07 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ठूला प्रकृतिका अपराधको संख्या घट्दै

30 - Sep-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 घरेलु हिंसा बाहेक ठुला प्रकृतिका अपराधको
संख्या घटेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार पछिल्लो तीन बर्षमा बैकिड कसुर र घरेलु हिसांका घटना सामान्य बढेको भएपनि जगन्य प्रकतिका अपराधको संख्या भने घटेको छ । परिसरका अनुसार आर्थिक बर्ष २०७६९–७० मा बैकिङ कसुर सम्वन्धी १५ वटा मुद्धा दर्ता भएका थिए । यस्तो मुद्धा आव २०७०–०७१ मा १० वटामा सिमित रहेको थियो । तर आर्थिक बर्ष २०७१–०७२ मा भने बैकिङ कसुर सम्वन्धी मुद्धा बढेर १८ वटा पुगेको छ । लागु औषध सम्वन्धी मुद्धा आव २०६९–०७० एक सय १५ वटा मुद्धा दर्ता भएकोमा यस्तो मुद्धा आव २०७०–०७१ मा बढेर एक सय ६ वटा पुगेको थियो । आव २०७१–०७२ मा भने यस्तो मुद्धा घटेर एक सय ४८ वटामा सिमित रहेको परिसरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । डाँका चोरी अन्र्तगत आव २०६९–०७० मा १५ वटा मुद्धा दर्ता भएकोमा आव २०७०–०७१ मा बढेर १६ वटा पुगेको थियो आव २०७१–०७२ मा यस्तो मुद्धा घटेर १० वटामा सिमित रहेको थियो । ठगी सम्वन्धी मुद्धा आव २०६९–०७० मा एक सय ८५ वटा रहेकोमा २०७०–०७१ मा बढेर दुई सय आठ वटा पुगेकोमा आव २०७१–०७२ मा यस्तो संख्या घटेर एक सय २९ वटामा कायम रहेको छ । कत्र्यव्य ज्यान सम्वन्धी आव २०६९–०७० मा ४२ वटा मुद्धा दर्ता भएकोमा २०७०–०७१ मा बढेर ५० वटा पुगेको थियो भने आव २०७१–०७२ मा घटेर २२ वटामा सिमित रहेको छ । कर्तव्य ज्यान सम्वन्धी मुद्धा भने आव २०६९–०७० मा ४२ वटा रहेकोमा आव २०७०–०७१ मा बढेर ५० वटा पुगेको छ भने २०७१–०७१ मा घटेर २२ वटामा सिमित रहेको छ । परिसरका अनुसार ज्यान मार्ने उद्योग अन्र्तगत आव २०६९–०७० मा ८५ वटा मुद्धा दर्ता भएकोमा आव २०७०–०७१ मा ८५ वटा नै मुद्धा दर्ता भएको थियो भने चालु आवको असार मसान्तसम्ममा यस्तो संख्या बढेर ९५ वटामा सिमित रहेको छ । मानव बेचबिखन अन्र्तगत भने आव २०६९–०७० मा १९ वटा मुद्धा दर्ता भएकोमा आव २०७०–०७१ मा यस्तो संख्या बढेर २८ वटा पुगेको थियो भने चालु आवको अन्त्यसम्ममा यस्तो संख्या घटेर २३ वटामा सिमित रहेको छ । जर्वजस्ती करणी सम्वन्धी मुद्धा भने पछिल्लो समय बढेको छ । परिसरका अनुसार आव २०६९–०७० मा ६७ वटा करणी सम्वन्धी मुद्धा दर्ता भएकोमा अव २०७०–०७१ मा यस्तो संख्या ८४ वटा पुगेको थियो । चालु आवको अन्तसम्ममा भने यस्तो संख्या अझ बढेर ९३ वटा पुगेको परिसरले जनाएको छ । अपहरण सम्वन्धी मुद्धा पनि पछिल्लो समय घटेको छ । परिसरका अनुसार आव २०६९–०७० मा १९ वटा अपहरण सम्वन्धी मुद्धा दर्ता भएकोमा आव २०७०–०७१ मा यस्तो संख्या बढेर २१ वटा पृुगेको थियो भने चालु आवको अन्तमा यस्तो संख्या घटेर नौ वटामा मात्र रहेको थियो । यस बाहेक हातहतियार तथा खरखजना मुद्धा घटेको छ भने अन्य मुद्धाको संख्या बढेको छ । परिसरका अनुसार आव २०६९–०७० मा सबै किसिमका गरी तीन हजार पाँच सय ७५ वटा मुद्धा दर्ता भएकोमा आव २०७०–०७१ मा यस्तो संख्या बढेर पाँच हजार छ सय दुई वटा पुगेको थियो । चालु आवको अन्तसम्ममा भने यस्तो संख्या घटेर चार हजार छ सय एक वटामा सिमित रहेको परिसरले जनाएको छ अपराध हरिचन्द्र श्रेष्ठ (भाबूक) युवा

Posted on: 2015-Sep-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar