नेपालको आर्थिक वृद्धिदर औसत चार दसमलव पाँच प्रतिशतमा सीमितः बिश्व बैक
24 - Oct-2017, Posted by: Yuwahunkar | COMMENTS: 0
नेपालको आर्थिक वृद्धिदर औसत चार दसमलव पाँच प्रतिशतमा सीमितः बिश्व बैक
सुजन राउत काठमाडौं, असोज नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा चार दसमलव पाँच् प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले चालू आवमा आर्थिक वृद्धि सात दसमलव दुुई प्रतिशत पुग्ने प्रक्षेपण गरेको भएपनि बिश्व बैकले भने बदलिंदो परिभेष संगै आर्थिक बृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो । विश्व बैंकले यसअघि पाँच प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यो प्रक्षेपण घटाएको हो । बैंकले सन् २०१८ मा नेपालको वृद्धि पाँच प्रतिशतको दरमा र सन् २०१९ मा चार दसमलव पाँच प्रतिशतको दरमा हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ । तराईमा गएको बाढीले करिब पाँच प्रतिशत जनसंख्या र दक्षिण तराईको ८० प्रतिशत जमिन प्रभावित भएको विश्व बैंकले उल्लेख गरेको छ । बाढीको कारण कृषि र आर्थिक क्रियाकलापमा भएको क्षतिको कारण गरिबी न्यूनीकरणमा भइरहेको सरकारी प्रयासमा पर्ने दबाबले सन् २०१८ मा आर्थिक वृद्धि लक्ष्यअनुसार हासिल गर्न नसक्ने विश्व बैंकले बताएको छ । गत आवमा नै बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ३.३ प्रतिशतबराबर रहेको, कतारलगायतका खाडी मुलुकमा देखिएको तनावले रेमिट्यान्स आप्रवाह घट्ने भएको र भारतले हालै अंगीकार गरेको जीएसटी कर (गुड एण्ड सर्भिस ट्याक्स) प्रणालीले नेपालबाट निर्यात प्रभावित भएकोले पनि आर्थिक वृद्धि अपेक्षाअनुसार नबढ्ने विश्व बैंकको जनाएको छ । जीएसटीको कार्यान्वयनसँगै भारतमा नेपाली निर्यातकर्ताहरुको प्रतिस्पर्धी क्षमता कमजोर हुने र नेपालतर्फ भारतबाट हुने आयात पनि बढाउने विश्व बैंकले बताएको छ । जीएसटीको कार्यान्वयनले भारतमा मूल्यवृद्धि दर घट्ने भएकोले भारत र नेपालबीचको मूल्य वृद्धि दरको अन्तर पनि बढेर जाने भएको छ ।
Posted on: 2017-Oct-24

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story