27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कसले बनाउँदै छ, सम्वन्धमा दरार ?

9 - Nov-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपाल र भारतबिच निक्रै पुरानो सम्वन्ध रहेको छ । दुबै देशको आर्थिक उन्नती र समृद्धिको लागि पनि यो सम्वन्ध निकै नै बलियो हुनुपर्छ । राजनीति भन्दा पर गएर हेर्दा भारतीय र नेपाली जनताबिच निकै नै आत्मिय सम्वन्ध रहेको छ । त्यहीकारण पनि भारतीय जनता जो वास्तवमा नै भारतले नेपाललाई अघोषित नाकावन्धी गरोस भन्ने पक्षमा छैनन । सिमित स्वार्थबाट प्रेरित भए केही तत्वबाट नेपाल र भारत बिचको संदियौ देखिएको सम्वन्धमा संकट ल्याउने काम हुदै आएको छ । यसप्रति दुबै देशका राष्ट प्रमुख एंव जनता सदैव सचेत हुनुपर्छ । दुई देशको बिचको गहिरो सम्वन्धलाई चिसाउने काम कुनै पनि पक्षबाट हुनु हुदैन ।  नेपालका धेरै नेताहरु भारतपरस्त भएका कारण पनि चीनसँग राम्रो सम्बन्धको लागि नेपाललाई केही बाधाहरु आउनेमा कुनै द्विविधा नरहला । नेपालको तराईका क्षेत्रहरुमा मधेशी कार्यकर्ताहरुले पनि चीनको चर्को विरोध गरिरहेका छन् भने केही नेताहरुले पनि चीनसँगको सम्झौता खारेज नभएसम्म जारी आन्दोलन नरोकिने बताएका छन् । 
भारतमा पनि चीनसँगको नेपालको सम्झौताको विषयमा छलफल सुरु भएको छ । भारत पनि चीनको नेपालमा व्यापार विस्तारको योजनाले सशंकित भएको छ । भारतमा नेपालको यो कदमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कूटनीति असफल भएको चर्चा चल्न थालेको छ । भारत अहिले अब नेपालको अवस्था कस्तो हुन्छ भनेर बाटो कुरिरहेको अनुमान गर्न सकिन्छ । चीनबाट इन्धन तथा ग्यास आयात गरे पनि नेपालमा चामल तथा अन्य उपभोग्य सामान भारतबाट नै ल्याउनुपर्ने अवस्था रहेको कारण भारत नेपालमाथिको आगामी कदमको लागि प्रतीक्षा गरिरहेको देखिन्छ ।     

Posted on: 2015-Nov-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

ECONOMY


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar