28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक समृद्धिको लागि लघुबित्त, लघुबित्त बैकमा १६ लाख ग्राहकको १७ अर्ब रुपैयाँ

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 आर्थिक समृद्धिको लागि लघुबित्त उपयोगी देखिएको छ  । यस्ता बैकहरुमा सर्वसाधारण ग्राहकको आर्कषण बढेको देखिएको छ । राष्ट बैकले बााणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको अनुमती प्रकृया स्थगित गर्दे दुर्गम क्षेत्रमा कारोवार गर्ने लघुबित्त बैकहरुलाई प्रोत्साहन गर्ने नीति लिएपछि यसप्रति पछिल्लो सर्वसाधारणको आर्कषण बढेको हो । 
सबै किसिमका बैक तथा फाईनान्स कम्पनीहरुले बिपन्न, कृषि, लघुबित्त र बिपन्न बर्गमा कर्जा प्रवाह गर्नुपर्नेै र यस्तो कर्जा लघुबित्त बैक मार्फत लक्षित बर्गसम्म पुर्याउनुपर्ने व्यवस्था लागुु गरेपछि बैकिड पहुंच कम भएका क्षेत्रहरुमा लघुबित्तको प्रभावकारिता निकै नै बढेको राष्ट बैकका अधिकारीरु बताउँछन । राष्ट बैकका अनुसार चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा मात्र ३९ वटा लघुबित्त बैकहरुमा १६ लाख २० हजार एक सय ६० जना बचतकर्ताहरुको १७ अर्ब ८० करोड २० लाख १० हजार रुपैयाँ निक्षेप जम्मा भएको छ । बाँणिज्य बैक र बिकास बैकहरुले प्रवाह गर्ने बिपन्न बर्ग कर्जा पनि लघुबित्त बैक मार्फत गर्नुपर्ने हुंदा यस्ता बैकहरुले प्रवाह गरेको कुल कर्जा भने ५९ अर्ब ६२ करोड ४९ लाख रुपैयाँ पुुगेको छ  । यसरी प्रवाह गरिएको कुल कर्जा मध्येमा व्यक्तिगततर्फ ४४ अर्ब ४८ करोड २६ लाख र संस्थागततर्फ १५ अर्ब १४ करोड २३ लाख  रुपैयाँ रहेको छ ।  राष्ट बैकको पछिल्लो प्रतिवेदन अनुसार लघुबित्त बैकहरुले चालु आवको चार महिनामा कर्मचारीको तलवमा मात्र ८४ करोड ४९ लाख १० हजार रुपैयाँ खर्च गरेकाछन भने कार्यालय व्यवस्थापन अन्र्तगत ३० करोड ७६ लाख ५० हजार रुपैयाँ खर्च गरेकाछन । लघुबित्त बैकहरुले समुुगतरुपमा सानो सानो रकम कर्जाकोरुपमा परिचालन गर्ने हो यस क्षेत्रमा संभावित जोखिम शिर्षकको रकम न्युन देखिएको छ । राष्ट बैकका अनुसार चालु आवको कात्र्तिक मसान्ततसम्ममा लघुबित्त बैकहरुले संभावित जोखिम व्यवस्थापन शिर्षकमा १३ करोड २५ लाख ८० हजार रुपैयाँ मात्र छुट्याएको छ । सो अवधिमा लघुबित्त बैकहरुले एक अर्ब चार करोड ५४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कुल ३९ वटा लघुबित्त बैकहरुको ११ सय ४५ वटा शाखामा पाँच हजार नौ सय २५ जना कर्मचारीहरु कार्यरत रहेको र कुल ११ लाख ५० हजार एक सय ८७ जना ऋणी ग्राहक रहेकाछन लघुबित्त बैकहरुको चुक्ता पुंजी आठ अर्ब १७ करोड १० लाख रुपैयाँ पुुगेको रहेको छ ।   

Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

ECONOMY


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar