09 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

एक आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँ लगानीका उद्योगहरु दर्ता

30 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 नेपालमा भएका उद्योगहरु बिभिन्न कारणले
गर्दा चल्न नसकेर बन्द भएपनि उद्योग खोल्ने क्रम भने रोकिएको छैन । आर्थिक वर्ष २०७१÷०७२ मात्र ६७ अर्ब १८ करोड १९ लाख ९० हजार रुपैयाँ भन्दा बढी लगानीका उद्योगहरु दर्ता भएका छन् । उद्योग मन्त्रालय अन्र्तगतको उद्योग विभागको तथ्याकं अनुसार आर्थिक बर्ष २०७१–०७२ को असार मसान्तसम्ममा ३९ राष्ट्रका लगानीकर्ता ले विभिन्न क्षेत्रका ३ सय ६५ उद्योगहरु दर्ता गराएका छन् । यसमा पनि भारतीय लगानी कताहरु अगाडी रहेकाछन् भने संख्याको हिसाबले चीनका लगानीकर्ता अगाडी रहेका छन् । भारतीय लगानीकर्ताले विभिन्न क्षेत्रका २२ वटा उद्योगमा ३४ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरका उद्योग दर्ता गरेका छन् । त्यस मध्ये उर्जासम्बन्धि दुई वटा, उत्पादन सम्बन्धी ९ वटा खनिज सम्बन्धि तीन वटा, सेवा सम्बन्धि पाँच वटा र पर्यटन सम्बन्धि तीन वटा रहेका छन् । लगानीका हिसाबले दोस्रो स्थानमा रहेको चीन उद्योग संख्याको हिसाबले पहिलो स्थानमा रहेको छ । गत आर्थिक वर्षमा मूख्य भूमि चीनका १ सय ३२ र हंङकङका ३ वटा गरी १ सय ३५ वटा उद्योग दर्ता भएका छन् । यस मध्ये लगानीका हिसाबले मूख्य भूमि चीन भन्दा हंङकङको लगानी धेरै रहेको छ । हंङकङका लगानीकर्ताले २ वटा ऊर्जा सम्बन्धी उद्योग र एउटा पर्यटन सम्बन्धी गरी २० अर्ब भन्दा बढी लगानीका उदोग दर्ता गराएकाछन् । यस अवधिमा चीनका लगानीकर्ताले कुल २४ अर्ब १९ करोड ३० लाख ६० हजार लगानीका उद्योग दर्ता गराएका छन् । यसमध्ये कृषि सम्बन्धी १४, निर्माण सम्बन्धी एक, उत्पादन सम्बन्धी १८, खनिज सम्बन्धी १, सेवा सम्बन्धी ४२, पर्यटन सम्वन्धी ५५ र उर्जा सम्बन्धी दुई वटा उद्योग दर्ताभएकाछन् ।अर्ब सात करोड लगानीका पाँचवटा उद्योग दर्ता गरेकाछन् । त्यसमध्ये उत्पादन सम्बन्धी दुई वटा र सेवा सम्बन्धी तीन वटा उद्योगरहेकाछन् । लगानीको हिसाबले ब्रिटिस भर्जिन आइसल्याण्ड तेस्रो स्थानमा रहेको छ । उक्त मुलुकका लगानीकर्ताले सेवा सम्बन्धी एउटा र पर्यटनसम्बन्धी एउटा गरी झण्डै ३ अर्ब अर्थात दुई अर्ब ९० करोड ८४ लाख ४० हजार लगानीका दुईवटा उद्योग दर्ता गरेकाछन् । बेलायत र टर्की क्रमशः चौँथो र पाचाँै स्थानमा परेकाछन् । बेलायतका लगानीकर्ताले यस अवधिमा एक अर्ब २४ करोड ७५ लाख ८० हजार लगानीका ११ उद्योग दर्ता गराएकाछन् । त्यसमध्ये उत्पादन सम्बन्धी एउटा, सेवा सम्बन्धी चार वटा र पर्यटन सम्बन्धी ६ वटा उद्योग रहेकाछन् । त्यस्तै टर्किका लगानीकर्ताले यस अवधिमा एक अर्ब सात करोड लगानीका पाँचवटा उद्योग दर्ता गरेकाछन् । त्यसमध्ये उत्पादन सम्बन्धी दुई वटा र सेवा सम्बन्धी तीन वटा उद्योग रहेका छन् । २०७२ असार मसान्तसम्म दर्ता भएका विदेशी लगानीका उद्योगले १२ हजार ५ सय ७७ जनालाई रोजगारी दिने उल्लेख गरेकाछन् । यसमध्ये सबैभन्दा बढी चिनिँया लगानीमा दर्ता भएका उद्योगले सबैभन्दा बढी रोजगारी दिने उल्लेख गरेकाछन् । चिनिँया लगानीमा दर्ता भएका उद्योगले छ हजार एक सय २७ जनालाई रोजगारी दिने उल्लेख गरेकाछन् । यस मध्ये मुख्य भूमि चीनका लगानीकर्ताले पाँच हजार १ सय ८४ र हंङकङका लगानीकर्ताले ९ सय ४३ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् । तर लगानीका हिसाबले सबैभन्दा अघि रहेका भारतीय लगानीमा दर्ता भएका उद्योगले भने ६ सय ७० जनालाई मात्र रोजगारी दिने उल्लेख गरेका छन् । रोजगारी धेरै दिने उल्लेख गरिएका उद्योगहरुमा दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरीयाको लगानीमा दर्ता भएका विभिन क्षेत्रका २६ उद्योगले ८ सय १९ जनालाई रोजगारी दिने उल्लेख गरेका छन् । उद्योग युवा हुङ्कार २५ तारा भण्डारी

Posted on: 2015-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar