18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फड्को मार्दै बीर अस्पताल

20 - Mar-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
फड्को मार्दै बीर अस्पताल 
सुलभ  शरण क.सी. 
बीर अस्पताल अब सुधारको चरणमा प्रवेश गरेको छ । वीर अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालभित्रै बिरामीलाई सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएको छ ।
अस्पतालको फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । अस्पतालबाहिरका निजी फार्मेसीबाट औषधि खरिद गर्दा बिरामीले चर्को मूल्य चुकाउनुपरिरहे गुनासो बढेकोले फार्मेसी सञ्चालनमा ल्याउनुपरेको अस्पतालले जनाएको छ । स्वास्थ्यमन्त्री गगन थापाले देशभरका सरकारी स्वास्थ्य संस्थालाई चाँडोभन्दा चाँडो आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएका थिए । यसका साथै सञ्चालन गर्न चाहने सरकारी अस्पताललाई बजेटको व्यवस्था समेत गरेका थिए । सरकारी अस्पतालले आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर, विभिन्न समस्या दर्शाउँदै निर्णय कार्यान्वयन गर्न अस्पतालले आनाकानी गर्दै आएका छन् । मन्त्री थापाले यसलाई गम्भीर रुपमा लिएर कार्यान्वयनका लागि दबाब दिएपछि वीर फार्मेसी सञ्चालन गर्न बाध्य भएको हो । 
 
 

Posted on: 2017-Mar-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar