के हो आध्यात्म र विज्ञान ?
11 - Aug-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
के हो आध्यात्म र विज्ञान ?
डा.जयप्रकाश अग्रवाल, वरिष्ठ सल्लाहकार
आध्यात्म तथा विज्ञानको कुरा गर्ने हो भने मलाई अल्बर्ट आइनस्टानको कुरा याद आयोे, "Religion is Lamp without Science and Science is blind without religion" अर्थात विना आध्यात्मको विज्ञान अन्धो छ र विज्ञान विनाको आध्यात्म लंगडो छ । वास्तवमा यी दुई कुरा एबआपसमा अन्तरसम्बन्धित छन । विज्ञानले अरु कुरा सबै ग¥यो । भौतिक उपलब्धी त हासिल गरेता पनि मनको शान्ति दिन सकेन । मन के हो ? खास गरेर बे्रन,मन र आत्माको विज्ञानलाई विज्ञानले बुझ्न सकेको छ्रैन । विज्ञानले एउटा कुरा भन्यो की भौतिक र अभौतिक (Physical and meta physical) गरी दुई विषय बारे स्वीकार गरेको छ , भौतिक कुराको अधययन र त्यसको उपलब्धी त विज्ञानले ग¥यो तर त्यो भन्दा परको अभौतिक अर्थात Meta physicalको उपलब्धीमा विज्ञान नै अहिले सम्म अनविज्ञ छ । मैले अध्ययनबाट के कुराको अनुभुति पाए भने आध्यात्म पनि एउता उच्चतम अर्काे विज्ञान रहेछ जस्तो विद्यार्थी इन्टर, ब्याचर, पढ्दै डक्टर सम्म पढ्छ त्यस्तै साइन्सको हाइअर साईन्स चाहि आध्यात्मिक विज्ञान हो त्यसमा मैले अझै के कुरा पाए देखि हाम्रो शरिरमा मेनेजमेन्टका तीन कुरा महत्वपुर्ण छन् आत्म, मन र बुद्धि अरु त काम गर्ने लेबर गु्रप हुन, आत्म, मन र बुद्धिको सम्बन्धमा विज्ञान अनविज्ञ छ अर्थात कम जान्दछ । विज्ञानले यति मात्र भनेको छ की बे्रनमा १ हजार ५ सय करोड कोषिकाहरु छन ती मध्येमा १ करोड पनि प्रयोगमा ल्याउन सकेका छैनौं जम्मै बे्रन पावर अनयुज्ड भएर बसेको छ, डम्प भएर बसेको छ, तर त्यो बे्रन पावरलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा विज्ञान नै अनविज्ञ छ । त्यसको उत्तर विज्ञानसंग छैन । साइन्सले अझै खोजी गर्दा के पायो भने मानिसको ब्रेनको दुई भाग छ , एउटाले दाहिने र अर्काे देब्रे । यसमा पनि दाहिेने ब्रेन बढि सक्रिय र द्बे्र कम सक्रिय छ भन्यो तर त्यसको स्पस्ट कारण विज्ञानसंग छैन । मानिसको दाहिने ब्रेन कसरी प्रयोग गर्ने कुरा विज्ञानले कारण दिन सकेको छैन तर विज्ञानले के थाहा पायो भने देबे्र हातले लेख्दा दाहिने ब्रेन एक्टिभ हुन्छ, आत्म, चेतना त छ भन्छ तर त्यो कस्तो छ ? थाहा छैन त्यहि भएर मन र चेतना कस्तो छ ? यसको स्वरुप के हो ? यसलाई कसरी अनुभव गर्न सकिन्छ ? भन्ने कुरामा विज्ञान अनविज्ञ छ ।
त्यसैले आत्म,मन र बुद्धिको विज्ञान नै आध्यात्म विज्ञान हो । आत्मको अध्ययन नै आध्यात्म हो अर्थात स्टडी अफ कन्ससनेस भन्दछ , अतः आध्यात्मले यी तीन चिजको अध्ययन गर्दछ ,हुनत विज्ञानले नि एउटा बान्च खोलेको छ जसलाई कम्युनेटिभ साइन्स भन्छ , यसमा तीन चिजको कुरा छ ब्रेन के हा्े ?, माइन्ड के हो ? अनि चेतना के हो ? यसलाई विज्ञानले बाहिरी जगतमा भौतिक साधन स्रोतको प्रयोग गर्न खोज्छ र सफल हुन सकिरहेको छैन , किनभने यो त आध्यात्म विद्या हो । विज्ञान एउटा अर्काे कुराको खोजिमा छ मानिसको दाहिने बे्रनको कुरा गर्दा भर्खर जन्मेको एउटा बच्चा जन्मिदा उसको दाहिने ब्रेन सक्रिय भएरै आएको हुन्छ कसरी? दाहिने ब्रेन कसरी विकास भयो ? साईन्सको हिसाबले उसले गर्वमा केहि गरेको छैन उसको त दुईवटै ब्रेन शुन्य हुनु पर्ने ,यसको जवाफ विज्ञानसंग छैन तर आध्यात्मले भन्छ बालकले गर्वमा सात महिना देखि मेडिटेशन अर्थात ध्यान गरेको हुन्छ त्यसैले दाहिने ब्रेन एक्टिभ हुन्छ । किनकी पहिलेका , ऋषिमुनिहरुले धेरै अनुसन्धान गरेका थिए र यो कुरा भनेका थिए तर अहिलेका वैज्ञानिक त्यो ठाउँमा पुगेका छैनन , पछि गएर त्यो बच्चाले बाहिर आएर ध्यान गर्न छोड्यो र फलस्वरुप त्यसको दाहिने ब्रेनको प्रयोग कम हुदै गयो र बे्रन पनि अनएक्टिभ हुदै गयो । त्यहि भएर नै सानो उमेरमा नै उपनयन संस्कार गरिन्छ तर यसको वास्वविकतालाई नबुझि एउटा परम्परामा परिणत भयो । यसको अर्थ भनेको त चर्म चक्षु वा दुई नेत्रको उच्चमा छ त्यसको उपासना गनुपर्छ तब मात्र उसले गर्वमा गरेको ज्ञानको ध्यान गर्न सक्छ, भन्ने कुरा धार्मिक शास्त्र र आन्माको अनुभुती गर्ने महापुरुषले वर्णन गरेको पाइन्छ ।
इो सब मनमा आएको परिबर्तन गर्दा भएको हो मनको विज्ञान छुटै छ , यहि मनलाई बुझ्न नसक्दा मानिसलाई हरेक प्रकृतिका मानसिक रोगहरु जस्तो फ्रस्ट्रेरेशन, डिप्रेसन, प्रेसर, सुसाइड, मडरेसी, डाईभरटिज, स्टे्रस तथा मानसिक असन्तुलन बढि भईरहेको छ आज आएर स्वास्थ्य विज्ञानमा मानसिक अस्पताल, उपचार पद्धतिको विकास भईरकेको यो सब मनको कारण अर्थात मनलाई कन्ट्रोल गर्न नसक्नुको उपज हो यहि कुरालाई अहिले विज्ञानले स्वीकार गरेको छ , यो कुरा आध्यात्म संग सम्बन्धित छ कीनकी आध्यात्ममा यस्तो सुत्र छ त्यो मनलाई नियन्त्रण गर्ने र चेतनाको अनुभती गर्ने सक्छ र त्यसलाई देख्न सक्ने नेत्र छ जसलाई वेदमा दिव्यनेत्र भन्छ भने बाईबलमा डिभाइन लाईट भन्दछ यो कुरालाई विज्ञान अचम्म मान्दछ र अन्यौलमा छ कीनकी यसको लागी बाहिरी प्रगोगात्मक यन्त्र र तरिका छैन यो आत्मचिन्तन र त्यसको भित्रि प्रयोगशालामा सिद्ध गर्नुपर्छ यो सजिलै हुदैन । यहि विद्या नै आध्यामिक विद्या हो जुन एउटा हाईर साइन्स अर्थात आध्यात्म विज्ञानको विषय हो । जुन विद्याको अभावमा संसार अशान्त र मानसिक रोगबाट ग्रसित छ । त्यसैले विभिन्न शास्त्रदृश्ट्रान्ताहरुले बेद, पुराण, कुरान, बाइबल जस्ता शास्त्रहरु पनि आत्म अनुभतीका वर्णन हुन त्यसलाई आत्मको अध्ययन र निचोड मानिन्छ ।
पहिले विज्ञानले मान्दथ्यो की ठुलो कुरामा बढि शक्ति हुन्छ अनुसन्धान गदै गर्दा विज्ञानले भन्यो की सानो वा सुक्ष्म बस्तु झन बढि शक्तिशाली छ जस्तो सानो एटम एउटा परिमाण नस्ट हुदा कति भयानक शक्ति प्रकट हुन्छ । तर यहि परिमाणु भित्र कस्तो शक्ति छ र कसरी त्यसले काम गरेको छ भन्ने कुरा विज्ञानले अनुभव गर्न सकेको छैन बाहिर प्रकट गर्दा त त्यसले विनास ग¥यो ,यस सम्बधमा मेयाडम कयुरीले भन्यो की “म एटम भन्दा सुक्ष्म भई दिए कसरी यो चलको रहेछ र कसरी काम गरेको रहेछ जान्ने थिए” भनेर भनेको थियो यो कुरा आध्यात्मले स्वीकार गर्दछकी यस्तो शक्ति छ त्यसको अनुभति देख्न सकिन्छ । तर विज्ञानले किन देख्न नसकेको भन्दा विज्ञानसंग त्यस्तो माइक्रोस्कोप छैन, विज्ञानको बनाएको माइक्रोस्कोपले परिमाणु, इलोकट्रोन,प्रोटोन देख्न सकेकोछ तर त्यस परिमाणु, इलोकट्रोन,प्रोटोन भित्र के छ ? कस्तो छ ? के काम गर्न सक्छ ? भन्ने कुरामा विज्ञान अनविज्ञ छ । तर आध्यात्मले भन्छ हामी भित्र एउटा माइक्रोस्कोप छ त्यो एटोमिक माईक्रोस्कोप भन्दा नी शक्तिशाली छ त्यो माइक्रोस्कोबाट चेतनालाई देख्न सकिन्छ यो आध्यात्मको उपलब्धी हो यसलाई नै दिव्य नेत्र अर्थात तेस्रो आखा वा डिभाइन लाइट भनिन्छ । त्यसैले विज्ञान र आध्यात्म बिचमा एउटा बेग्लै सम्बन्ध रहेको छ ।
Posted on: 2015-Aug-11
Posted on: 2015-Aug-11
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story