्छ । प्रहरी परिसर काठमाडौंले बिशेष गरी दशै, तिहार र छठलाई लछित गरी तीन तहमा विशेष किसिमको सुरक्षा योजना बनाएको थियो । 
  यस अन्र्तगत काठमाडौं छिर्ने मुख्य नाका, चक्रपथ क्षेत्र र चक्रपथ भित्रको क्षेत्रलाई लछित गरी विशेष सुरक्षा योजना बनाएको थियो । अहिले हामीले काठमाडौं जिल्लामा मात्र ३ हजार ५ सयको  हाराहरीमा प्रहरी खटाएको छौ । यो समुहले खटाएको क्षेत्रमा २४ औ घण्टा पहरा दिईरहेको छ । त्यहिकारण पनि पछिल्लो समय चोरी, लुटपाट लगायतका अपराधहरु,जुन चाडपर्वको समयमा अलि बढि हुने गरेको थियो त्यसमा निकै नै कमी आएको छ ।  हामीले दशैको समयमा मात्र बिगत बिगतमा काठमाडौंमा दैनिक १५ देखि २० वटासम्म चोरी र लटुपाटका घटनाहरु हुन्थे अहिले त्यो अवस्था छनै । चोरी र लटुुपाटका घटना लगभग शुन्य नै रहेको छ । प्रहरी भनेको समाजको र्इिन्जनियर हो, समाजलाई चुस्त दुरुस्त र शान्त र अपराध रहित बनाउने दायित्व सदैव प्रहरीमा रहेको हुन्छ । प्रहरी भनेको समाजमा रहेको सम्पुर्ण समस्या समाधान गर्न सक्छ ।    चोरी, लटुपाट, डकैती जस्ता घटनामा सलंग्न भएका एक सय १४ जनालाई मुद्धा चलायो । यिनीहरुलाई मुद्धा चलाउनुकोे एउटै उद्देश्य भनेको सभांवित अपराधलाई ध्यानमा राखेर चाडपर्वको सममा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन हो । यि व्यक्तिहरुलाई मुद्धा चलाए पश्चात दशैको समयमा चारेी र लुटपाटका घटना लगभग शुन्य जस्तै भएको छ । अहिले काठमाडौमा गुण्डागर्दी खासै छैन् । बिगतका जसले गुण्डागर्दी गरे ति कुनै व्यवसायको आडमा भएको थियो । अहिले त्यो अवस्था छैन् ।     प्रहरी राज्यले खटाएको प्रतिनिधी हो ।  हाम्रो मान्यता भनेको पुलिस जनतामा आधारित हुनुपर्छ, अनि कारवाही प्रमाणमा आधारित हुनुपर्छ । सिगों मुलुकलाई शान्त र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त दुरुस्त हुनुपर्छ । सेवा प्रभावकारी हुनुपर्छ । प्रहरी पनि आम नागरिक नै हो । काम गर्ने क्रममा कही कतै त्रृटी हुनसक्छ । त्यसलाई सच्याउने मौका दिनु पर्छ । एउटा घटना र वा प्रहरीलाई लिएर सिगंो सगंठनलाई एउटै रुपमा हेर्न हुदैन । प्रहरी बाहेक मेरो परिचय भनेको म टेनिसको अन्तराष्ट्रिय खेलाडी पनि हु, मैले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय टेनिस प्रतियोगिता खेलेकोछु जितेर मडेल पनि लिएको छु । प्रहरी भनेको सदवै स्मार्ट हुनुपर्छ । प्रहरीको छवि राम्रो हुनुपर्छ,सबै निकायमा सस्ंथागत शुसासन बलियो हुनुपर्छ ।   

Posted on: 2018-Nov-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar