नेपालको पहिलो पशु चितित्सक सिंहलाई सम्मान
15 - Oct-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
नेपालको पहिलो पशु चितित्सक सिंहलाई सम्मान
विश्व पशुपंक्षी दिवश २०१५ को उपलक्ष्यमा पशु सेवा विभागले विभागका पहिलो महानिर्देशक स्वर्गीय पशु चिकित्सक डा.थिर बहादुर सिंह केसी सहित कृषि तथा पशु सेवा सम्बन्धमा उल्लेख्य योगदान पु¥याउने अन्य ११ जनालाई सम्मान गरेकोे छ । ५० वर्षअघि सिंहदरबारस्थित पुतली बग“ैचामा स्थापना भएको पशुसेवा विभागको स्थापना गर्ने तथा नेपालकै पहिलो पशु चिकित्सक स्वर्गीय डा.थिर बहादुर सिंह केसीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । नेपालको पहिलो पशु चिकित्सक समेत रहेका सिंहका नाममा प्रदान गरिएको पुरस्कार उनका नाती गौरब केसीलाई हस्तान्तरण गरिएको थियो । पशु सेवामा उल्लेखनीय योगदान गरेकोले विभागले सभाकक्षको नाम पनि उनकै नाम “स्व डा.थिर बहादुर सिंह सभाकक्ष” राखेको छ । त्यसको शिलान्यास कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले गरेका थिए । सभामा बोल्दै विभिन्न बक्ताहरुले स्व डा. केसी प्रशंसा गदै उहा“ले गरेका पशु चिकित्सा तथा कृषि क्षेत्रको विकासमा गरेको योगदानको चर्चा पशु चिकित्साका नक्षत्रको संज्ञा दिएका थिए । को हुन् र के गरेका थिए डा. केसीले ? वि.सं.१९८० को कुरा हो, उनी कलकतामा पढ्थे । उनको स्कुल छेउमै एउटा पशु अस्पताल थियो । त्यहा“को पशुहरुको उपचार भएको देख्दा–देख्दा उनलाई त्यहि विषयले प्रभाव पा¥यो र त्यही“बाट मेट्रिकुलेशन पास गरेर उनी नेपाल फर्केपछि श्री ३ कहा“ पछि दाम राखेर दर्शन गर्न जाने चलन थियो र सोहि क्रममा जुद्ध शमशेरलाई भेट्न गएका उनलाई पशु रोग नै पढ्न पठाउले हुकुम जुद्धले दिए र उनी महिनाको ७५ रुपैया“ पाउने गरि अध्ययनका निम्ति पटना पुगे । त्यहिबाट डाक्टर बनेर नेपाल फर्किए । भेटेनरी डाक्टर त पायो नेपालले । तर पशु चिकित्सालय थिएन । सौभाग्यवस केसीले जिम्मा पाए, पशु चिकित्सालय निर्माणको योजना तयार पार्ने । हाल पशु चिकित्सालय भएकै ठाउ“ त्रिपुरेश्वरलाई उपयुक्त ठानेर प्रस्ताव राखे र त्यहि बन्यो पहिलो पशु सेवा चिकित्सालय । राणा शासकहरु शिकार खेल्न असाध्यै सौखिन थिए जुद्ध शमशेर शिकार खेल्दै पोखरामा पुगेको बेला त्यहा“ गौगोटी रोगको महामारी चलेको थियो । तत्काल डा. केसीलाई त्यहा“ बोलाइयो र नौ दिन सम्म घोडा चढेर त्रिशुली गोरखा हुदै केसी पोखरा पुगे । उनले पट्नामा भ्याक्सिन बनाउन सिकेकाले बोकाबाट बनाएको भ्याक्सिन दि“दै गाईलाई निको पारे । यो देखेर त्यहा“का मान्छेले चकित हुदै “यो मान्छेले त पानि छर्के पनि रोग निको हुन्छ” पनि भन्न पछि परेनन् । २००७ साल पछि बनेको राष्ट्रिय योजना आयोगमा पेश गरेको पशु स्वास्थ्य सम्बन्धि तीन वर्षीय बजेटलाई सबैर्ले पर्फेक्ट बजेट’ भने उनले तयार पारेको ८० लाखको बजेटमा छात्रवृतिमा पढ्न पठाउ“ने कुरा लगायत खुला सिमाका कारण नेपाल र भारतका सिमावर्ती इलाकाका ४०÷४० लाख चौपायालाई भ्याक्सिन दिने कुरा समेत उल्लेख थियो । त्यहि योजना मुताविक नेपाल र भारतका पशुहरुलाई गौगटीको भ्याक्सिन दिइयो । भारतबाट ३÷४ रुपैया“ तिरेर ल्याउनुपर्ने भ्याक्सिन उनि केवल ३÷४ पैशामा तयार पार्थे । मान्छेलाई लगाइने एन्टिरेविज भ्याक्सिन पनि उनि आफै बनाउथे । एनले सर्पले टोकेको उपचार र खोरेतको औषधिको समेत सफल प्रयोग गरेका थिए । नेपालमा नश्ल सुधार तथा कृतिम गर्वाधान गर्ने काम पनि पहिलो पटक उनले नै गरे । उनले त्यसो गर्दा भारतमा पनि यस सम्बन्धि काम भएको थिएन । २ माना दुध दिने गाइलाई दुई पाथी दुध दिनेपनि बनाए उनले । त्यतिखेर कतिले उनको कुरा पत्याएनन् । त्यसैले स्वर्गीय राजा महेन्द्रको समेत उपस्थितिमा टुडिखेलमा त्यसको प्रयोग गरेर समेत देखाएका थिए । नेपालका फादर अफ भेटेनरी तथा भेटेनरीका भिष्मपितामह समेत भनेर चिनिने डा.केसीको वि.स.२०००सालमा नेपालले गुमाउनु परेको थियो ।
Posted on: 2015-Oct-15

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story