05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

तीज: संस्कृतीलाई बिकृत बनाउँर्दै पुस्ता

30 - Aug-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 तीज: संस्कृतीलाई बिकृत बनाउँर्दै पुस्ता
तीज गितको रेकडिड र भिडियो निर्माणमा मात्र सात करोड भन्दा बढी लगानी युवा हुंकार व्युरो काठमाडौ साउन अहिले पुस्ताले तीजलाई बिकृत बनाउदै लगेकाछन । यस पालीको हिन्दुहरुको महान पर्व तीजको अवसर पारेर लगभग सात करोड भन्दा बढीको तीज गीतमा लगानी भएको छ । झट्ट हेर्दा तीजगीतले मानिसको मनमा आनन्द दिन्छ । सवै सुन्ने तथा हेर्ने श्रोता तथा पाठकलाई नाँचौ नाँचौ बनाउँछ । तर सवैलाई आनन्द प्रदान गर्ने यस्ता प्रकारका गीत तयार गर्नमा गीतका लगानी कर्ताले कति आफ्नो श्रम तथा आर्थिक लगानी गर्नु पर्छ त ? के जसरी हामीले सहज तरिकाबाट यस्ता गीतहरु सुन्ने ,हेर्ने अवसर पाउँछौं त्यसरी नै यी गीतहरु सजिलै तयार हुन्छन् त ?एउटा कलाकारले एउटा तीजको गीत तयार गर्दा सम्म उसले कति आर्थिक व्याय गरेको हुन्छ त ?के हामीले हेरे जस्तो , सोंचे जस्तो तीजगीत तयार हुन्छ त ? तीजमा नेपाली बजारमा सात सय भन्दा वढी तीज गीत नाम राखेर गीतहरु रेकर्ड गरिएका छन् । एउटा तीजगीत रेकर्ड, छायाङ्कन  गर्दा कम्तिमा पनि एक लाख खर्चिनु पर्ने हुन्छ । एउटा गीत तयार हुँदा गीत सँकलन , एरेन्ज , रेकर्ड , वाजा राख्नुका साथै एडिटिङ र छायाङ्कन  गर्दा सम्म त्यती खर्च आएको हुन्छ भने त्यसपछिको काम वजार व्यावस्थापन र प्रचार प्रसारमा थप आर्थिक खर्च वेर्होनु पर्ने हुन्छ । वैशाखबाट रेकडृ हुन शुर भएका यी गीतहरु श्रावणको पँन्ध्रसम्म पनि गीतहरु रेकर्ड हुने क्रम जारी नै थियो । गीतको नाममा रेकर्ड भएका गीतहरु के साँच्चै तीज भाकाका गीत नै हुन् त ? के साँच्चै तीजको वेलामा महिला दिदी वहिनीले आफ्ना मनका भावनाहरु , तीजमा माइत जान नपाएको गुनाँसो , तीजमा माइती लिन नआएको जस्ता पारिवारिक पिर व्यथा ,वेदना पोख्ने माध्यम वनेको यो तीज विशेष अहिले आएर माया प्रितीको खाल्डोमा परेर रुमल्लिइरहेको छ । अहिले आएर तीजसँस्कृतिले आफ्नो साँस्कृतिक पहिचान जोगाउन धौ धौ परिरहेको अवस्था छ । अरुवेला गीत रेकर्ड नगर्ने कलाकारले पनि तीजको वेलामा गीत रेकर्ड गर्ने बाढी नै चलेको छ । अगाडी पट्टि नाममा तीजगीत भनेर नामाकरण गरि रत्यौती गीत ,झ्याउरे गीत र अन्य भाकाका गीतलाइृ पनि अन्ध भक्त भएर केवल तीज गीत भनेर विभिन्न सञ्चार माध्यमबाट फलाकेर जसरी पनि जवरजस्ती तीजगीत नै हो भनेर प्रचारवाजी गर्ने परिपाटीले नेपाली लोकसँस्कृती धरापमा परेको अवस्था छ । किन सवै कलाकारहरुले अरुवेला भन्दा तीजको वेलामा गीत रेकर्ड गर्ने गर्दछन् त ? के पाउने अभिप्रायले तीजको वेला सवै भन्दा वढी गीत रेकर्ड गरिन्छ त ?  आखिरीमा जस्तो पनि गीत रेकर्ड गरेर यो तीज गीत हो भन्नाले के साँच्चै कलाकारलाई के फाइदा हुन्छ त ?  आफ्नो वास्तविक तीज सँस्कृतीको नाम नाम निशाना मेटाएर जस्तो गीतलाई पनि तीजगीत भनेर रेर्कड गर्ने परम्पराले भोलीको हाम्रो नेपाली लोकसाँस्कृतिक परम्परा कुन मोडमा पुगेर टुङ्गिने हो यतातिर ध्यान खोइ कुन निकायको पुग्ने हो ?के साच्चै तीजको वेलामा गीत रेर्कड गर्ने जतिले स्टेच कार्यक्रम पाउँछन् त ? के दुइचार जना चलेका कलाकारले देश विदेशको सयर गरे भन्दैमा उनीहरुलाई राखेर दोहोरी तीजगीत गाउँदैमा के सवैले विदेशको सयर गर्न पाउँछन र ? के विदेशको मोहले जस्ता गीतलाई पनि तीजगीत भनेर तीज सँस्कृती विगार्ने अधिकारको साँचो उनीहरले पाउँछन् त ?  यतातिर ध्यान किन पुग्दैन ? वालवामा पानी हाले सरह तीजका नाममा पैसाको खोलो वगाउने र नेपाली समाजलाई आडम्वरी पना सिकाउने यस्ता किसिमका गीत वास्तविक तीज गीत हुदै होइनन् । यी त नेपाली लोक सँस्कृतीलाई विगार्ने गीत हुन् भन्दा कुनै फरक पर्दैन । तीजगतिमा लगानी भएको यो सात करोड सम्पती अन्य आय आर्जन क्षेत्रमा लगानी गरेको भए त्यसले पक्कै पनि नेपाल िअर्थ क्षेत्रमा थोरै भए पनि नेपाली आर्थिक विकाशमा टेवा पुग्ने थियो ।   

Posted on: 2017-Aug-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar