24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपालको स्वास्थ शिक्षा क्षेत्र माफियाहरुको कव्जामा

24 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपालको स्वास्थ शिक्षा क्षेत्र माफियाहरुको कव्जामा
युवा हुंकार व्युरो काठमाडौ असोज  नेपालको स्वास्थ शिक्षा क्षेत्र मेडिकल माफियाहरुको कव्जामा पुुगेको छ । विधार्थीको योग्यता, क्षमता र अब्बलताको विकास गर्दै स्वास्थ्य शिक्षाको विकासका लागी स्थापना हुने गरेका मेडिकल कजेजहरु नै शैक्षिक माफियाको रुपमा स्थापित हुँदै गईरहेका छन् ।  विधार्थीलाई उचित शिक्षा प्रधान गर्नका लागी खुलेका शैक्षिकमा किन लाहपरवाही त ? विशेष गरि मेडिकल कलेजहरुमा देखिएको समस्याले त विद्यार्थीहरुको मात्र भविष्यमा मात्र खेलभाड भएको छैन आम नेपाली दाजुभाई तथा दिदिवहिनीहरुको स्वस्थ्यमा खेलभाड भईरहेको छ । विरामीहरु अस्पतालमा उपचार गराउन जाँदा फर्केरमा घरमा आउने हो की होईन भन्ने चिन्ताले नै उनीहरुलाई पिरोल्ने गरेको छ । केहि समय अगाडी मात्रै नुवाकोटका एक विरामीलाई प्रतिष्ठित एक अस्पतालमा फोक्सोको विरामीलाई मृगौलाको अपरेशन गरेर परमधाम पु¥याईयो । सामान्य रोग लाग्दा अस्पताल जाने विरामीलाई गम्भिर प्रकिृतिका रोग लागेको देखाईन्छ । अनि कयौँ सामान्य  विरामीलाई अल्प आयुमै परमधाम पु¥याईने गरिन्छ ।  दक्ष, अध्ययनशिल विद्यार्थीलाई पाखा लगाउँदै हर मेडिकल शैक्षिक संस्थान र शिक्षालयहरुमा भनसुन, नातावात ,  कृपावाद ,चाकरी र पैसाको मोलमोलाइ, जात, सम्प्रदाय, धर्म, स्थान, भूगोल, क्षेत्र र गरिबी अनि विपन्नताको आधारमा हुने विद्यार्थी भर्ना प्रक्रिया र त्यहाँबाट उत्पादन हुने गरेका डाक्टरहरु हुन् ।  अहिलेका मेडिकल कलेजका उत्पादन भनेको पढाइृको नाममा डिग्रीको सर्टि्फिकेट लिनेहरु मात्र रहेका छन् । उनीहरु केवल सर्टि्फिकेटका हकदार मात्रै छन् योग्यता, क्षमता र दक्षताका होईनन् ।  नेपालमा जति धेरै मेडिकलहरुलाई सम्वन्धन दिईन्छ त्यति नै धेरै नामका मात्र सर्टि्फिकेट वाढिने कार्य चल्छ र त्यसको सिकार वनिरहेका हुन्छन् आम नेपाली जनता । सबैलाई रिझाउने, सबैलाई मौका दिने नाममा अब्बलतालाई लात मारेर पैसा, पहुँच र पावरको आधारमा सर्टि्फिकेट वितरण गर्ने हाम्रा शासकहरुको जुन मानसिकता छ, त्यसले अधिकांश नेपालीको आयु घटाईरहेको कुरा नकार्न सकिदैन् ।  यसरी पैसा र पहुँचका भरमा उत्पालन भएका मेडिकल कलेजका डाक्टर हरुले कालान्तरमा कहिल्यै पुरिन नसक्ने घाऊ र कहिल्यै निको नहुने पीडा दिएर जान्छन्  । हामी, हाम्रो स्वास्थ्य, शिक्षा, न्याय र देशको समग्र क्षेत्र अनि प्रणालीमा यस्तै अभ्यास गर्न उद्यत छौ । जुन कहिल्यै बिसेक नहुने क्यान्सरको रुपमा हाम्रो देशरुपी शरीरभरि फैलिएको छ, फैलने र मौलाउनेक्रममा तीब्रता पैदा गर्दैछ । जुन घातक र प्राणहरण गर्ने हो भन्ने जान्दा जान्दै पनि हाम्रो होस खुुलेको छैन ।  शिक्षालाई व्यापार बनाएर ठगि खाने पेशा र कमाउ धन्दाको भाँडो बनाईएको छ अहिलेको परिवेशमा नेपालललाई  । स्वास्थ्यको पेशागत धर्मलाई व्यापार ब्यबसाय र आय आर्जनको रुपमा बुझिएको छ, स्वास्थ्य धर्म र सेवाभाव आजकल आर्जन गर्ने सर्टि्फिकेट बेच्ने ब्यबसायमा रुपान्तरण भएको छ । डाक्टरी सर्टि्फिकेट मोलमोलाईमा बिक्रीवितरण, लिलाम बढाबढमा चलेको छ । मेडिकल कलेजले विद्यार्थी लुट्ने छुट पाएका छन् । मेडिकल कलेजको मनोमानी र दादागिरीको सामु नियामक संस्था र मन्त्रालय चु सम्म बोल्न सकेको देखिदैन । किनकी यो ठुला ठुला रानैतिक दल नेताहरुको पनि कमाई खाने भाँडोको रुपमा स्थापित भएको छ । राज्य केहि मुठीभर ब्यापारी, दलाल र मृत्युका ब्यापारीहरुको लागि हो कि आम सर्वसाधारण नेपालीको लागि ? मेडिकल शिक्षा जस्तो विषयमा राज्यले जुन नीति अख्तियार गरेको छ, यो लाजमर्दो ,स्वास्थ्य र शिक्षा नीतिले ब्यापारिक प्रयोजनको शिक्षाले देश धमिराले खोक्र्याएको रुख जस्तो भएको छ । यसप्रति सरकार, देशको प्रवुद्ध वर्ग, राजनीतिक पार्टीहरु उदासिन छन् । बरु ब्यापारिक प्रयोजनका लागि खोलिएका कलेजहरुको प्रवर्द्धन र व्यापार विस्तारको लागि आफ्नो प्रतिष्ठा बेच्न लालायित छन् ।  भखरै मात्र पत्रपत्रिका तिर नेशनल मेडिकल कलेजको बेईमानीको वारेमा आम सञ्चार माध्यममा मुख्य खवरहरु वने ? त्रिविले दिएको सम्वन्धन तीन महिना नपुग्दै खारेज भयो । कलेजमा आवश्यक पर्ने पुर्वाधार सेत निर्माण नगरी स्थापना भएका कलेजले कसरी दक्ष विद्यार्थी उत्पादन गर्न सक्लान् ? कलेजको सम्वन्धन खारेज हुने वित्तिकै प्रतिस्ठित राजनैतिक दलको प्रमुख नेताहरुले नै सरकारको विरोध गरे । जुन कलेजका मालिकाले सरकारलाई वुझाउन पर्ने राजस्व वापतको नौ करोड रुपैया समेत वुझाएका छैनन् । राज्यको कानुन समेत पालना नगर्ने यस्ता ठगका मसिया हरुले संचालन गरेका मेडिकल कलेजबाट हामीले के अपेक्षा गर्ने । आम विद्यार्थी र नेपाली लाई ठग्ने उनीअहिले नेकपा एमाले वाट विरगञ्ज महानगरपालिकाका मेयरका उम्मेद्वार वनेका छन् ।   

Posted on: 2017-Oct-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar