मर्जर मार्फत बनेका संस्थाको संख्या २५
9 - Nov-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
बिश्व आर्थिक बजारमा मर्जरलाई निकै नै चुनौती र कठिन मानिने गरेको भएपनि यसलाई नेपालमा निकै नै सफल मानियो । झण्डै दुई सय ३४ को संख्यामा रहेको बैक तथा बित्तीय संस्थाको संख्या नेपाल राष्ट बैकले मर्जर सम्वन्धी नीति कार्यान्वनमा ल्याए पश्चात घटेर एक सय ९९ सयको हाराहारीमा कायम रहेकै कारण यसलाई सफल मानिएको हुन सक्छ । दुई वटा एकै प्रकृतिका फरक संस्था मर्ज हुन चुनौती पुर्ण रहेको छ । मर्जर कार्यमा कर्मचारी व्यवस्थापन, सेयर मिलान र नेतृत्व बाँडफाँडमा सबैभन्दा ठुलो झन्झट मान्ने गरिएको छ ।
यतिधेरै झन्झटका बावजुत पनि झण्डै चार दर्जन भन्दा संस्था मर्ज हुनुलाई सायद राम्रो पक्ष मानिन्छ । मर्जर मार्फत बनेका बैक तथा बित्तीय संस्थाहरुको अवस्था, नेतृत्व बिवाद लगायतका घटना क्रमहरुलाई हेर्दा मर्जरले संख्यात्मकरुपमा मात्र सफलता पाएको देखिन्छ । राष्ट बैककै तथ्यांकमा पनि मर्जर पश्चात बैक तथा फाईनान्स कम्पनीहरुको चुक्ता पुंजी र कुल ग्राहस्थ उत्पादनको अनुपात घटेको देखिएको छ । राष्ट्र बैकको अनुसन्धान बिभागले असोजको अन्तिममा सार्वजनिक गरेको मर्जर पश्चात बनेका बैक तथा फाईनान्स कम्पनीहरुको अवस्था र मर्जरको प्रभावकारिता सम्वन्धी अध्ययन प्रतिवेदन अनुसार मर्जरनीति कार्यान्वयनमा आएको बर्ष २०६८ सालमा सात दसमलव दुईको अनुपातमा रहेको चुक्ता पुंजी र कुल ग्राहस्थ उत्पादनको अनुपात घटेर बिसं २०७२ बैशाखसम्ममा घटेर छ दसमलव सात प्रतिसतमा कायम रहेको हो । मर्जर नीतिको कार्यान्वयन पश्चात बैंक तथा वित्तीय संस्थाहरुको विविध पूंजी अनुपातहरुमा समेत् कमी आएको प्रतिवेदनमा उल्लेख छ । २०६८ मा चुक्ता पूंजी तथा कुल कर्जा अनुपात ११ दसमलव छ प्रतिशत रहेकोमा सो घटेर २०७२ मा नौ दसमलव दुई प्रतिशत कायम भएको छ । त्यसै गरी २०६८ मा चुक्ता पूंजी र कुल निक्षेप अनुपात १२ प्रतिशत रहेकोमा सो अनुपात २०७२ मा आठ दसमलव चार प्रतिशत मा झरेको छ । समग्र बैंक तथा फाईनान्स कम्पनीहरुको सम्पत्तिको गुणस्तरको तुलनामा मर्ज भएका संस्थाहरुको सम्पत्तिको गुणस्तर राम्रो भएको प्रतिवदेनमा उल्लेख छ । समग्र बैंक तथा कम्पनीहरुको निष्कृय कर्जा अनुपात र कर्जा नोक्सानी व्यवस्था क्रमशः तीन दसमलव आठ प्रतिशत र चार दसमलव तीन प्रतिशत रहेकोमा मर्ज भएका संस्थाहरुमात्रको यस्तो अनुपात क्रमशः तीन दसमलव तीन प्रतिशत र तीन दसमलव सात प्रतिशत रहेको छ । बैक तथा फाईनान्स कम्पनीहरुको चुक्ता पुंजी भने क्रमिकरुपमा बढ्दै गएको राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको कुल चुक्ता पूँजी २०६५–०६६ सालमा ५९ अर्ब दुई करोड रुपैयाँको हाराहारीमा रहेको थियो । २०७०–०७१ मा एक सय २९ अर्ब पुगेको थियो भने २०७१–०७२ वैशाखमा यस्तो चुक्ता पूँजी एक सय ३९ अर्ब छ करोड रुपैयाँ पुगेको छ । २०७१ पुसमसान्तमा वित्तीय क्षेत्रमा कुल एक सय ९९ बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेकोमा बाँणिज्य बैकहरुको संख्या ३०, बिकास बैकहरुको संख्या ८२, फाईनान्स कम्पनीहरुको संख्या ५१ र लघुबित्त बिकास बैकहरुको संख्या ३६ रहेकाछन । यस मध्येमा पनि २५ वटा बैक तथा फार्इँनान्स कम्पनीहरु मर्जर भएर बनेका संस्था रहेका छन् । यी मर्ज भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये “क”, “ख” र “ग” वर्गका मर्जर भएर बनेका संस्थाहरुको कुल चुक्ता पूँजीमा हिस्सा १७ दसमलव आठ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक कुल निक्षेपमा हिस्सा १५ दसमलव नौ प्रतिशत र कुल लगानीमा हिस्सा १६ दसमलव नौ प्रतिशत रहेको छ । केन्द्रीय बैकले २०६८ वैशाख २५ गतेबाट बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने (मर्जर) विनियमावली कार्यान्वयमा ल्याएपछि २०६८ असार एक गते मा हिमचुली विकास बैंक र वीरगञ्ज फाइनान्स एक आपसमा गाभिएर पहिलो मर्जरको रुपमा एच एण्ड वी डेभलपमेण्ट बैंक बनेको थियो । हालसम्म २९ वटा फाईनान्स कम्पनी र २७ बिकास बैक र सात वटा बाँणिज्य बैकहरु मर्जमा गएको राष्ट बैकको प्रतिवेदनमा उल्लेख छ ।
Posted on: 2015-Nov-9

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story