29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देशलाई बन्द गरेर हामी कहिले खुल्ला हुन सक्दैनौ

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 देशलाई बन्द गरेर हामी कहिले खुल्ला हुन सक्दैनौ 
देशलाई बन्द गरेर हामी कहिले खुल्ला हुन सक्दैनौ । हामी खुल्ला हुन अर्थात आर्थिक, सामाजिक, भौत्तिक, शैक्षिक लगायतका सबै क्षेत्रमा समृृद्ध बन्नको लागि पनि दैनिकजसो हुने बन्द हड्तालबाट मुुलुकलाई सदाको लागि उन्मुक्ति दिनुपर्छ ।  बन्द हड्ताल कसैको पक्षमा छैन र हुने पनि छैन । कुनैपनि दलको दलगत, समुहगत, राजनीतिक अभिष्ट पुरा गर्ने नाउँमा हुने यस्तो बन्द हड्तालले सिंगो मुलुकको आर्थिक संरचना नै ध्वस्त बनाई दिन्छ । उद्योग, धन्दा कलकारखाना, मुलुकको राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि मुलुकको दिर्घकालीन पुर्वाधार बिकासमा सबै क्षेत्रमा नकारात्मक असर पारेको छ । जब बन्द कसैको पनि हित अनकुल छैन भने किन बन्द गर्ने ? यो मुलुकलाई बन्द गराएर कुनै पनि व्यक्ति वा दल आफुलाई ठुलो ठान्छ, देशभक्त ठान्छ भन्ने त्यो गलत हो । मुलुकलाई बन्द गराएर आफ्नो शक्ति देखाउने कुनै पनि नाउँको व्यक्ति नेपाली हुन सुहाँउदैन । सरकारसंग कुनै माग छ , भने त्यो पुरा गर्नको लागि दवाब दिने थुप्रै बिकल्पहरु छन, अनसन बस्न सक्छन । सम्वन्धीत निकायमा गएर आन्दोलन गर्न सक्छन । किन दुई करोड ५० लाख नेपाली जनताहरुलाई दुख दिने गरी बन्दको आयोजना गर्छन दलका नेता भनौदाहरु ?  अझै पनि नयाँ संबिधान जारी हुन्छ भन्ने कुरामा नेपाली जनताहरुले आशा मारेका छैनन । बिवादित बिषयहरुलाई सहमती कायम गरेर नयाँ संबिधान जारी हुन्छ, र हुनुपर्छ भन्ने बिश्वासमा जनताहरु रहेकाछन । बिगतमा राजनीतिक दलहरुले जे गरे जसो गरे त्यसलाई नेपाली जनताले केहीहदसम्म माफ गरेकाछन । अब पनि नेताहरुले मुुलुक बनाउने बिषयमा गल्ती गर्छन भने जनताले माफ गर्ने छैनन । नयाँ संंबिधानमा बन्द, हड्ताल गर्ने नपाउने र यो गर्नु राज्य बिरुद्धको अपराधकोरुपमा परिभाषित गरिनुपर्छ । बन्द कसैको पनि पक्षमा छैन । यो कुरा सबैले बुझनु पर्छ । पछिल्लो पाँच बर्षमा मुुलुकले बन्द कै कारण एक खर्ब १७ अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक नोक्सानी बेहोरेको छ । नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार बन्द कै कारण राज्यले औषतमा प्रतिवर्ष २७ अर्ब रुपैैयाँको नोक्सानी बेहोर्दे आएको छ । सन् २०१० मा मात्र बन्दकाकारण कुल ग्राहस्थ उत्पादन अर्थात जिडीपीमा २ दसमलव १५ प्रतिसतले नोक्सानी भएको छ । तत्थ्यांक अनुसार उक्त बर्षमा सबै क्षेत्रमा साना तथा ठुला समेत गरी एक हजार दुई सय पाँच वटा बन्द हड्ताल भएका थिए । पाँच बर्षको अवधिमा ४ हजार ४ सय ५१ वटा बन्द हड्ताल भएको राष्ट्र बैकको तथ्यांकमा उल्लेख रहेको छ । राष्ट्र बैकको अनुसन्धान महाशाखाले गरेको एक अध्यन अनुसार एक दिन बन्द हुंदा राज्यले १ अर्ब ८० करोड रुपैयाँ नोक्सानी बेर्होने गर्छ । आर्थिक बिकासमा अगाडि जाँदै गरेको मुलुकले बन्दकै कारण यति ठुलो परिमाणमा आर्थिक नोक्सानी बेर्होनु भनेको सानो कुरा होईन । यो अर्थमा  पनि बन्द, यो मुलुकको हितमा छैन । बन्द गर्ने परिपाटीलाई संधैको लागि बन्द गरिनुपर्छ । नयाँ संबिधानमा मुलुकलाई बन्द गर्नेहरुलाई कडा किसिमको सजाँय हुने व्यवस्था गर्नुपर्छ । अनिमात्र मुलुक समग्र आर्थिक बिकासमा अगाडि जान सक्छ , समृद्ध बन्न सक्छ ।   

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar