23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

साबधान ! असुरक्षित बन्दै लाखौ ATM

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 साबधान !  असुरक्षित  बन्दै  लाखौ ATM  युवा हुंकार बिशेष व्युरो   पछिल्लो समय नेपाली एटिएमहरु असुरक्षित बन्दै गएकाछन । कतिपय देशका नागरिकहरुले ह्याकर कै रुपमा नेपालमा आई गैरकानुुनीरुपमा अकै व्यक्तिहरुको खातामा रहेको नगद पास वर्ड, एटिएम कार्ड, पीन नम्वर र खाताको सम्पुर्ण बिवरण ह्याक गरे करोडौ रुपैयाँ निकाल्न सफल भएकाछन ।  सिआईबीका अनुसार एटीएम कार्ड ठगी प्रकरणमा हालसम्म सीआईबीले विदेशी नागरिक विरुद्ध गरेको आठवटा कारबाहीमा चार जना रोमानियन, तीन जना टर्किस, दुुई जना बुल्गेरियन, दुुई जना भारतीय, चार जना मोल्दोभिएनसमेत गरी १५ जना विदेशीहरु पक्राउ परिसकेकाछन । पक्राउ परेकाहरुबाट हालसम्म ८४ लाख २८ हजार नेपाली रुपैयाँ, ६३ हजार आठ सय ५५ अमेरिकी डलर, ६२ हजार नौ सय ५० युरो र ११ सय ३९ थान एटीएम कार्ड बरामद गरिसकेको सीआईबीले जानकारी दिएको छ । सिआईबीको यही जानकारीलाई आधार मान्दा पनि हालसम्म बिदेशी ह्याकरहरुले नेपाली एटिएमबाट करोडौ रुपैयाँ अनाधिकृतरुपमा निकाली सकेको पुष्टि हुन्छ ।  यो रकम सिआईबीले पक्राउ गरिसकेको छ । सिआईबीले अझै पनि पक्राउ गर्न नसकेको यस्ता थुप्रै घटनाहरु हुुन सक्छन । जसको अझै खोजी भएको छैन र जसको बारेमा अहिलेसम्म उजुरी पनि भएको छैन । सिआईबीले हालसम्म जतिपनि अनुसन्धान गर्यो आफ्नो खाताबाट एक्सासी रकम गायव हुुन थालेको उजुरीको आधारमा मात्र गरेको हो । सोही आधारमा हालसम्म १५ जना बिदेशी ह्याकर पक्राउ परेका हुुन । यस्ता घटनाहरु अझ धेरै हुुन सक्ने आशंका गरिएको छ । नेपालका बिभिन्न बैकहरुले बिभिन्न होटल, व्यापारिक कम्लेक्सहरुमा एटिएम काउन्टर र पिओएस अर्थात प्वाईन्स अफ सेल्स  मेसिनमार्फत कार्डहरु स्वा्प गरेर यस्तो कारोवार हुुने गरेको छ । यसरी कार्डहरु स्वाप् गरि रकम लिकाएको बैक खाताहरु बिदेशी भएपनि यस्तो गैरकानुुनी कार्यमा नेपाली बैकहरुको उपयोग भएको छ । अमेरिकी कम्पनी भिसा पेमेन्टको नेटर्वकमा नेपालको अधिकांस बैकहरु जोडिएकाछन । नेपालको हकमा भने भिसा नेटवर्कको आधिकारिक ऐजेन्टकोरुपमा हिमालयन बैकले काम गर्ने गरेको छ । भिसा नेटर्वक मार्फत अन्तराष्टिय बैकिड च्यानल संग जोडिएको नेपाली बैकहरुबाट द्रैनिकरुपमा करोडौ रुपैयाँ चोरी हुने गरेको र यसको जानकारी स्वंम नेपाली बैकहरुलाई समेत नभएको देखिएको छ ।  अमेरिकी भिसा नेटवर्क कम्पनीले नेपाल राष्ट बैकका अधिकारीहरुलाई दिएको जानकारी अनुसार नेपाली बैकको कार्ड र नेटवर्क प्रयोग गरी बिदेशी बैकहरुमा रहेको खाता मार्फत हालसम्म १० करोड रुपैयाँ भन्दा बढी रकम चोरी भईसकेको छ । उक्त कम्पनीले नेपाली बैकहरुमा झण्ड्रै चार लाखको हाराहारीमा फेक कारोवार भएको जानकारी पनि राष्ट बैकलाई दिएको छ । तर यति ठुलो परिमाण बैकिड घोटाला भएपनि यसको बारेमा अझैसम्म पनि सत्यतथ्य जानकारी बाहिर आएको छैन ।    रकम निकाल्न नै लागि किन नेपाल आउँछन बिदेशी ?  नेपालका एटिएम काउन्टहरु प्राबिधिक र सुरक्षाका दृष्टिकोणले कमजोर नै रहेकाछन । सिआइबीका अनुसार विदेशीहरूलाई एटिएमबाट रकम झिक्न नेपालमा निकै सजिलो  रहेको छ  । नेपालका एटिएम मेसिन जुनसुकै देशको एटिएम कार्डबाट रकम निकाल्न मिल्ने खालका रहेकाछन । ति एटिएमहरुमा ‘चिप्स जडान नभएकाले रकम निकाल्न सहज रहेको छ ।  त्यही भएर पनि एटिएमबाट पैसा ठग्ने विदेशीहरू नेपालमा आउने गरेको देखिएको छ । यसबाहेक नेपालको कानुुन पनि कमजोर रहेको छ । नेपाल आएर यस्तो ठगी गर्दा पक्राउ परे सजाय पनि कम छ । ठगी गरेको रकम बराबर जरिवाना र बढीमा तीन वर्ष मात्र जेल सजाय भोग्नुपर्ने हुँदा बिदेशीहरु नेपालका बैकबाट अनाधिकृतरुपमा रकम निकाल्न पल्किएका हुुन ।  यसको अर्को पक्ष भनेको विमानस्थलमा खटिएका कर्मचारीलाई प्राविधिक ज्ञान नहुँदा एटिएमको डाटा सार्न मिल्ने उपकरण, क्यामरा लगायत वस्तु सहजै ल्याउने गरेकाछन । नेपाल छिर्न सहज छ, एटिएमबाट रकम झिक्न पनि सहज छ र हुन्डीबाट रकम विदेश पठाउन पनि सहज छ । यसले गर्दा पनि बिदेशी ह्याकरहरु नेपालमा अनाधिकृतरुपमा रकम निकाल्न पल्किएकाछन । अर्कोँ पक्ष भनेको नेपालको सिंगो बैकिड कारोवारमा प्रबिधिगत सुरक्षा एकदमै कमजोर रहेको छ । यसले गर्दो पनि एटिएम कार्डमार्फत अनाधिकृतरुपमा रकम निकाल्ने गैरकानुुनी गतिबिधरु बढ्दै गएकाछन ।    किन कमजोर छ, नेपाली बैकहरुमा प्रबिधिगत सुरक्षा ? नेपाली बैकहरु नाफा कमाउनमा जति सक्रिय भएर लागेको त्यति सक्रिय भए उनीहरु आम निक्षेपकर्ताको निक्षेप रकम सुरक्षित गर्न लागि परेका छैन । बैकहरुले अनावस्यक कार्यहरुमा तामझाम गरी बार्षिकरुपमा करोडौ रुपैयाँ खर्च गर्न तयार रहेपनि प्रबिधिगत सुरक्षाको लागि केही लाखरुपमा खर्च गर्न तयार नहुनुुले पनि यो समस्या बढेको हो । कार्डमार्फत हुुने बैकिड कारोवालाई सुरक्षित बनाउनुको लागि अहिलके बैकिड क्षेत्रमा रहेका सामान्य कार्डहरुलाई इएमभी चिप्स कार्डमा रुपान्तरण गर्नुुपर्छ । यो प्रबिधिमार्फत हुने कारोवार निकै नै सुरक्षित मानिन्छ । यस्तो कारोवार गर्दा कुुनै त्यस्तै कार्य भएका भिसा नेटर्वक कम्पनीले क्षतिपुुर्ती पनि दिने व्यवस्था रहेको छ । त्यहीकारण पनि यो प्रबिधि अन्र्ततको कारोवारलाई सुरक्षित मानिन्छ । तर नेपालका एटिएमहरु निकै नै कमजोर रहेकाछन । कुुनैपनि नेपाली बैकहरुले राखेको एटीएममा ईएमभी प्र्रबिधि नै छैन । इभएमी प्रबिधि अन्र्तगत एटिएम मेसिनमा फेक कारोवार पत्ता लगाउनका लागि एउटा डिभाईस राखिएको हुन्छ । यदि कुनैपनि व्यक्ति नक्कली एटिएम कार्ड उक्त मेसिनमा घुसाउन थालेमा उक्त खाता स्वत व्लक हुन्छ । सुरक्षाको दृष्टिकोणले ईएमभी प्रबिधि सुरक्षति भएपनि कुनै पनि बैकहरुले राख्न चाहाँदैन । यो प्रबिधि जडान गर्नको ८० लाख रुपैयाँसम्म खर्च लाग्ने छ । अर्कोतर्फ नेपाली बैकहरुले अहिले प्रयोक गरिहरकौ बैकिड सफट्वेयर कपी गरेको सफट् वेयरहरु हो । यसले गर्दा पनि ह्याकहरु सम्वन्धीत बैकको एटिएम ह्याक गर्न तुुरुन्त सफल भएका हुन ।    कतिछन नेपालमा बैक खाताहरु ? नेपाल राष्ट बैकका अनुसार बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुमा मात्र एक करोड ८२ लाख छ हजार सात सय २४ वटा निक्षेप खाता रहेकाछन । यस मध्ये  २८ वटा बाँणिज्य बैकमा एक करोड ४२ लाख ७० हजार तीन सय ८८,  ५७ वटा बिकास बैकमा ३० लाख नौ हजार तीन सय ६५ र ३६ वटा फाईनान्स कम्पनीहरुमा चार लाख ७५ हजार छ सय वटा बैक खाताहरु सञ्चालनमा रहेकाछन । ऋण खाता अन्र्तगत भने बाँणिज्य बैकहरुमा आठ लाख ११ हजार एक सय छ, बिका बैकहरुमा तीन लाख नौ हजार तीन सय ६५ र फाईनान्स कम्पनीहरुमा ३६ हजार तीन सय ७० वटा कर्जा खाताहरु सञ्चालनमा रहेकाछन । यि सबैको गरी नेपालमा १९ सय ८५ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेकाछन । जसमध्ये बाँणिज्य बैकको १७ सय ६४, बिकास बैकको एक सय ९४ र फाईनान्स कम्पनीहरुको २७ वटा रहेकाछन । बिभिन्न किसिमको डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम लगायतका कार्डहरुको प्रयोगकर्ता संख्या भने ४८ लाख ४८ हजार ५३ रहेको छ । यसैगरी इन्टरनेट बैकिड प्रयोगकर्ताहरुको संख्या पाँच लाख ६४ हजार एक सय २८ रहेको छ भने मोवाईल बैकिड प्रयोगकर्ताहरुको संख्या २२ लाख ३६ हजार ७४ रहेको छ । तर बैकहरुले प्रबिधिगत सुरक्षाको चासो नदिंदा यि खातारु क्रमिकरुपमा ह्याकरहरुको निशानामा पर्दे गएकाछन ।  चार कोलमको तालिका बनाएर राख्ने एटिएम कार्ड फ्रड केसमा हालसम्म कति बिदेशी पक्राउ परे हेर्नुस तालिका  मिती नागरिक ठगीको बिवरण पक्राउ स्थान २०७१ मंसिर १ टर्किस नागरिक ५००० युएस डलर, दरबारमार्ग २६ लाख नेपाली,  ४२ थान एटिएम कार्ड २०७१ चैत ५ बुल्गेरियन नागरिक ४० हजार युुएस ठमेल ५७ हजार युरो  १७९ थान एटिएम कार्ड २०७३ भदौ १७ रोमानियन २ लाख ४६ हजार नेरु ठमेल ६० थान एटिएम कार्ड २०७३ कात्र्तिक ११ बुल्गेरियन १७२५० युएस डलर, ६०० युरो ठमेल २०७३ कात्र्तिक १९ रोमानियन ३५३ थान एटिएम ठमेल २०७३ कात्र्तिक २५ टर्किस २६ लाख ७५ हजार नेरु ठमेल १६६० युएस डलर, १७०० युरो ११३ थान एटिएम २०७३ पुस २९ भारत चार करोड नेरु ठमेल २०७३ चैत २० मोल्दोभियन ७८१३५० युएस डलर दरबारमार्ग १६०५ युरो, ४९५ थान एटिएम (श्रोत केन्द्रिय अनुसन्धान व्युरो )                      

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar