27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अपराधमा किशोरी

21 - Apr-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 युुवा हुंकार संवाददाता
काठमाडौ चैत्र    पछिल्लो समय अपराधिक क्रियाकलापमा महिलाको संलग्नता बढ्दै गएको छ । प्रहरीले बिभिन्न किसिमका अपराधमा संलग्न महिलाहरुलाई पक्रने क्रम बढ्नाले पनि यसको थप पष्टि भएको छ । राजधानीमा पछिल्लो पटक यस्तै अपत्यारिलो घटना भएको छ । एउटी किशोरीले आफ्नो श्रीमानलाई छटाउन आफ्नै साहको छोरीलाई अपहरण गरी फिरौती रकम माग गरेकीछन ।  प्रहरीका अनसार काभ्रेपलाञ्चोक सिमथली वडा नम्वर पाँच कि विनिता बास्कोटाले गएको माघ २८ गते काभ्रेकै विष्णु भण्डारीसँग प्रेम विवाह गरिन् । आफ्नै मनले खाएको व्यक्तिसँग विवाह गरेर जीवनभर सँगै बस्ने चाहना भएपनि तीन दिनमै श्रीमान् चोरी अभियोगमा थुनिएपछि विनिताले हनिमुन पनि राम्रोसँग मनाउन पाइनन् ।   मोटरसाइकल चोरेको अभियोगमा फागुन १ गते विष्णु पक्राउ परेर धुलिखेलमा थुनिए । विष्णुलाई छुटाउन दुई लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने वकिलले बताएपछि उनी त्यसको जोहो गर्न लागिन् । सामान्य जागिर गर्दै आएकी विनितासँग त्यति ठूलो रकम हुने कुरै थिएन, परिवारसँग मागौं भने उनीहरुकै इच्छाविपरीत भर्खर विवाह भएको छ । त्यसपछि उनले देवर नाता पर्ने भीमसेन भण्डारीसँग मिलेर कुनै बच्चाको अपहरण गरेर परिवारसँग पाँच लाख फिरौती लिने योजना बनाइन् ।  विनिता र भीमसेनले कुन बच्चालाई अपहरण गर्ने भन्नेबारे योजना बनाउन थाले । त्यसका लागि उनीहरु इटहरीसम्म पुगेको अनुसन्धानबाट खुलेको बताउँछन् महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारी । कम उमेरकालाई अपहरण गरे रुने कराउने भएकाले फुलाउन नसकिने ठूलालाई अपहरण गरे नियन्त्रणमा लिन नसकिने निष्कर्षसहित उनीहरु ठिक्क उमेर र चिनजानकै बच्चालाई अपहरण गर्ने निचोडमा पुगे । फुलाउन सकिने, भनेको मान्ने बालिकाको सूचीमा परिन आफ्नै साहुकी आठ वर्षिय कान्छी छोरी सम्झना पाण्डे । ललितपुरको च्यासलमा सम्झनाका बुबा बलराम पाण्डेले सञ्चालन गरेको कोल्ड स्टोरमा विनिता १४ महिनादेखि काम गर्दै आएकी थिइन् । आफ्नै स्टाफ भएकाले विनितालाई आफूहरुले परिवारको सदस्य जस्तै मान्ने गरेको बलराम बताउँछन् । भित्री मनसाय अर्कै बनाइसकेकी विनिताले चैत एक गते बेलुका छ बजेतिर सम्झनाकी दिदी र दाईलाईसमेत बोलाएर लुकामारी खेल्न थालिन् । खेल्दाखेल्दै दाई र दिदीलाई लुक्न लगाई सम्झनालाई हिँडाएर उनले बालकुमारी पुलसम्म भीमसेनलाई भेट्न जाँउ भन्दै लगिन । भीमसेनलाई सम्झनाको जिम्मा लगाएर विनिता फेरि खेल्दै गरेको ठाउँमा पुगेको अनुसन्धानबाट खुलेको एसएसपी अधिकारीको भनाई छ । भीमसेनलाई चिनेको हुँदा खुशी साथ सम्झना बस चढेर उसले भनेको ठाउँ महाराजगञ्जको गेष्ट हाउससम्म पुगिन । भीमसेनले उनलाई त्यो रात त्यही राखेर भोलिपल्ट चैत २ गते गोपीकृष्ण हलमा ल्याएर दिउँसो र साँझको फिल्म हेराए । फिल्म हेरेपछि विनिता दिदीलाई भेट्न जाउँ भन्दै भीमसेनले चाबहिलको पूर्वेली गेष्ट हाउसमा सम्झनालाई ल्याए र त्यही गेष्ट आउसको ३०२ नम्बरको कोठामा तीनै जना त्यही रात बिताउने तयारी गरे । तर, अनुसन्धानको घेरामा परिसकेका विनिता र भीमसेनलाई राति ८ बजे प्रहरीले पक्र्यो । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा मंगलबार उनीहरुलाई जिल्ला अदालत ललिपुरमा हाजिर गराइएको छ । गोपीकृष्ण हलमा ल्याएर भीमसेनले बालिकालाई ड्रिम्स र फूलैफूलकौ मौसम तिमीलाई भन्ने दुई वटा फिल्म देखाएको खुलेको छ । ललितपुर प्रहरी परिसरमा बुबासँगै आएकी सम्झनाले आफूलाई ड्रिम्स र फूलैफूलको मौसम भन्ने फिल्म देखाएको बताइन् । तिमीले स्कुल जान्छु भनिनौं भन्ने प्रश्नमा सम्झनाले निन्याउरो अनुहार पार्दै भनिन ‘भने नि तर, उनीहरुले दुई दिन स्कुल बिदा छ भने ।’     


Posted on: 2016-Apr-21

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar