28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यो बर्ष झण्डै छ सय अर्ब रुपैयाँको व्यापार घाटा हुने

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 चालु आर्थिक बर्षका पनि झण्डै छ सय अर्ब रुपैयाँ बराबरको व्यापार घाटा हुने पुर्व संकेत देखिएको छ । राष्ट बैकले पछिल्लो पटक सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो अर्थात साउन महिनाको आर्थिक अवस्थामा उल्लेख भए अनुसार एक महिनामा ५६ अर्ब १२ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । यो व्यापार घाटामा कमी नआएमा अर्थात आयात र निर्यात बिचको दुरी कम गर्न नसेको आर्थिक बर्ष २०७२ ०७३ को असार मसान्तसम्ममा छ सय अर्ब रुपैयाँ भन्दा बढी व्यापार घाटा हुने र कुल व्यापार घाटामा पनि भारत संगको व्यापार सबै भन्दा उच्च हुने छ । 
चाल आर्थिक बर्षको पहिलो महिनामा कुल वस्तु आयात ७ दसमलव २ प्रतिशतले बढेर ६२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । राष्ट बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दसमलव ५ प्रतिशतले बढेर ५८ अर्ब ३६ करोड पुगेको थियो । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १६ दसमलव छ प्रतिसतले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा चाँदी, भिडियो टेलिभिजन, दुरसञ्चारका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको कारण समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १६ दसमलव आठ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा छ प्रतिशतले बढेको छ ।  चालु आवको पहिलो  महिनामा कुल वस्तु निर्यात तीन दसमलव नौ प्रतिशतले  ह्रास आर्ई छ अर्ब ४६ करोडमा सीमित  भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ दसमलव पाँच प्रतिशतले कमी आई ६ अर्ब ७२ करोड रहेको थियो । समीक्षा  अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको  निर्यात घटेको कारण समग्र निर्यातमा ह्रास आएको हो ।  कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १५ दसमलव चार प्रतिशतले घटेकोमा समीक्षा अवधिमा छ दसमलव दुई प्रतिशतले घटेको छ । आयात र निर्यात बिचको यो तथ्यांकलाई हेर्दा मुलुकको अर्थतन्त्र निकै नै कमजोर देखिन्छ । रेमिटेन्सका कारण अर्थतन्त्र सामान्यरुपमा चलेको जस्तो देखिएपनि वास्तबिकतामा यस्तो अवस्था छैन । एक महिनामा ५६ अर्ब रुपैयाँको व्यापार घाटा हुनु भनेको यो आर्थिक बर्षमा पनि मुलुकले झण्डै छ सय अर्ब रुपैयाँ हाराहारीमा व्यापार घाटा हुनु हो । चीन तर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ५६ दसमलव ७ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा शुन्य दसमलव ५ प्रतिशतको सीमान्त दरले घटेको छ । प्रशोधित छाला, रुद्राक्ष लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात घटेको हो । त्यसैगरी, अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा शुन्य दसमलव ८ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ०.३ प्रतिशतले घटेको छ । विशेषतः दाल, चिया, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण समीक्षा अवधिमा अन्य मुलुकतर्फको निर्यात घटेको हो । अमेरिकी डलरमा चीन तर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ५७ प्रतिशत ह्रासको तुलनामा समीक्षा अवधिमा ५ दसमलव ८ प्रतिशतले ह्रास आई अमेरिकी डलर ९ लाख रहेकोे छ । त्यसैगरी, अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिमा १ दसमलव ५ प्रतिशतले घटेको तुलनामा समीक्षा अवधिमा ५ दसमलव ५ प्रतिशतले ह्रास आई अमेरिकी डलर २ करोड ५२ लाख रहेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ७ दसमलव २ प्रतिशतले बढेर ६२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दसमलव ५ प्रतिशतले वृद्धि भई रु. ५८ अर्ब ३६ करोड पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा चाँदी भिडियो टेलिभिजन दुरसञ्चारका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात घटेको कारण समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १६ दसमलव ८ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ६ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतया यातायातका साधन तथा पाटपुर्जा, कोल्डरोल्ड शिट ईन क्वाइल, एम. एस. विलेट, एम.एस. वायर रड लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ सिमेन्ट, विटुमिन लगायतका वस्तुहरुको आयातमा कमी आएको छ । साथै, चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा २३ दसमलव ९ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ३८ दसमलव छ प्रतिशतको उच्च दरले बढेको छ । मुख्यतयाः रासायनिक मल, तयारी पोशाक, जुत्ता तथा चप्पल, यातायातका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा दुई दसमलव ७ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा तीन दसमलव सात प्रतिशतले घटेको छ । विशेषगरी चाँदी, रासायनिक मल, दुरसञ्चारका उपकरण तथा पार्टपूर्जा, तामाको तार लगायतका वस्तुहरुकोे आयात घटेका कारण समीक्षा अवधिमा अन्य मुलुकबाट भएको आयात घटेको हो । अमेरिकी डलरमा चीनबाट भएको वस्तु आयात अघिल्लो बर्षको सोही अवधिमा २३ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ३१ दसमलव २ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८ करोड २८ लाख पुगेको छ । त्यसैगरी, अन्य मुलुकबाट भएका वस्तु आयात अघिल्लो वर्षको सोही अवधिको तीन दसमलव चार प्रतिशत ह्रासको तुलनामा समीक्षा अवधिमा आठ दसमलव आठ प्रतिशतले घट्न गई अमेरिकी डलर १२ करोड २२ लाख पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ८ दसमलव ७ प्रतिशतले वृद्धि भई ५६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १६ दसमलव ६ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत र चीन सँगको व्यापार घाटा क्रमशः साता दसमलव चार प्रतिशत र ३९ दसमलव एक प्रतिशतले बढेको छ भने अन्य मुलुकसँगको व्यापार घाटा चार दसमलव छ प्रतिशतले घटेको छ । अघिल्लो बर्षको सोही अवधिमा भारत र चीन सँगको व्यापार घाटा क्रमशः २२ दसमलव दुई प्रतिशत र २७ दसमलव तीन प्रतिशतले बढेको थियो भने अन्य मुलुकसँगको व्यापार घाटा तीन दसमलव दुई प्रतिशतले घटेको थियो ।   

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

ECONOMY


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar