16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ग्रामिण क्षेत्र जनताको आर्थिक समृद्दीको आदर बन्दै काल्चे सडक

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 ग्रामिण क्षेत्र जनताको आर्थिक समृद्दीको  आदर बन्दै काल्चे सडक 
भूसन राज शर्मा 
छ किलो मिटर सडक जम्मा ४० लाख रुपैयाँमा निर्माण सम्पन्न भयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो साँचो हो । स्थानीय श्रोत, साधान, श्रम र लगानी समेतको समिश्रणबाट नुवाकोटको हिमाली जिल्ला जोडिने उर्लेनीको ओख्रे खोला काल्चे सडक निर्माण कार्य सम्पन्न भएको छ । 
पुर्वाधार विकास निर्माणका सन्दर्भमा यो खासै उल्लेख हुनुपर्ने र राष्ट्रिय तहका पूर्वाधार विकास निर्माणमा त यो अत्यन्तै सानो काम हो जसलार्ई अनुकरणीय मान्नुपर्ने कुनै कारण  होला भन्ने नलाग्ला । देशभरिका सडक निर्माण भइरहेका सन्दर्भमा सडकको यो लम्बाइ र बजेटको यो अंकले आफैँ त्यस्तो बुझाउँछ नै । 
काल्चे सडक नुवाकोटतको क्षेत्र नम्वर २  मा पर्छ ।  यो सडकका प्रस्तावक हुन् यहाँबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् डा. रामशरण महत । उनले आफ्नो भागको सम्बन्धित शीर्षकबाट यति रकम दिएपछि नै यो सडक निर्माण भएको हो । गएको माघे संक्रान्तिमा यो सडकनिर्माणका लागि यहाँ डोजर आइपुग्यो त्यसै दिनदेखि कोतर्नथाल्यो । यो बीचमा रहेको हेर्दै डरलाग्दो अक्करे भीर कोतर्न र यो काम सकेर फागुन मसान्तमा त्यो फर्कियो । यो समय भनेको जम्मा दुई महिनाको हो । यस्तो भीर फोरेर आफ्नो गाउँ काल्चेसम्म सडक पुग्छ भन्ने कसैले सोचेकै थिएन । त्यो पनि यति छोटो दुई महिनाकै समयमा र यति सानो ४० लाखको रकमबाट सम्पन्न होला भन्ने यहाँका स्थानीयले पत्याएका थिएनन् सुरुमा । तर यही चैतको ९ गतेका दिन डा. महत गाडी चढेर नै त्यहाँ पुगे त्यो पनि यो बेलासम्मको सबैभन्दा अग्लो डाँडो काटेर । धोको त थियो तर यति छिटै त्यो पूरा होला भन्ने उनलार्ई पनि लागेको थिएन होला । उनले एउटा कार्यक्रममा पुगेका बेला देखे, ‘त्यो अक्कर त फोरी सकेर काल्चेसम्म नै बाटो पुगिसकेछ ।’ त्यो आफैँले हेर्ने इच्छा भयो र अर्को दिन त्यता लागेका थिए उनी । 
त्यहाँ पुग्ने अर्को धेरै अग्लो भीर यो पहिले नै काटिएर वा भनौं निर्माण भइसकेर सार्वजनिक यातायात सुरु भइसकेका थिए । त्यही बाटो हुँदै त्यस दिन काल्चेको यो सडकको निरीक्षण भएको थियो । यो सडकको निरीक्षण क्रममा उनका सहयोगी रमेश महतले एउटा अनुभूति सुनाए । केही पहिले उनी यो गाउँमा नै रहेको एउटा सामुदायिक भवन उद्घाटन गर्न त्यहाँ पुगेका थिए हिँडेर नै । त्यो कार्यकममा उनले यो बाटो बन्छ भनेर बताउँदा कसैले पत्याएनन् र यो घोषणाप्रति चासो नै दिएनछन् । यो कुरा भन्दा कसैले ताली नै बजाएनछन् । आफ्नो गाउँमा बाटो आउँछ भनी जानकारी दिँदा ताली नबज्नु भनेको नपत्याइएको अवस्था नै हो ।  
यो निरीक्षण क्रममा एक वृद्ध व्यक्तिले भनेको कुरा पनि त्यस्तै थियो । यस्तो पहरो कसरी फोरिएला र बाटो आउला भन्ने कसैले पत्याएका थिएनन् । भन्दा रहेछन्, ‘यो आउन २० वर्ष लाग्छ ।’ जब डोजर आयो अनि यी ७० कटेका व्यक्ति तेम्वो सिंह तामाङ आफैँ यामानको झम्पल बोकेर डोजरलाई सघाउन थालेछन् । उनको भनाइ थियो – त्यसबेला मैले यति ठूलो झम्पल बोकेँ, बुझ्नु भो । आफ्नो गाउँमा बाटो छिटो ल्याउनु छ, यता २० वर्ष आउँदैन भन्न थालिएपछि उनलाई झोक चले छ र झम्पल बोकेर बाटो खन्न हिँडेछन् । 
छ किलोमिटरमध्ये करिब पाँच किलोमिटर अक्कर फोरिएको अवस्थामा आहिले पनि र जो कोहीले पनि हेर्न सकिन्छ । अक्कर फोरिएर नै होला बाटो पिचजस्तै छ कम्तीमा यो खण्डमा बाह्रै महिना चल्ने प्रकारको । यति छिटै यस्तो स्तरीय बाटो निर्माण भएको देखिएपछि यसका छेउकुना बनाउन स्थानीय विकासले १५ लाख थपिदियो । तर पहिले यहाँ जे बन्यो त्यो चाहिँ ४० लाखभित्रैको हो । यो हिसाब हुँदा करिब सात लाख रुपैयाँको सरदरमा एक किमि बाटो बनाइएको देखिन्छ । 
समयलार्ई हेरियो भने जम्मा ६० दिनमा यो काम सम्पन्न भयो । ठाउँको अवस्था भीर पहराको छ किलोमिटर, रकमको हिसाबले ४० लाख र समयको पक्षबाट जम्मा दुई महिना । यसैलाई हो अनुकरणीय भनिएको । सबैतिर यस्तो भयो भने अनुमान गरौँ कति रकमले कति समयमा कति काम हुँदो रहेछ ? नीतिनिर्माता र लागतको इष्टिमेट गर्नेहरुले त एकपटक यो बाटो हिँड्न र हेर्नुपर्छ नै । 
आप्mनो गाउँमा सडक पुग्दा स्थानीय आफैँ कति उत्साहित हुँदा रहेछन् भन्ने पनि यो बाटो निर्माणपछिको निरीक्षणका क्रममा देखियो । त्यस दिन डा. महत दुई किलोमिटरजति बाटो हिँडे । उनका पछि थिए यो गाउँका सम्पूर्ण नरनारी । हिँड्नसक्ने जति बालक, महिला र लौरोे टेकेर वृद्धवृद्धाहरु । उनका अनुहार जति हँसिला, रसिला र चम्किला देखिए त्यो आफँैमा एउटा नोट गर्नुपर्ने विषय थियो । त्यहाँ व्यक्त नै भयो अब सहरबाट गाडीमा पैसा आउँछ । भनाइ हो यहाँको उत्पादन सहरमा लगेर त्यसबाट अब पैसा आउन थाल्छ । 
यो ठाउँ अहिले आधारभूत सेवा सुविधाका लागि सम्पन्न भएको मान्नुपर्ने भएको छ । डा. महतले आफ्नो चुनावी घोषणामध्ये के—के आयो भनी यो दिन यहाँ बताउँदा खानेपानी, बिजुली र सिँचाइ यसअघि नै यहाँ आइसकेका रहेछन् केही अपवादबाहेक । यो बाटो पुगेपछि उर्लेनीका लागि उनको पहिलो चरणको घोषणा पनि पूरा भएको हुनुपर्छ । यो गाउँ अब आधारभूत सेवा पुगेका अरु जतिकै भएको अवस्था हो काल्चेमा सडक पुगेको क्षणदेखि । यसअघि यही काल्चेमा जताततै पहिरो गएर पूरै गाउँ विस्थापित हुनुपरेको जस्तो बेला र भूकम्पको समयमा हेलिकप्टरबाट आवतजावत र उद्धार गर्नुपरेको थियो । 


Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar