08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

औद्योगिक क्षेत्रमा बिद्युुतको महसुुल नबढ्ने

10 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 औद्योगिक क्षेत्रमा बिद्युुतको महसुुल नबढ्ने
थरिन्द्र राज अधिकारी उद्योग व्यवसायमा प्रयोग भएको विद्युत्को महसुलदर नबढ्ने भएको छ । नेपालउद्योग परिसंघको टोलीसँगको भेटमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने जानकारी दिएका हुन् ।   नेपाल उद्योग परिसंघका पदाधिकारीसँग ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन । उद्योगी व्यवसायी ढुक्क भए हुन्छ । उनले उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने र त्यसमा निजी क्षेत्रले लगानीमा बढावा दिनुपर्ने र सरकारको कामकारबाहीलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उद्योग परिसंघका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युत्को महसुल बढाइए उद्योगधन्दा धराशायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए ।  नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगमा पठाएको प्रस्तावमा औद्योगिक क्षेत्रमा ६६ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने प्रस्ताव गरेको छ । महसुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाइ छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए । भेटमा सहभागी उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारको उज्यालो नेपालको अभियानले उद्योगी व्यवसायीलाई खुसी तुल्याएको र विद्युत्को क्षेत्रमा लगानीका लागि आफूहरु समेत तयार रहेको बताएका छन् ।    

Posted on: 2017-Oct-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar