15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देशभर “टोलटोलमा प्रहरी अभियान कार्यक्रम २०७५ सुरु

29 - Jun-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  “गृह प्रशासन सुधार कार्य योजना २०७४ “ अनर्तगत “टोलटोलमा प्रहरी अभियान“ कार्यक्रम सम्बन्धमा आज मिति २०७५।०३।०१ गते जिल्ला प्रहरी कार्यालय पर्साको आयोजित कार्यक्रममायस कार्यालय मातहत सामुदायिक प्रहरी सेवाकेन्द्र आदर्शनगर, सामुदायिक प्रहरी सेवा केन्द्रछप्कैया, सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल रसामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका प्रहरी कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्बन्धी आगामी कार्ययोजना बनाइ कार्यान्वयनको लागि छलफल गरिएको थियो ।
“समुदायको सुरक्षाको आधार स्थानियजनता नै हुन्“ भन्ने तथ्य लाई मनन् गर्दै समुदायर प्रहरीबिच बलियो साझेदारी बनाई समन्वयतथा सहकार्यमा घटित अपराध र अपराधजन्य समस्याको पहिचान र समस्याहरुको सामाधनको देशभर “टोलटोलमा प्रहरी अभियान कार्यक्रम २०७५ सुरु माध्यमबाट अपराध रोकथाम गर्ने उदेश्यले समुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप प्रत्येक जनताको घर दैलोमा प्रहरी कर्मचारी पुगी सुरक्षा सरोकारका विषयमा जनतालाई सुसूचित गराउने तथा वस्तुगत परिस्थितिको जानकारी लिने पद्दतिको विकास गर्न मिति २०७४ असोज ६ गते देश व्यापी रुपमा टोल टोलमा प्रहरी अभियान कार्यक्रमको उदघाटन तत्कालिन माननिय गृह मन्त्री श्री जनार्दन शर्माबाट भएको थियो । 
 साथै माननिय गृहमन्त्री श्री राम बहादुरथापा “बादल“ बाट जारी भएको “गृह प्रशासनसुधार कार्य योजना २०७४ “को बुँदा नं.३७ माटोल(टोलमा प्रहरी अभियान कार्यक्रम संचालनगर्ने भन्ने कार्ययोजनालाई लागु गर्न टोल(टोलमाप्रहरी अभियान कार्यक्रम संचालनको लागि कार्ययोजना निर्माण गरिएको ।कार्यक्रमको मुख्य लक्ष्य र उद्देश्यःलक्ष्यः समुदाय र प्रहरीको सहकार्य र समन्वयमा अपराध र अपराधजन्य समस्याको पहिचान र समाधान गरी अपराधको दर घटाई समुदाय र प्रहरी बीचको दुरी कम गरी विश्वास अभिबृद्धि गर्ने ।उद्देश्यः उपलब्ध साधन श्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्दै प्रहरी र समुदाय बीचको समन्वय र सहकार्यमा साथै प्रत्यक्ष जनताको घर दैलोमा पुगी प्रभावका रीरुपमा प्रहरी सेवा प्रदान गर्नु टोल टोलमा प्रहरी अभियान कार्यक्रमको उद्देश्य रहेको छ । अपेक्षित प्रतिफलः नेपाल प्रहरी प्रत्येक नागरिकको घर दैलोमा प्रत्यक्ष उपस्थिती भई सुरक्षा सरोकारको विषयमा जानकारी लिने दिने साथै स्थानिय समुदायमा सुरक्षा सचेतना अभिबृद्धी गर्ने कार्यले समुदाय र प्रहरी बीच विश्वास अभिबृद्धी हुने साथै समुदाय र प्रहरी बीचको समन्वय सहकार्यले बिचौलिया निरुत्साहित हुनेछन् । 
स्थानिय समुदाय र साधन श्रोतको सुरक्षा सरोकारको विषयमा संलग्न गराउँदा समग्र रुपमा अपराध रोकथाम, शान्ति सुरक्षार अपराध अनुसन्धान लगायतका प्रहरी सेवा प्रवाहमा प्रभावकारिता आउनेछ । टोल टोलमा प्रहरी अभियान कार्यक्रमको सुरुवातले यसलाइ भबिष्यमा प्रभावकारी रुपमा संचालन गर्न आधारतयार गर्नेछ ।


Posted on: 2018-Jun-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar