24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पैसाको लागि यस्तो पनि अपराध

24 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पैसाको लागि यस्तो पनि अपराध
कृतिम दुुर्घटना गराएर ३७ लाख ठग्न खोज्नेहरु अन्तत प्रहरी खोरमा युवा हुंकार व्युरो काठमाडौ असोज  पैसाको लागि कृतिम दुुर्घटना गराएर ३५ लाख रुपैयाँ ठग्न खोज्नेहरु अन्तत प्रहरी खोरमा पुुगेकाछन । नक्कली कागजातका आधारमा बीमा रकम लिन खोजेको आधारमा उनीहरु प्रहरी खोरमा पुगेका हुन । बनावटी दुर्घटना गराई बियर र ट्रक वापतको बिमा रकम ठगी गर्न खोज्ने चार जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडाले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका चार जनाको साथबाट नौ सय ६० कार्टुुन बियर बरामद भएको छ ।  पक्राउ पर्नेहरुका मकवानपुर मनहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३० को उज्वल कडेल, हे.टौंडा उपमहानगरपालिका ११ बस्ने वर्ष २८ को  सन्तोष खत्री, मकवानपुर कै हेटौडा उपमहानगरपालिका १९ बस्ने वर्ष २२ को निर्मल सुबेदी र सोही नगरपालिका १३ बस्ने वर्ष २४ को मणी लामा रहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका मध्ये कँडेलले ट्रक दुुर्घटना गराएको, खत्रीले योजना बनाएको, सुवेदी नक्कली साहुु बनेको र लामाले बियरहरु बिभिन्न व्यक्तिहरुको घरमा स्टोरेज गर्न लगाएको खुुलेको छ ।  यस्तो थियो योजना प्रहरीका अनुसार बियर र ट्रकको बिमा वापतको रकम ठगी गरी खाने उद्देश्यले योजना बनाई चितवनको ईच्छा कामना गाउपालिका जलबिरे स्थित त्रिशुली नदिमा ट्रक दुर्घटना गराई खसाल्न जिल्ला मकवानपुर हे.उ.म.न.पा. ११ बस्ने वर्ष २८ को सन्तोष खत्री (ट्रक चालक) र जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने उज्जवल कडेल दुबै जनाले भदौ २० गते अपरान्ह एक बजे ट्रक दुुर्घटना गराउने ठाउँको अवलोकन गर्न गएका थिए । ट्रक दुुर्घटना गराउने ठाउँ खोजी गर्ने व्यक्ति भने सन्तोष खत्री रहेका थिए । योजना अनुुरुप ना.५ ख. ७२९७ को ट्रक भदौ २५ गते अन्दाजी  साँढे चार बजे नवलपरासी भेडाबारी स्थित गोर्खा ब्रअरीबाट १४ सय कार्टुन टुवर्ग बियर काठमाण्डौ पुर्याउन भनि लिई हिडेको थियो ।  तर काठमाण्डौ नपुर्यागई  चितवनको गितानगरमा नाम नम्वर थाहा नभएको अर्को ट्रकमा सात बजेदेखि १० बजेसम्म १२ सय कार्टुन पल्टी गरेको, २०० कार्टुन सोही ट्रकमा राखिएको थियो । प्रहरीका अनुसार नाम थर थाहा नभएको भाडाको ट्रक भदौ २६ गते हेटौडा उपमहानगरपालिका ११ थानाभर्याभङमा आई बसी भोलिपल्ट अर्थात भदौ २७ गते सो १२०० कार्टुन हेटौडा उपमहानगरपालिका वडा नं. २ नयाँ मनकामना रोड  कुमाणमणी दहालको घरमा लुकाई राखिएको थियो । सो सामान पछि फेरि भदौ ३१ गते मकवानपुर हेटौडा उपमहानगरपालिका कै १३ पदमपोखरीमा लुकाई छिपाई राखिएको थियो ।  प्रहरीका अनुसार भदौ २६ गते ना.५ ख. ७२९७ को ट्रक जि. चितवन ईच्छा कामना गा.पा. जलबिरेमा जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ५ बस्ने वर्ष ३० को उज्जवल कडेलले  ११ बजेको समयमा खसाली ११ बजेर १५ मिनेट जाँदा निर्मल सुबेदीलाई (नक्कली साहु) खवर गरेको र निज साहुले ई.लाका प्रहरी कार्यालय मुग्लिनमा जानकारी गराएका थिए । सो पश्चात ई.प्र.का. मुग्लिनले अनुसन्धान कार्य जारी राखेको र भदौ २६ गते बेलुका ई.प्र.का. मुग्लिनमा निर्मल सुबेदीले बिमाको रकम पाउने उद्देश्यले निबेदन दिएका थिए । दुर्घटना पश्चात पनि चालक उज्वल कडेललाई कुनै चोटपटक नलागेको देखी शंका हुन्छ काम सफल नहुन सक्छ भनि भदौ २७ निर्मल सुबेदीलाई सन्तोष खत्रीले भनि निर्मल सुबेदीले उज्वल कडेललाई भाडा पसलमा लगी चक्कु किन्नुका साथै कपडा पसलमा गई ब्यान्डेज कपडा समेत किनी भरतपुर यातायात कार्यालय चौबिसकोटी नजिक झाडीमा गई बाँया खुट्टाको घुडा माथी चक्कुले निर्मल सुबेदीले जानाजान काटी नेशनल मेट्रोसिटी अस्पतालमा लगी छ टाका लगाएको थियो ।  उक्त घटना बनावटी जस्तो लागेकोले प्रहरी बाट गोप्य अनुसन्धान जारी रहेको अवस्थामा सुचना प्राप्त गरी असोज एक गते हेटौडा उपमहानगरपालिका १३ पदमपोखरी मणी लामाको घरमा पाँच सय ३७ कार्टुन र सोही स्थानका बुद्ध तामाङको घरमा चार सय २३ कार्टुन टुवर्ग बियर गरी जम्मा नौ सय ६० कार्टुन बियर बरामद भएको थियो । प्रहरीका अनुसार उक्त बियरको बजार मुल्य ३७ लाख रुपैयाँ रहेको छ । सो पश्चात अनुसन्धान गर्दे जाँदा चालक र नक्कली साहुले बिमा वापतको रकम ठगी गरी खाने मनसायले योजनाबद्ध रुपमा उक्त घटना गराएको अनुसन्धान बाट खुलेको छ ।      

Posted on: 2017-Oct-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar