25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नियमितरुपमा ‘खुर्सानी र अदुवा खानेलाई क्यान्सरको जोखिम कम’

5 - Oct-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नियमितरुपमा ‘खुर्सानी र अदुवा खानेलाई क्यान्सरको जोखिम कम’
युवा हुंकार डेक्स काठमाडौ भदौ  खुर्सानी र अदुवाको नियमित सेवनले क्यान्सरको जोखिम कम गर्नेृ तथ्य पत्ता लागेको छ । हालै फेला परेको नयाँ प्रमाणले खुर्सानी र अदुवाको नियमित सेवनले क्यान्सर रोगको जोखिम कम गर्ने मात्र नभई यसले क्यान्सर रोगको रोकथाम समेत गर्ने तथ्य सार्वजनिक भएकोे छ ।  केही समय अघि नर्थ अमेरिकन केमिकल सोसाइटीका अनुसन्धानकर्ताहरुले मुसाहरुमा गरेको अनुसन्धानबाट अदुवा र खुर्सानीको सेवनले क्यान्सरको रोगको जोखिम कम गर्ने तथ्य पत्ता लागेको हो । अनुसन्धानमा  संलग्न बैज्ञानिकहरुका अनुसार अदुवामा ‘६(जिन्जोरेल’ नामक बासनादार तत्व समावेश हुन्छ, जसले क्यापसाइकइनमा हुने सम्भावित हानिकारक प्रभावसित लड्ने काम गर्छ । क्यापसाइकइनसितको संयोजनमा ६ जिन्जेरोलले क्यान्सरको जोखिम कम गर्ने अनुसन्धानकर्ताको भनाइ छ । एसियाली मुलकमा अदुवा तथा खुर्सानीलाई विशेष मसलाका रुपमा लिइन्छ, र विभिन्न परिकारमा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा पार्ने प्रभावबारे बेला(बेलामा अध्ययन तथा अनुसन्धान समेत हुने गरेको छ । हुन त केही अनुसन्धानहरुले खुर्सानीको सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने देखाएका छन्, भने बाँकी अन्य अध्ययनहरुले दिएको सुझाव अनुसार क्यापसाइकइनयुक्त आहारले पेटको क्यान्सर हुन सक्दछ । तथापी अदुवाले भने स्वास्थ्यवर्द्धक मसलाको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । अस्वाभाविक रुपमा क्यापसाइकइन र ६ जिन्जोरल, जो ट्युमर वृद्धि गर्न्सित सम्बन्धित छन्, दुवै कोषिकामा बाँधको रुपमा काम गर्न थाल्छन् । यसका लागि अनुसन्धानकर्ताहरुले फोक्सोको क्यान्सर भएका मुसाहरुलाई केही हप्तासम्म क्यापसाइकइन वा ६ जिन्जोरेल वा दुवै खुवाएका थिए ।   अध्ययनका क्रममा सबै मुसाहरु जसलाई क्यापसाइकइन खुवाइएको थियो, उनीहरुमा फोक्सोको कार्सिनोमस विकसित भएको पाइएको थियो । जबकी ६ जिन्जोरेलको सेवन गर्ने आधा मुसाहरुमा यसले काम गरेको थियो । आश्चर्यजनक रुपमा जम्मा २० प्रतिशत मुसा जसलाई दुबै खुवाइएको थियो, उनीहरुमा क्यान्सर विकास भएको पाइयो । (जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्री )   

Posted on: 2016-Oct-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar