15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

डुवान र पहिरो सुरु ८ जिल्ला ११ जनाको मृत्यु

3 - Jul-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  डुवान र पहिरो सुरु  ८ जिल्ला ११ जनाको मृत्यु  
काठमाडौ असार २०     मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा डुवान र पहाडमा पहिरो सुरु भएको छ । असारको  तेस्रो साता (आईतबार) रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गरी ११ जनाको ज्यान गएको छ । तराईका जिल्लाहरुमा डुवान तथा पहाडमा पहिरोमा परी उनिहरुको ज्यान थएको हो ।      गृह मन्त्रालयका अनुसार ८ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।  रोल्पामा १८ दिनको शिशुसहित ३ जनाको मृत्यु भएको छ । बाँकेमा भेलले बगाएर ४ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौं र पर्सामा नदीले बगाएर तथा कैलाली घर भत्किएर एकएक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।    मुलुकका विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन । राजमार्ग खुलाउन प्रयास जारी भएपनि पहिरो आउने र रोकिने गरेकोले गन्तव्यमा जाने सवारी साधानहरु केहि अप्ठ्यारोमा परिरहेका छन ।  अविरल वर्षाका कारण केहि नदिको जलस्तर खतराको स्तरमा पु¥याएको छ । खहरे खोलामा पनि बाढी आउने अनुमान छ । स्थानीय प्रसासनले तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सर्तक रहन आग्रह समेत गरेको छ । लगातारको वर्षाका कारण तराईका वीरगञ्ज, नेपालगञ्ज, नवलपरासी, कैलाली लगायतका  स्थानमा थुर्पै घर डुवानमा परेका छन् । नाला बनाएको भएपनि निकास राम्रो नहुँदा घरहरुमा पानी पसेको छ ।         

Posted on: 2018-Jul-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar