१२औ बृहत शैक्षिक मेला आयोजना गर्दै ECAN
9 - Jul-2018, Posted by: Yuwahunkar | COMMENTS: 0
२५,असार, काठमाडौ
नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले १२औ बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । नेपालको सवैभन्दा ठुलो शैक्षिक मेलाको आयोजकको रुपमा स्थापित भई सकेको नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले काठमाडौंको भृकुटीमण्डपमा आगामी श्रावण ३ गते देखि ६ गते मा १२औ ECAN बृहत शैक्षिक मेला २०७५ आयोजना गर्दैछ । यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागिएको हो । मेलामा एक लाख भन्दा बढि मानिसहरुले अवलोकन गर्नु हुने अपक्षा गरिएको छ । मेलामा बिभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरु समेत सहभागि हुने जनाएको छ । मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्टे«लिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका अधिकारीका प्रतिनिधिहरुको सहभागिता हुने छ । नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवंम अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी एवम् विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्याहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने शैक्षिक मेलाको मुख्य उद्देश्य रहने छ । यस मेलामा स्वदेशी र विदेशी गरी जम्मा ३२८ स्टल रहने नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले पत्रकार सम्बेलन मार्फत जनाएको छ । मेला भर ईक्यानले रक्तदान कार्यक्रम आयोजना गरिने तथा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्प को पनि व्यवस्था गरिएको जनाएको छ । त्यस्तै नेपाल शैक्षिक परामर्श संघ ९भ्ऋब्ल्० ले विभिन्न मिडिया ग्रुपसँग मिलेर आपसि हितका लागि सहकार्य गर्ने छ ।
Posted on: 2018-Jul-9

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story