15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

स्थानीय तहका जनप्रतिनिधिको एक वर्षस् समस्यै समस्यामा बित्यो

29 - Jun-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 

स्थानीय तहका जनप्रतिनिधिको एक वर्ष: समस्यै समस्यामा बित्य

 

प्रतीकात्मक तस्वीर

१५ असार, डोटी । ‘मुख्य समस्या हामीलाई कर्मचारीको भयो । कर्मचारीहरु आउँदै आउँदैनन्, आएपनि बिचमै सरुवा भएर जान्छन् । न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार छ, न केन्द्र सरकारले कर्मचारी पठाउँछ ।’

डोटी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी आफ्नो कार्यकालको एक वर्ष कर्मचारी अभावमै बितेको दुखेसो गर्छन । ०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनवाट गाउँपालिकाको अध्यक्षमा छानिएपछि गाउँपालिकाको विकासका लागि केही गर्न उत्साहित थिए उनी । तर, धेरै कुराले उनलाई साथ दिएन ।

कर्मचारी अभाव मुख्य कारण भयो उनका लागि, भन्छन् ‘न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार दिइयो न कर्मचारी पठाइयो ।’ स्थानीय तहको निर्वाचन पहिले हुनु, संघ र प्रदेशको निर्वाचन पछि हुनु पनि उनी समस्या मान्छन् । ‘निर्वाचन भयो, जनप्रतिनिधि त छौं तर कसरी काम गर्ने भन्ने कानुन छैन, मन्त्रालयको पत्रको आधारमा काम गर्नु पर्ने अवस्था आयो’ उनी भन्छन्, ‘हामी हतियार बिनै युद्धमा खटिएका सैनिक जस्तै भयौ ।’

बोगटीको जस्तै दुखेसो छ के आईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको पनि । कर्मचारी अभावकै कारण चाहे अनुसार काम गर्न नसकेको उनी बताउँछन् । ‘एक त मलाई अनुभव पनि थिएन, मैले सिक्नमै बित्यो यो वर्ष,’ शाही भन्छन् ‘नीतिगत अन्यौलताका कारण पनि धेरै समस्या भयो ।’

वजेट कसरी बिनियोजन गर्ने भन्ने बिषयमा पनि लामो समयसम्म अन्यौल रहेको शाही बताउँछन् । ‘यो बर्षदेखि काम गर्न सहज होला जस्तो लागेको छ’ उनी थप्छन् ‘तर कर्मचारीको अभाव कहिलेसम्म रहन्छ ।’

बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ को समस्या पनि उस्तै छ । ‘गाउँपालिका टाढा भएका कारण कर्मचारीहरु जान मान्दैनन्’ उनी भन्छन् ‘गएपनि तीन महिना टिक्दैनन् । कानुनी अस्पष्टता, आफैलाई अनुभवको कमीका कारण चाहे अनुसार काम गर्न नसकेको उनले स्वीकारे ।

निर्वाचित भएको नौ महिनापछि मात्र न्याय सम्वन्धी तालिम पाएको बताउँछिन् जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा ।

न्यायिक समितिको संयोजक समेत रहेकी बोहरा भन्छिन् ‘न्यायिक क्षेत्रको अनुभव थिएन, समयमै तालिम दिनु पर्ने थियो त्यो भएन ।’ अन्य स्थानीय तहजस्तै जोरायल गाउँपालिकाले पनि कर्मचारीको अभाव झेल्नु पर्‍यो । ‘१७ जनाको दरवन्दी हो गाउँपालिकामा तर जम्मा तीन जना मात्रै हाजिर छन्’ उनी थप्छिन् ‘उनीहरु पनि फेरबदल भईराख्छन् ।’

अनुभवको अभाव र कर्मचारीको अभाव झेल्यो बडिकेदार गाउँपालिकाले पनि । ‘धेरै गार्‍हो भयो यो एक बर्ष काम गर्न’ गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा (भाट) भन्छिन् ‘बस्नलाई घर छैन, कर्मचारीहरु छैनन्, नीति नियमहरु प्रष्ट छैनन् ।’ जनअपेक्षा धेरै रहेका तर श्रोत थोरै रहेका कारण पनि काम गर्न समस्या भएको उनी बताउँछिन् ।

भौतिक पूर्वाधार अभावका कारण पनि काम गर्न गार्‍हो भएको बोहराको अनुभव छ । उनी भन्छिन् ‘एउटै कोठामा तीन/तीन जना बस्नु पर्ने अवस्था छ ।

बैङ्कहरुले समयमै शाखा बिस्तार नगरि दिँदा पनि काम गर्न समस्या भएको जनप्रतिनिधिहरुको गुनासो छ । बोगटान गाउँपालिकाका अध्यक्ष एनान भन्छन् ‘एक पटक खाता खोल्नका लागि, एक पटक पहिलो किस्ता निकासा गर्नका लागि, फेरी अन्तिम किस्ता लिनका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्था भयो’ एनान भन्छन् ‘यसले गर्दा उपभोक्ताहरु झन मारमा परे ।’

बैङ्ककै कारण पनि आफूहरुले गाली खानु परेको केआई सिंह गाउँपालिकाका अध्यक्ष शाही बताउँछन् । सायल, आदर्श, बडिकेदार गाउँपालिकाहरुमा अझै बैङ्कङि कारोवार सुचारु हुन सकेको छैन ।

भौतिक पूर्वाधार नहुनु, इमेल-ईन्टरनेटसम्मको सहज पहुँच नहुनु जस्ता समस्याहरुले सोचे अनुसार काम गर्न नसकिएको जनप्रतिनिधिहरुको गुनासो छ ।


Posted on: 2018-Jun-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar