15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

१२ औ शैक्षिक परामर्श संघको मेला सम्पन्न : १ लाखभन्दा बढी बिद्यार्थी तथा अभिभावकहरुले अवलोकन

24 - Jul-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
पारस मल्ल  श्रावण, ६  काठमाडौं । गत बिहीबार देखि काठमाडौंको भृकुटीमण्डपमा सन्चालन भएको १२ औं शैक्षिक परामर्श संघ (ईक्यान) मेला आइतबार सम्पन्न भएको छ । ४ दिनसम्म चलेको मेलामा १ लाखभन्दा बढी बिद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेको अयाजकले जनाएको छ ।   आइतबार साँझ होटल अन्नपूर्णमा भएको समापन कार्यक्रलममा प्रमुख अतिथिको रुपमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेर बहादुर तामाङ रहेका थिए । कार्यक्रममा बोल्दै मन्त्री तामाङले अबको केही बर्षभित्र विदेशी बिद्यार्थीहरुको शैक्षिक गन्तव्य नेपाल बनाउनको लागि सरकारले योजना बनाएको बताए । उनले यसका लागि नेपाल शैक्षिक परामर्श संघले पनि महत्वपूर्ण साथ दिन सक्ने भन्दै सरकारको योजनामा हातेमालो गर्न आग्रह गरे ।    कार्यक्रममा बोल्दै ईक्यानका अध्यक्ष  विष्णुहरि पाण्डेले एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरुका शिक्षा प्रणली र अवसरको विषयमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको र उद्देश्यअनुरुप मेला पूर्णतया सफल भएको जनाउनु भयो ।  मेला सयोजक तथा ईक्यानका प्रथम सचिव दिपक राज भुसालका अनुसार लक्ष्य गरिएको भन्दाबढी संख्यामा मेलाको अवलोकन भएको छ । मेलामा १ लाखभन्दा बढी बिद्यार्थी तथा अभिभावकहरुले अवलोकन गरेको बताए । भुसालका अनुसार पहिले दिन १५ हजार, दोस्रो दिन ४० हजार, तेस्रो दिन ३५ हजार र अन्तिम दिन १५ हजारले मेला अवलोकन गरेको बताए ।    अन्तिम दिन मेला चलिरहँदा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत कलाकारहरुले मेला अवलोकन गरेका छन् । यस्तै अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप शाहले मेला अवलोकन गर्दै मेला व्यवस्थित, समयानुकूल र उपयोगी भएको प्रतिक्रिया दिएका छन् । मेलामा रहेका २२८ वटा शैक्षिक परामर्शदातृ संस्थाका स्टलबाट परामर्शदाताहरुले सेवा दिएका थिए । अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारत लगायत देशको शिक्षा नीति, शैक्षिक कार्यक्रम, यूनिभर्सिटी, कलेज र विषयहरुका बारेमा सम्पूर्ण जानकारी गराइएको थियो । अवलोकनकर्ताहरुले विशेष गरी ईन्जिनियरिङ, मेडिकल, आई।टी।, नर्सिङ, व्यवस्थापन जस्ता विषयहरुका बारेमा जानकारी लिन बढी चासो राखेको पाइएको छ ।   मेलाको टाईटल स्पोन्सर्समा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रा. लि., ईन एसोसिएसन विथमा मर्सि एजुकेसन कन्सल्टेन्सी प्रा.लि. र मेन स्पोन्सर्समा काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सी प्रा. लि.रहेको थियो ।    

Posted on: 2018-Jul-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar