04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बढदै घरजग्गा कारोबार

7 - Dec-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 बढदै घरजग्गा कारोबार 
राष्ट बैक भन्छ दुुई महिनामा मात्र घरजग्गामा दुुई खर्ब ६० अर्ब कर्जा गयो
युवा हुंकार व्युरो
काठमाडौ कात्र्तिक 
घरजग्गाको कारोवार बढेसंगै पछिल्लो समयमा घरजग्गा कारोवार गर्र्ने दलालहरु सल्वलााएकाछन । बैकहरुले उत्पादनमुुलक क्षेत्रमा कर्जाको अनुपात घटाएर अनुत्पादक क्षेत्र अन्र्तगत घरजग्गामा कर्जा बढाए संगै दलालहरु सल्वलाएका हुुन । २८ वटा बाँणिज्य बैकहरु मध्येमा हालसम्म चार वटा बाँणिज्य बैकहरुले २०७३ असोज मसान्तसम्मको अपरिष्कृत बित्तीय बिवरण सर्वजनिक गरेकोमा सबैको रियलस्टेट कर्जाको अनुपात बढेको देखिएको छ ।  
गत आवको असोज मसान्तसम्ममा रियलस्टेट क्षेत्रमा दुुई अर्ब छ करोड ९५ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा सनराईज बैकले चालुु आवको असोज मसान्तसम्ममा यस्तो कर्जाको अनुपात बढाएर दुुई अर्ब ८७ करोड ७६ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ  । गत आर्थिक बर्षको असोज मसान्तसम्ममा दुुई अर्ब २१ करोड २३ लाख ५४ हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको सानिमा बैंकले पनि चालुु आवको असोज मसान्तसम्ममा रियलस्टेट कर्जा बढाएर चार अर्ब ५९ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । 
प्राईम कर्मसियल बैकले पनि घरजग्गा क्षेत्रमा छ अर्ब दुई करोड ४२ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जाको अनुपात चार अर्ब ४१ करोड ८५ लाख ७३ हजार रुपैयाँ मात्र रहेको थियो । यसैगरी नेपाल बंगलादेश बैकले पनि चालुु आर्थिक बर्षको असोज मसान्तसम्ममा उक्त क्षेत्रमा एक अर्ब ४६ करोड ९० लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैकमा यस्तो कर्जाको अनुपात तीन अर्ब ४५ करोड सात लाख ५० हजार रुपैयाँ रहेको थियो । राष्ट्र बैकले भने चालुु आर्थिक बर्षको भदौ मसान्तसम्ममा सबै किसिमका बैकहरुले रियलस्टेट क्षेत्रमा दुुई अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ । कुुल कर्जा मध्ये प्रति ग्राहक एक करोड रुपैयाँ भन्दा कमको कर्जाको अनुपात एक सय ४९ अर्ब ५० करोड रुपैयाँ रहेको रहेको राष्ट्र बैकले जनाएको छ ।
बित्तीय बिवरण अनुसार बिकास बैकहरुले पनि घरजग्गा क्षेत्रमा कर्जा बढाएकाछन । गत असोज मसान्तसम्ममा  रियलस्टेट क्षेत्रमा ५५ करोड ६५ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको साँग्रिला डेभलपमेन्ट बैकले चालुु आवको सोही अवधिमा उक्त क्षेत्रमा ५९ करोड ५५  करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असोजमा घरजग्गामा दुुई करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको अरनिको डेभलपमेन्ट बैकले पनि चालुु आवको पछिल्लो अवधिमा चार करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसैगरी गत असोजमा २५ करोड ५६ लाख ८० हजार रुपैयाँ रियलस्टेट कर्जा प्रवाह गरेको मुक्तिनाथ बिकास बैकले पनि चालु आवको पछिल्लो अवधिमा ६४ करोड ६० लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाहेक चालुु आवको पछिल्लो अवधिमा घरजग्गा क्षेत्रमा त्रिवेणी बिकास बैकले ८६ करोड ३९ लाख ६३ हजार, गरिमा बिकास बैकले ६२ करोड ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाईनान्स कम्पनीहरुको भने रियलस्टेट कर्जाको अनुपात सामान्य रहेको छ । 
दुुई कोलमको तालिका बनाएर राख्ने
बैक तथा फाईनान्सद्धारा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जाको बिवरण (रकम रु हजारमा) 
संस्थाको नाम चालुु आवमा असोजसम्म गत आवको असोजसम्म
सनराईज बैक २८७७६७४ २०६९५६१
सानिमा बैैक ४५९८९३१ २२१२३५४
प्राईम बैक ६०२४२८४.७७ ४४१८५७३.९३
एनबी बैक ३४५०७५० १४६९०४६
बिकास बैकतर्फ
संस्थाको नाम चालुु आवमा असोजसम्म गत आवको असोजसम्म  
साँग्रिला डेभलपमेन्ट बैक ५९५५८३.७१ ५५६५८८.८२
मुक्तिनाथ बिकास बैक ६४६०४७.८३ २५५६८०.२८
अरनिको डे बैक ४१०३२.४१ २२८९५.८३
कञ्चन डे. बैैक १५७९९.९७ ३५३०७.३१
त्रिवेणी बिकास बैैक ८६३९६३ ४४९०७९
गरिमा बिकास बैक ६२६४२९.०२ १६७३४५
कन्ट्री डे बैक ५२१७१.६९ ७५२१४.५६
फाईनान्स तर्फ  
संस्थाको नाम चालुु आवमा असोजसम्म गत आवको असोजसम्म  
युुनाईटेड फाईनान्स ४२०५७९ ३०२४९१
आईसीएफसी फाईनान्स ३२४०५६ ३५९७८३
(श्रोत सम्वन्धीत संस्थाको अपरिकृत बित्तीय बिवरण) 
 
 

Posted on: 2016-Dec-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar