03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नेपाल दक्षिण एशिया नै पहिलो

20 - Apr-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
नेपाल दक्षिण एशिया नै पहिलो 
विशेष धोज अदिकारी 
 महिला सांसदहरुको संख्या धेरै हुुनेमा नेपाल दक्षिण एशियामा नै पहिलो नम्वरमा रहेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालको संसद्मा महिलाहरुको हिस्सा दक्षिण एसियामा पहिलो र विश्वमा ४८औं स्थानमा देखिएको हो । तथ्यांक अनुसार नेपाल संसद्मा २९ दशमलव छ प्रतिशत महिला सहभागितासहित विश्वको ४८औं स्थानमा रहेको देखिएको छ । 
संयुक्त राष्ट्रसंघकम अनुसार एक सय ९३ मुलुकहरुमा सन् २०१७ को जनवरी १ को नतिजाअनुसार देखिएको महिला सहभागिताको आधारमा यो सूची तयार पारिएको हो । विश्वको संसद्मा सबैभन्दा बढी महिलाको सहभागिता हुने मुलुकमा रुवाण्डा रहेको छ । उसको संसद्मा ६१ दशमलव तीन प्रतिशत महिला सहभागिता रहेको छ भने दोस्रो स्थानमा रहेको बोलिभियाको संसद्मा ५३ दशमलव एक प्रतिशतको हिस्सा महिलाको रहेको छ । दक्षिण एसियामा भने संसद्मा सबैभन्दा बढी महिला सहभागिता हुने मुलुकमा नेपाल रहेको छ । दोस्रो स्थानमा रहेको अफगानिस्तानको संसद्मा २७ दशमलव सात प्रतिशत हिस्सा महिलाको रहेको छ । तेस्रो स्थानमा रहेको पाकिस्तानको संसद्मा २० दशमलव छ प्रतिशत हिस्सा महिला रहेको छ भने २० दशमलव तीन प्रतिशतसहित दक्षिण एसियामा बंगलादेश चौथो स्थानमा छ । भारत संसद्मा महिलाको सहभागिताको हिसाबमा विश्वको एक सय ४८औं स्थानमा रहेको छ भने दक्षिण एसियामा पाँचौं स्थानमा रहेको छ । दक्षिण एसियामा छैटौं स्थानमा भुटान रहेको छ भने माल्दिभ्स सातौं स्थानमा रहेको छ । दक्षिण एसियाली संसद्मा सबैभन्दा कम महिला सहभागिता रहेको मुलुक भने श्रीलंका रहेको छ ।

Posted on: 2017-Apr-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar