गैरकानुुनीरुपमा नेपालमा आर्जन गरेको रकम हुुण्डी मार्फत बाहिरिदंै
24 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
गैरकानुुनीरुपमा नेपालमा आर्जन गरेको रकम हुुण्डी मार्फत बाहिरिदंै
सुजन राउत काठमाडौ असोज गैरकानुनीरुपमा पैसा कमाउने र उक्त पैसालाई लुकाउने प्रवृत्ति नेपालमा बढ्दै गएको छ । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाका अनुसार नेपालमा गलत ढंगले कमाइएको अधिकांश पैसा हुुण्डी मार्फत बिदेशिने क्रम बढ्दै गएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयको एक अन्तक्र्रियामा बोल्दै सिटौलाले नेपालमा वैधानिक तवरले अत्यधिक पैसा कमाउनेको संख्या ज्यादै न्यून रहेको जानकारी दिए । उनले सरकार तथा उपभोक्तालाई छलेर पैसा कमाउने प्रवृत्ति बढेको भन्दै त्यसलाई कारबाहीको दायरामा ल्याउन नयाँ नियम कानुनहरु आइसकेको जानकारी दिए । नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि कुमार नेपालले अवैध रुपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रचलन विश्वव्यापी रुपमा बढ्दै गएकाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन विश्वका धेरै मुलुकले सम्पत्ति शुद्धीकरणको कानून बनाई लागू गरेको जानकारी दिए । कुनै व्यक्तिलाई आफ्नो खातामा नगद जम्मा गर्न कुनै समस्या छैन, अर्काको खातामा नगद जम्मा गर्नुप¥यो भने परिचयपत्र देखाउनुपर्छ । यो नियन्त्रित प्रणालीले गलत तत्व निरुत्साहित हुन्छ । सन् २०११ मा संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययनमा विश्वको कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत रकम बराबरको कालोधन रहेको छ । हाल विश्वमा वार्षिक ३०० अर्बबराबरको मुद्रा अपचलन रहेको जानकारी दिए । उनले नेपालमा वि.सं. २०६४ भन्दा अघिसम्म सम्पत्ति शुद्धीकरणको कानुन नभएको बताए । उनले सन् २००८ मा नेपालमा सुरु भएको सम्पत्ति शुद्धीकरण कानुन विश्वमा १९२० देखि नै महत्वपूर्ण कानुनका रुपमा लागू भइसकेको र यसको कारण स्विट्जरल्याण्डजस्ता मुलुक विकास भएको जानकारी गराए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेका अनुसार भ्रष्टाचार, करछली, लागूऔषध, मानव तस्करी, सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरणजस्ता ३२ अपराध सम्पत्ति शुद्धीकरणभित्र पर्छ । उनले यसरी अकूत सम्पत्ति आर्जन गरी कमाएको पैसा बैंक, घरजग्गा, क्यासिनो, बहुमूल्य धातु खरिदमा प्रयोग गर्ने गरेको जानकारी दिएकाछन ।
Posted on: 2017-Oct-24

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story