19 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कोटेश्वर प्रहरीलार्ई विपद् व्यवस्थापन सामाग्री

15 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सुरक्षित नागरिक समाजले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । असोजको पहिलो साता महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष सुर्य प्रसाद कोइरालाले  प्रहरी वृत्त नयाँ बानेश्वर र सो मातहतका प्रहरी प्रभाग कोटेश्वर, काँडाघारी, बुद्धनगर लगायतका प्रहरी युनिटहरुको लागि  विपद् व्यवस्थापन सामाग्री उपलब्ध गराएको हो । 
संस्थाले उपलब्ध गराएको सामग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिक्ति महानिरीक्षक विज्ञानराज शर्माले बानेश्वरमातहतका प्रहरी कार्यालयलार्ई हस्तान्तरण गरे । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै आयुक्त शर्माले गत वैशाख १२ गतेको भूकम्पपछि विपद् व्यवस्थापन सामग्रीको महत्व अझै बढेको महसुस भएको बताए । प्रहरी संगठनभित्रका केही खराब तत्वहरुका कारण बेला–बेला प्रहरीको छवि धमिलिएको हुने गरेको उल्लेख गर्दै एआईजी शर्माले प्रहरीलार्ई राम्रो या नराम्रो बनाउने काम समाजको भएको औँल्याउँदै ‘प्रहरीले राम्रो काम गरेमा समाजले समर्थन र नराम्रो काम गरेमा आलोचनात्मक सुझाव दिनुपर्ने धारणा राखे । त्यस्तै सोही कार्यक्रममा बोल्दै पूर्वगृहसचिव एवं लोकसेवा आयोगका सदस्य डा. गोविन्द कुसुमले प्रहरी एक्लैले शन्ति सुरक्षा कायम गर्न नसक्ने भन्दै प्रहरी संगठनलार्ई आम जनताले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  समाजका उपाध्यक्ष शिक्षित पराजुलीले समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्नको लागि हरेक नागरिक सचेत हुन जरुरी रहेको र पुलिस पब्लिक पार्टनरसिपको धारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । समाजले आयोजना गरेको उक्त कार्यक्रममा रक्तदानको समेत गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख दान बहादुर कार्कीले बताउनुभयो ।   

Posted on: 2015-Oct-15

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar