नेपाललाई एजुकेशन हब बनाउँने प्रर्याप्त आधार रहेको छ : ईक्यानका अध्यक्ष पाण्डे
20 - Jul-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
श्रावन ३ , काठमाडैं ।
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को १२औं शैक्षिक मेला २०७५ बिहीबार बाट काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ । मेलाको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । मन्त्री ज्ञवालीले भने विद्यार्थीले विदेशमा सिकेको जान र शिप स्वदेशमा प्रयोग गर्नु पर्ने कुरालाई जोड दिए ।
कार्यक्रममा ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले नेपाललाई एजुकेशन हब बनाउँने प्रर्याप्त आधार रहेको बताए । हामिले यो विषयमा लागिपर्ने बताए । उद्घाटन कार्यक्रमा नेपालका लागि अस्टे«लिय राजदुत , श्रीलंकाका राजदुत , भारतीय दूतावासका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
उच्च शिक्षा हाशिलको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको हो । मेलामा विद्यार्थी तथा अभिभावकले अष्ट्रेलिया, युरोप, अमेरिका, जापान, चीन, बंगलादेशलगायतका मुलुकहरुको शिक्षाका बारेमा जानकारी लिन सक्ने छन्
यस वर्ष २२६ भन्दा बढि स्टल तथा १७ वटा पेभिलियनहरुका साथ प्रस्तुत हुने बृहत शैक्षिक मेला ऐतिहाँसीक रुपमा सम्पन्न हुने विश्वास अयोजकले लिएको छ । । विद्यार्थीले आफू जान चाहेको मुलुक, त्यहाँको शिक्षा, बसाइ, तथा लगात शुल्कबारे जानकारी लिन सक्नेछन् । मेला ६ गते सम्म चल्ले छ ।
Posted on: 2018-Jul-20
Posted on: 2018-Jul-20
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story