05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सामसुुड नोट–७ विष्फोटपछि पहिलोपटक नयाँ उत्पादन एजेन्सी

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सामसुुड नोट–७ विष्फोटपछि पहिलोपटक नयाँ उत्पादन  एजेन्सीनोट–७ मा   देखिएको खराबीपछि सामसुङ कम्पनीले पहिलोपटक आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले यसै महिना न्युयोर्कमा आफ्नो एस–८ उत्पादन सार्वजनिक गरेको हो । सामसुङ कमपनीले एस–८ को माधयमबाट आफ्नो नोट–७ बाट ग्राहकहरुमा गुमेको विश्वास फर्काउने बताएको छ । यसअघि सामसुङ कम्पनीले ल्याएको नोट–७ को ब्याट्रीमा देखिएको समस्याको कारण कम्पनीले सबै उत्पादनहरु फिर्ता गरेको थियो ।  नयाँ स्मार्टफोनमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्क्रिनको प्रयोग गरिएको छ । कम्पनीले नोट–७ फिर्ता गरेपछिको आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो । यो कम्पनीको अत्यधिक प्रतीक्षा गरिएको स्मार्टफोन हो । बुधबार सामसुङले अमेरिकाको न्युयोर्क सहरमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो । सामसुङले आफ्नो दुई भर्सनको ग्यालेक्सी एस–८ बजारमा ल्याएको हो । कर्भ स्क्रिनको प्रयोग गरिएका उत्पादनहरुमा एउटा छ दशमलव २ इन्चको आकारमा रहेको छ भने अर्कोमा पाँच दशमलव ८ इन्चको आकार रहने बताइएको छ । बुधबार सार्वजनिक गरिएको स्मार्टफोनको सार्वजनिक व्यापार भने आगामी अप्रिल २१ देखि सुरु हुने बताइएको छ ।  एस–८ मा ल्याइएको अर्को महत्वपूर्ण फिचर भनेको भ्वाइस कमाण्ड एसिस्टेन्ट प्रणाली हो । यो प्रणाली एप्पल कम्पनीको सिरिजस्तै रहनेछ । साथै स्मार्टफोनमा अनुहार पहिचान गर्नसक्ने एपको पनि प्रयोग गरिएको छ । यो एपको माध्यमबाट मानिसहरुले आफ्नो स्मार्टफोनमा हेरेको भरमा अनलक गर्नसक्छन् । विश्लेषकहरुले अहिले बजारमा आएको स्मार्टफोन सामसुङका लागि पछिल्लो एक दशककै सबैभन्दा उत्कृष्ट स्मार्टफोन रहेको बताएका छन् ।  सामसुङ कम्पनीले आफ्नो नोट–७ मा देखिएको समस्यापछि बजारमा एस–७ र एस–७ एजको व्यापारमा विस्तार गर्ने बताएको थियो । जसको कारण उसले बजारमा फर्किनको लागि एस–८ बजारमा ल्याउने बताएको थियो । 

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar