27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

तेल उत्पादक राष्टहरुको सम्झौताकारण तेलको मुल्य बढ्ने

6 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 तेल उत्पादक राष्टहरुको सम्झौताकारण तेलको मुल्य बढ्ने
एजेन्सी साउदी अरेबिया र रसियाको तेलको मूल्यवृद्धिको विषयमा भएको सम्झौतासँगै तेलको मूल्यमा वृद्धि भएको छ । कच्चा तेलको मूल्यमा तीन प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको हो । विश्व बजारमा लामो समयदेखि कमजोर रहेको तेलको मूल्यमा सुधारको लागि रसिया र साउदी अरेबियाको बीचमा व्यापारिक सम्झौता भएको हो ।  रसिया र साउदी अरेबियाको ऊर्जाको मन्त्रालयले जारी रहेको विज्ञप्तिमा ऊर्जाको मूल्यमा सुधारको लागि यो सम्झौता भएको स्पष्ट पारेका छन् । संयुक्त रुपमा तेलको मूल्यमा सुधारको लागि सहयोग पुग्ने किसिमको विज्ञप्ति सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सोमबार एक दशमलव २८ अमेरिकी डलर प्रतिब्यारेलले बढेको देखिएको छ । यससँगै तेलको मूल्य ४८ दशमलव ११ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।  विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुकको रुपमा रहेको साउदी अरेबिया र तेलको मूल्यमा देखिएको कमजोर नतिजाको कारण समस्यामा परेको रसियाको बीचमा तेलको बजारलाई सन्तुलित अवस्थामा राख्ने र तेलको उद्योगको विकासको लागि दीर्घकालीन लगानी भित्र्याउने विषयमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको दुई मुलुकहरुको बीचमा सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  पछिल्लो समय उत्पादनमा देखिएको लगातारको वृद्धिको कारण गत जनवरी महिनामा तेलको मूल्य १३ वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको थियो । सन् २०१४मा एक सय १५ अमेरिकी डलरसम्म पुगेको तेलको मूल्य जनवरी महिनामा २७ अमेरिकी डलर प्रतिब्यारेलको हाराहारीमा झरेको हो । यसले तेलको बजारको विषयमा विभिन्न किसिमका आशंकाहरु जन्माएको थियो । तेलको मूल्य कमजोर देखिएको कारण साउदी अरेबियालगायतका केही तेल निर्यात गर्ने मुलुकहरुको आर्थिक क्षेत्र कमजोर बनेको देखिएको हो । रसिया र साउदी अरेबियाको बीचमा भएको सम्झौता एक ऐतिहासिक क्षण रहेको दुई मुलुकहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  साउदी र रसियाको बीचमा भएको सम्झौतापछि आगामी दिनमा तेलको मूल्यमा थप वृद्धि हुने अनुमान गरिएको छ । साथै तेलको उत्पादनमा पनि कटौती हुने अनुमान गरिएको छ । साउदी अरेबियाका ऊर्जामन्त्रीले भने अहिले विश्वको मूल्यमा सुधारको लागि उत्पादनमा कटौती गर्नु अवश्यक नरहेको बताएका छन् । अहिले भएको सम्झौताले तेल निर्यातकर्ता मुलुकहरुको बीचमा लामो समयदेखि हुन नसकेको तेल उत्पादनको कटौतीको सम्झौताको लागि केही बल पुग्ने अनुमान विश्लेषकहरुको रहेको छ । पछिल्लो समय बजारमा अनुमान गरिएकोभन्दा बजार सुधारको क्रममा रहेको जानकारी अधिकारीहरुले दिएका छन् ।  साउदी अरेबिया र रसियाका ऊर्जामन्त्रीहरुको बीचमा यसै महिनामा र अक्टोबर र नोभेम्बर महिनामा पनि तेलको विषयमा सम्झौताको विषयमा छलफलको लागि वार्ता हुने कार्यक्रम रहेको छ । गत वर्षको अवधियता लगातार रुपमा तेलको मूल्य ओरालो लाग्नेक्रममा रहेको छ ।   

Posted on: 2016-Oct-6

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar