15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

“बुद्वको शिक्षाले बदल्छ जीवन”

9 - Oct-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
““बुद्वको शिक्षाले बदल्छ जीवन”
– युवा हुंकार संवाददाता   आधुनिक शिक्षाले मानिसलाई नवीन खोज तथा अनुसन्धानतर्फ अग्रसर गराए पनि नैतिक मूल्य–मान्यताको बोध गराउन सकेकछैन । पछिल्लो मानिस विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याबाट आक्रान्त छन् । भविष्यको‘आशादीप’ बन्नुपर्ने युवा पुस्ता कुलतको सिकारबन्दै गएको छ ।हिमालयन बौद्व धर्मका महामहोपाध्याय ठाङ्गुरिन्पोछे बुद्वको शिक्षाले मानिसको आचरणका साथैमन परिवर्तन हुने बताउँछन् । उनका अनुसारमानिसलाई एउटा पद्वतिमा आधारित उपदेश मात्रहोइन, हरेक धर्मले अवलम्बन गरेको वास्तविकआध्यात्मिक ज्ञान दिनुपर्छ । ‘हामीले बौद्वधर्ममात्र नभई हिन्दु, क्रिश्चियन वा अन्य धर्मलेपनि सामाजिक मूल्य–मान्यता र नैतिकताबारेके सन्देश दिएका छन् भनी सिकाउन सक्यौंभने मानिसको मन परिवर्तन हुन्छ,’ उनी भन्छन्,‘यसरी सही धर्म र राम्रो आचरण सिकाउनसकियो भने मानिसको व्यवहारमा आमूलपरिवर्तन आउन सक्छ ।’८५ वर्षको उमेरमा पनि रिन्पोछेमा रतिभरथकान देखिँदैन । उनी शान्ति, करुणा रमैत्रीभाव बाँड्दै हिँडिरहेका छन् । शरीरमा बुढ्यौलीका लक्षण देखिए पनि अनुहारमा चम्किलोआभा छ । उनको समीपमा गएर बस्दाखेरिमनमा शान्ति, आनन्द र महसुस हुन्छ । हृदयमादिव्यताको प्रकाश प्रज्वलित हुन्छ ।खुसी र आनन्दको सूत्रबाँड्न रिन्पोछे कहिले अमेरिकाकोक्यालिफोर्निया, कहिले क्यानडाकोभ्यानकोभर अनि कहिलेयुरोप पुग्छन् ।    केही दिनअघिराजधानीमा उनीसँग सत्संग गर्नेअवसर जु¥यो । उनले बौद्व धर्मकाशाश्वत पक्षमाथि केन्द्रित भएरजिज्ञासुका जिज्ञासा शान्त पारे ।उनले मानव जीवन, बौद्व दर्शन,ध्यान आदिबारे सरल भाषामाप्रस्ट पारे । ‘सबैको भलो होस्’ भन्ने बौद्व दर्शनमानिहित सन्देशलाई प्रकाश पार्दै उनले भने, ‘बौद्व धर्ममा आफूलाई मात्र नभई अरुको पनिभलाइ होस् भनी ध्यान गरिन्छ । हामीले स्कुल,विश्वविद्यालयमा प्रवचन दिँदा पनि रिन्पोछेहरूलेअरुको कल्याणमा ध्यान दिन आग्रह गर्छन् ।’उनका विचारमा मानिस, पशुपक्षी, साना–ठूलाजीव आदि सबैको कल्याण होस् भनी कामनागरिन्छ । यसरी आप्mनो स्वार्थभन्दा माथि उठेरअभ्यर्थना गर्दा सम्पूर्ण प्राणी जगतको उद्वार हुन्छ।अहिले वैज्ञानिकहरूले मनको बारेमा जे–जस्तोअनुसन्धान र खोज गरिरहेका छन्, त्यसबारेबौद्व धर्ममा करिब २ हजारभन्दा पहिल्यै उल्लेखगरिएको शास्त्रहरूमा उल्लेख छ । बौद्व दर्शनमाशून्यताबारे धेरै पहिले नै उल्लेख गरिसकिएकोछ ।    ‘अचेलका वैज्ञानिकहरूले पत्तालगाएको मनकोअवस्था र शून्यताबारे बौद्व धर्ममा उल्लिखितप्रसंग धेरै मिल्दोजुल्दो छ । त्यही भएर होला,बौद्व धर्म–दर्शनलाई विज्ञानसँग निकट भनिँदैआइएको छ ,’ उनी स्पष्ट पार्छन् । विश्वकाधेरै विश्वविद्यालयमा बौद्व दर्शन पढाइ र ध्यानअभ्यास गरिनु सुखद पक्ष भएको उनको धारणा छ। अमेरिकाको हार्भड, लन्डनको अक्सफोर्डलगायतसंसारका अतिचर्चित विश्वविद्यालयमा विद्यार्थीलेबौद्व अध्ययन गर्छन् । बौद्व पद्वतिमा आधारितध्यान विधिबारे ती विश्वविद्यालयमा वृहद्अनुसन्धान हुन थालेको छ ।बुद्वको जन्मथलो नेपालमा शान्ति र करुणाकोशिक्षालाई जनजनमा पु¥याउनसके धेरै मानिसलाभान्वित हुनसक्ने उनको भनाइ छ । ‘नेपालकोलुम्बिनीबाट भारतको नालन्दा विश्वविद्यालय हुँदैबुद्वको शिक्षा विश्वभर फैलियो । बुद्व दर्शनलेमनलाई शान्त बनाउने हुनाले विकसित देशमासमेत यो लोकप्रिय हुँदै गएको छ,’ उनी स्पष्टपार्छन् । भौतिक सम्पन्नता भए पनि पश्चिमीदेशमा मानसिक समस्या बढ्दै गएको छ ।मानिसलाई छटपटी अनि चिन्ताले गाँज्दै लगेकोछ । बुद्वले सिकाउनुभएको ध्यान विधि प्रभावकारीभएकाले अमेरिकालगायत पश्चिमी देशमा यसकाअभ्यासकर्ता बढ्दै गएका रिन्पोछेको ठम्याइ छ ।अमेरिका, क्यानडालगायत पश्चिमी मुलुकमारिन्पोछेका लाखौं अनुयायी छन् । रिन्पोछेकोप्रत्यक्ष मार्गदर्शनमा उनीहरूले बुद्व दर्शन तथावैज्ञानिक ध्यान पद्वति अभ्यास गरिहेका छन् ।‘सातसूत्रीय मतिशोधन अभ्यास’ रिन्पोछेद्वारा सरलभाषामा लेखिएको किताब हो । ‘मतिशोधनकोपूर्ण अभ्यास गरेमा व्यक्तिको मनमा सुख, शान्ति,विनम्रता, मैत्री र करुणा फैलिनसक्छ,’ रिन्पोछेलेकिताबमा उल्लेख गरेका छन् । उनको योपद्वतिबाट मन शुद्वीकरण गर्न पर्याप्त मद्दत पुग्नेदेखिन्छ ।तिब्बतदेखि सिक्किम हुँदै पश्चिमीमुलुकसम्मको यात्रा–क्रममा रिन्पोछेले आप्mनासमीपमा आएका अनुयायीहरूलाई करुणा रमैत्रीको सन्देश दिँदै आएका छन् । संसारकोजुनसुकै भूगोलमा रहे पनि मानव जाति मात्रहोइन, सम्पूर्ण जीवको भलो होस् भन्ने भावनाउनको चित्तमा सदैव छ ।तिब्बतमा जन्मे हुर्केर प्रारम्भिकशिक्षा लिएका उनले भारतमाआप्mनो ज्ञानचक्षु अझै विस्तारितगर्ने तथा सुखद अनुभूति अरुलाईबाँड्ने अवसर पाए ।जन्म र बाल्यकालठाङ्गु रिन्पोछेको जन्म सन्१९३३ मा तिब्बतको खाममाभएको हो । उनी हिमाली बौद्वधर्मअन्तर्गत काग्यु सम्प्रदायकाप्रमुख अवतारी लामा हुन् । हिमाली बौद्व धर्ममानिग्मा, शाक्य, काग्यु र गेलुक गरी चार सम्प्रदायहुन्छन् । उनलाई काग्यु परम्परा अनुसारअत्यधिक सम्मानका साथ ‘खेन्चेन’ उपाधिलेसम्बोधन गरिन्छ ।पाँच वर्षको उमेरमा काग्यु सम्प्रदायका प्रमुखसोह्रौ कर्मापाले सन् १९३८ मा टुल्कु (अवतारी)को उपाधि दिएपछि उनी पूर्वी तिब्बतकोखामस्थित ठाङ्गु गुम्बामा बस्न सुरु गरे । चीनसरकारले कठोर नीति अपनाएपछि उनी सन्– बुद्वले सिकाउनुभएको ध्यान विधि प्रभावकारी भएकाले अमेरिकालगायत पश्चिमी देशमा यसका अभ्यासकर्ताको संख्या बढ्दैगएको छ ।    – बुद्वको जन्मथलो नेपालमा शान्ति र करुणाको भाव फैलाउनसके धेरै मानिस लाभान्वित हुन सक्छन् ।  –उमेर ढल्किइसकेका बुढापाकाले क्रियाशील भएर काम गर्नसक्दैनन् ।  त्यसैले संसार हाँक्ने जिम्मेवारी युवाहरूमा छ ।  उनीहरू जिम्मेवार र जागरुक बन्न सक्नुपर्छ ।   चिनियाँ कम्युनिस्ट सरकारको पालामालुप्त पारिएका बौद्व दर्शनसम्बन्धी किताबलगायतसामग्री खोजी गर्न उनले महत्वपूर्ण भूमिकाखेलेका छन् । उनले भारत सिक्किमको रुम्तेकमा‘नालन्दा इन्स्टिच्युट फर हायर बुद्विस्ट स्टडीज’सुरु गरे, जहाँ काग्यु सम्प्रदायका टुल्कुहरूलाईप्रशिक्षण दिइन्छ । कर्मापापछिका विशेष चारउत्तराधिकारीहरू श्यामर रिन्पोछे, ताई सितुरिन्पोछे, जाम्गोन रिन्पोछे र ग्याल्त्सब रिन्पोछेलाईविशेष मार्गदर्शन तथा बौद्व शिक्षादीक्षा दिएकाथिए । कर्मा–काग्यु वंशका टुल्कुहरूलाई प्रशिक्षितगर्न उनले आधारभूत पाठ्यक्रम बनाएका छन् ।रुम्तेकमा १५ वर्ष बिताएपछि सन् १९७६ माठाङ्गु रिन्पोछेले काठमाडौं, बौद्वमा ठाङ्गु तासीछोलिङ गुम्बा स्थापना गरे । पछि उनले बौद्वपरम्पराअन्तर्गत ‘खेन्पो डिग्री’ प्रदान गर्न काभ्रेकोनमोबुद्वमा ध्यान केन्द्र तथा कलेज सुरु गरे ।उनले सन् १९८७ मा बौद्वमा सुरु गरेको मंगलदीपस्कुलमा बालबालिकालाई आधुनिक तथा बौद्वपद्वतिको शिक्षा दिइँदै आएको छ । उक्त स्कुलमाअहिले ५ सय ३० जना विद्यार्थीले निःशुल्करूपमा पढ्दै आएका छन् । आनी (भिक्षुणी)हरूकालागि स्वयम्भुमा गुम्बा स्थापना गरिएको छ ।बौद्व, स्वयम्भु, नमोबुद्वलगायत विभिन्न ठाउँमागरी आठ गुम्बा रहेका छन् । गुम्बाहरूमा ५ सय५० लामाहरू र २ सय ४० आनीहरू रहेका छन् ।उनले नेपालको विकट ठाउँमा स्थापनागरेको निःशुल्क चिकित्सा क्लिनिकले बिरामीलाईप्रभावकारी सेवा पु¥याउँदै आएको छ ।   लेनमोबुद्वमा ठाङ्गु क्लिनिक सुरु गरेका छन् ।बौद्व परम्पराअनुसार तीनवर्षे गुफा (ध्यान–साधना)का लागि उनले भक्तपुरको सरस्वतीस्थानमा गुम्बास्थापना गरेका छन् । यसैगरी, मनाङमा पनिआनीहरूलाई तीनवर्षे गुफाका लागि गुम्बा निर्माणभएको छ ।रिन्पोछेले हालै सारनाथ, भारतमा ठूलो गुम्बानिर्माण कार्य पूरा गरेका छन्, जहाँ बुद्वले चारआर्यसत्यबारे आप्mना शिष्यहरूलाई शिक्षा दिएकाथिए । सोह्रौं कर्मापाको सम्मानमा उक्त गुम्बाकोनाम ‘वज्रविद्या’ राखिएको छ । हरेक वर्ष त्यहाँकाग्यु सम्मेलन हुने गर्छ ।उनी अहिले न्युयोर्क, उडस्टकस्थित कर्मात्रियाना धर्मचक्रका प्रमुख हुन्, जसलाई उत्तरअमेरिकामा ‘कर्मापा’सरहको उपाधि दिइन्छ ।‘नेपालको लुम्बिनीबाट सुरु भएको बौद्व धर्म तथाध्यान पद्वतिप्रति पश्चिमी देशमा आकर्षण बढेको छ। बौद्व दर्शन विज्ञानसम्मत भएकाले गर्दा पश्चिमीमुलुकका मानिस ध्यानप्रति आकर्षित भएका हुन्,’उनी भन्छन् । पछिल्लो समय पश्चिमी मुलुकमा‘डिप्रेसन’का बिरामी बढ्दै गएका र त्यसलाईठिक पार्ने उत्तम उपाय ‘ध्यान’ रहेको उनकोसुझाव छ । व्यक्तिगत, पारिवारिक, सामाजिक,वातावरणीयलगायत विभिन्न समस्याबाट आक्रान्तपश्चिमी मुलुकका मानिसमा बौद्व शिक्षारध्यानमार्फत् शान्ति र करुणाको भाव जगाउनसकिने उनको धारणा छ ।विश्वभर बुद्वको ज्ञान बाँड्दैसन् १९७६ देखि रिन्पोछेले एसिया तथापश्चिमी मुलुकमा बुद्वको शिक्षा बाँड्न थालेकाहुन् ।    क्रममा उनले सन् १९८१ मा इङ्ल्यान्डको अक्सफोर्डमा ‘ठाङ्गु हाउस’ स्थापनागरे । पछि उउनले अमेरिकाको कोलोराडो,क्यालिफोर्निया तथा क्यानडाको भ्यानकोभर,एडमन्टनमा पनि केन्द्र सञ्चालन गरे । विभिन्न९ देशमा अन्य १४ केन्द्रहरू पनि रहेका छन् ।उनले क्यानडाको रिचमन्ड, ब्रिटिश कोलम्बियामासन् २०१० मा रिन्पोछेले ठाङ्गु गुम्बा निर्माणगरे, जुन क्यानडामा पहिलो बौद्व गुम्बा हो । योगुम्बामा सुनको जलपसहितको शाक्यमुनि बुद्वको६ मिटर अग्लो प्रतिमा निर्माण गरिएको छ, जहाँरहेको हलमा ५ सय मानिस बस्न सक्छन् ।बुद्व जयन्तीलगायत विभिन्न अवसरमाविदेशमा रहेका गुम्बाहरूमा आयोजित कार्यक्रममाहजारौं संख्यामा विदेशीले सहभागिता जनाउँछन्। त्यस्ता अवसरमा रिन्पोछेले मानव जीवन रबौद्व धर्ममा केन्द्रित रहेर प्रवचन दिने गर्छन् ।यसका साथै बौद्व पद्वतिमा आधारित पूजाआजा,प्रार्थना आदि पनि आयोजना गरिन्छ ।व ा त ा व र ण् ा ी यप्रदूषण, जलवायुपरिवर्तन, संक्रामकरोगको महामारीलेविश्वमा डरलाग्दोअवस्था निम्तिएकोछ । मानव समाजलेसही दिशा लिननसक्दा आधुनिकविकाससँगै विनाशकोडरलाग्दो शृंखलाखडा भएको छ ।समाजमा सकारात्मकचिन्तनभन्दा पनिनकारात्मक सोच हाबीभएको छ । रिन्पोछेकोविचारमा समाजमाशान्ति, सुव्यवस्था,जागरण र चेतनाकोविकासका लागि युवापुस्ताको महत्वपूर्णभूमिका हुन्छ ।‘संसार हाँक्नेजिम्मा युवाहरूको’अ  िह ल ेक ा ेसंसार परिवर्तनकालागि मुख्य भूमिकाखेल्ने युवाहरू भएकाले उनीहरूलाई सहीमार्गदर्शन दिनुपर्ने रिन्पोछेको भनाइ छ ।   उमेरढल्किइसकेका बुढापाकाले क्रियाशील भएर कामगर्न सक्दैनन् । त्यसैले संसार हाँक्ने जिम्मेवारीयुवाहरूमा छ । उनीहरू जिम्मेवार र जागरुकबन्नुपर्छ,’ उनी अनुभूति सुनाउँछन् ।देशको शासन व्यवस्था चलाउने अभिभारापाएमा युवाहरूले राम्रो गर्नसक्ने रिन्पोछेको धारणाछ । ‘देशलाई विकसित बनाउन युवाहरूकै हातहुन्छ । उनीहरूको ज्ञान र सीपले देश राम्रो हुन्छ,’उनी भन्छन् । स्पष्ट मार्गनिर्देशनको अभावमाकतिपय युवा लागूऔषध सेवन, चोरी–डकैतीकोगलत बाटोमा लागेका छन् । ‘उनीहरू बेलैमा सहीबाटो देखाउनु जरुरी छ, यसले उनीहरूको मनपरिवर्तन भई सिर्जनशील बाटोमा अगाडि बढ्नसक्छन्,’ उनको धारणा छ ।समाजमा नराम्रो काम मात्र होइन, राम्रोकाम गर्ने युवाहरू पनि धेरै छन् । ‘राम्रो काम गर्नेयुवाहरूलाई प्रोत्साहन गर्नुपर्छ । पत्रपत्रिका, रेडियो,टिभीमा उनीहरूको राम्रो कामलाई प्राथमिकतामाराख्नुपर्छ । उनीहरूका राम्रो कामबारे प्रकाशन वाप्रसारण गर्नुपर्छ,’ उनी भन्छन् । यसबाट अन्ययुवाको पनि मन परिवर्तन भई उनीहरू राम्रो कामगर्न उत्प्रेरित हुन्छन् । सही उत्प्रेरणा पाएमा बाटोअलमलिएका युवाहरूले सही बाटो समात्न सक्नेउनको विचार छ ।

Posted on: 2018-Oct-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar