23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अझै घटेन घाटाको व्यापार छ सय अर्बको कुल बैदेशिक व्यापारमा ४२ अर्बको मात्र निर्यात

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अझै घटेन घाटाको व्यापार 
छ सय अर्बको कुल बैदेशिक व्यापारमा ४२ अर्बको मात्र निर्यात  लालकाजी श्रेष्ठ  मुुलुकको आर्थिक तथा बैदेशिक व्यापार सम्वन्धी परिसुचकले मुुलुकको अर्थतन्त्र निकै नै कमजोर रहेको देखाएको छ । सिंगो मुुुलुुकको अर्थतन्त्र रेमिटेन्समा चलेको भएपनि पछिल्लो समय बस्तुु तथा सेवा आयात उच्चरुपमा बढेको नियाँत उच्चरुपमा घटेपछि व्यापारघाटा पनि निकै नै बढेको छ ।  नेपाल राष्ट बैकले उपलब्ध गराएको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार करिब छ सय अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सो अवधिमा सिंगो मुुलुकको कुुल निर्यात भने ४२ अर्ब २२ करोड रुपैयाँमा सिमित रहेको छ ।  गत आर्थिक वर्ष २०७२÷७३ को तुलनामा चालू आर्थिक वर्ष ०७३÷७४ को सात महिनामा नेपालको कुल वैदेशिक व्यापार ५२ दशमलव तीन प्रतिशतले वृद्धि भई पाँच खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । नेपालको निर्यात–आयातको अवस्थालाई हेर्दा नेपालको वैदेशिक व्यापार निराशाजनक देखिएको छ । उच्च सम्भावना भएका वस्तुहरुको निर्यातमा तुलनात्मक रुपमा कम देखिएपछि नेपालले करिब छ खर्बको वैदेशिक व्यापारमा निर्यातको परिणाम आधा खर्बसमेत पु¥याउन सकेको छैन । सरकारले निर्यातलाई उच्च प्राथमिकता दिँदै आएको दाबी गर्दा यता तथ्यांकमा भने उक्त अवस्था कार्यान्वयनमा आउन नसकेको स्पष्ट देखिएको छ ।  यता व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार पाँच खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा गत आर्थिक वर्षमा भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण देखिएको आपूर्ति व्यवस्थाका कारण नेपालको कुल वैदेशिक व्यापार तीन खर्ब ९३ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको थियो भने त्यसको अघिल्लो वर्ष ०७१÷७२ मा कुल वैदेशिक व्यापार पाँच खर्ब एक अर्ब ५२ करोड रुपैयाँ पुगेको थियो । नेपालले विभिन्न देशसँग गर्दै आएको व्यापारमा तुलनात्मक रुपमा भने वार्षिक रुपमा घाटा व्यहोर्दै आएको छ, जसले गर्दा चालू आर्थिक वर्षको सात महिनामै आयात अत्यधिक वृद्धि हुँदा नेपालले ६२ दशमलव दुई प्रतिशतले व्यापार घाटा व्यहोरेको छ ।  चालू आर्थिक वर्ष २०७३÷७४ को अवधिमा कुल वैदेशिक व्यापारमा नेपालले पाँच खर्ब १४ अर्ब ९९ करोड रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्ला आर्थिक वर्ष २०७१÷७२ र ०७२÷७३ मा नेपालले कुल वैदेशिक व्यापार घाटा क्रमशः तीन खर्ब ९९ अर्ब ५६ करोड रुपैयाँ र तीन खर्ब १७ अर्ब ४५ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । चालू आर्थिक वर्षको सात महिनामा नेपालले कुल वैदेशिक व्यापारमा जम्मा ४२ अर्ब २२ करोड रुपैयाँ मात्रै निर्यात गरेको छ । नेपालले पेट्रोलियम पदार्थ, सवारी साधन तथा त्यसका पार्टपुर्जा, दूरसञ्चार, हवाई जहाजका पार्टपुर्जाहरुको आयात उच्च परिणाममा गर्दा निर्यात–आयातको अवस्थामा सन्तुलन हुन सकेको छैन । केन्द्रले चालू आवको सात महिनामा ऊनी गलैंचाको निर्यातमा तीन दशमलव शून्य प्रतिशतले ह्रास आई चार अर्ब ३४ करोड रुपैयाँ पुगेको जनाएको छ । यस्तै तयारी पोसाकको निर्यातमा पनि ह्रास आएको छ । गत वर्षको तुलनामा तयारी पोसाकको निर्यातमा सात दशमलव दुई प्रतिशतले ह्रास आई आर्थिक वर्षको सात महिनामा तयारी पोसाकको निर्यात तीन अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यता फलाम तथा स्टिल र तिनका उत्पादनहरुको निर्यातमा भने १७ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा तीन अर्ब ३७ करोड रुपैयाँका फलाम तथा स्टिल र तिनका उत्पादनहरु निर्यात भएका छन् । यस्तै पोलिष्टर तथा अन्य धागोको निर्यात तीन अर्ब ५३ खर्ब रुपैयाँ पुगेको छ ।  चालू आवको सात महिनामा ६० करोड रुपैयाँको मुसुरोको दाल ४१ करोड छाला, दुई अर्ब २१ करोडको अलैंची, एक अर्ब ७५ करोड रुपैयाँको चिया, १५ करोड रुपैयाँको अदुवा, ४९ करोड रुपैयाँको चाउचाउ, ३८ करोड जडिबुटी, ३२ करोडको टुथपेष्ट, एक अर्ब ८९ करोड रुपैयाँको टेक्सटाइल, एक अर्ब ५७ करोडको पश्मिना सल, ३४ करोडको हस्तकलाका सामानहरु, ४३ करोडको नेपाली हातेकागज निकासी भएको केन्द्रले जनाएको छ । यस्तै आव २०७३÷७४ को सात महिनाको अवधिमा आयात हुने वस्तुहरुको आपूर्तिमा वृद्धि भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनहरुको आयातमा ८३.६ प्रतिशतले वृद्धि भई ६० अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यस्तै पेट्रोलियम पदार्थ आयात गत वर्षको तुलनामा एक सय ४४ दशमलव छ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।  केन्द्रका अनुसार चालू आर्थिक वर्षको उक्त अवधिमा ५३ अर्ब ९८ करोड रुपैयाँका यातायात तथा सवारी साधन र तिनका पार्टपुर्जाहरु आयात भएका छन् । यस्तै २३ अर्ब ८८ अर्ब रुपैयाँका इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरु आयात भएका छन् । त्यसो त औषधिको आयातमा भने १९ दशमलव छ प्रतिशतले कमी आएको छ भने यो अवधिमा १२ अर्ब ९२ करोड रुपैयाँको औषधि आयात भएको छ । यस्तै चार अर्ब ६७ करोड रुपैयाँको रासायनिक मल आयात गरिएको छ । १० अर्ब ९३ करोड रुपैयाँबराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्सहरु आयात भएका छन् भने दुई अर्ब ५७ करोड रुपैयाँको भटमासको तेल आयात भएको छ । यस्तै सात अर्ब ८५ करोड रुपैयाँबराबरका तयारी पोसाक, २३ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्न र दुई अर्ब १० करोड रुपैयाँबराबरको ऊन आयात भएको छ ।   

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar