किन बढ्दैछ सुनको मूल्य
– निक बरीसेफ
सन् १९९० ताका सुन प्रति औन्स तीन सय डलरमा कारोबार हुन्थ्यो । सुनको मूल्यको लामो प्रवृत्तिलाई हे¥यो भने यो पुस्तक प्रासंगिक लाग्छ । यो लामो समय र अपरिवर्तनीय प्रवृत्तिको उपज हो । यी अहिले युरोपका केही देशहरुमा उत्पन्न ऋण संकटले सिर्जित प्रभाव हुन् । त्यसको प्रत्यक्ष असर सुनको मूल्यमा परेको छ ।
सुनमा ठूला लगानीकर्ता र खेलाडीहरु बढेपछि सुनको मूल्यमा आएको यो कृत्रिम ह«ास धेरै समय रहँदैन । क्रयशक्ति बनाइराख्नका लागि सुनले महत्वपूर्ण भूमिका खेल्छ, त्यसकारण यो मुद्रास्फितिविरुद्धको महत्वपूर्ण औजार हो । यो डलर र युरोभन्दा धेरै सापेक्ष छ । सुनको लगानी किन पनि फाइदाजनक छ भने, सन् १९७१ मा कम्प्याक्ट कार किन्न ६६ औन्स सुन चाहिन्थ्यो । अहिले यसका लागि १० औन्स भए पुग्छ । त्यस्तै, घरको मूल्य डलरको मूल्यमा बढेको छ, तर सुनमा लगानी गर्नेका लागि त त्यो सहज भएको छ । त्यसैले मैंले सुनमा गरिने लगानीले क्रयशक्ति बनाइराख्न मद्दत गर्छ । सुनले कसरी लामो अवधिसम्म क्रयशक्ति बनाइराख्न मद्दत गर्छ भन्ने यो उदाहरण हो ।
औपचारिक तथ्यांकले प्रस्तुत गर्नेभन्दा उच्च तहमा मुद्रास्फिति भइरहेको हुन्छ । यदी हामीसँग मुद्रास्फिति मापन गर्न प्रयोग हुने बास्केट वास्तविक भयो भनेमात्र यो अतिरञ्जित हुने सम्भावना रहन्न ।
मुद्रास्फिति सरकारको तोडमोड रिपोर्टमा छुपाइएको हुन्छ । खानाको उपभोग गर्छन्, कार चलाउँछन्, बालबालिका विद्यालय÷कलेज पठाउँछन् तिनले त वास्तवमा मुद्रास्फितिको अवस्था कस्तो छ भनेर वास्तविकतामै भोगिरहेका छन् । सरकारले मुद्रास्फिति किन पनि कम देखाउन चाहान्छ भने, त्यसले बचतपत्रमा लगानी भएको पेन्सनहरुको ठूलो पैसा फर्कन सक्छ । त्यस्तै, अहिले बचतपत्र बजारलाई पनि सुरक्षित लगानीको रुपमा लिन सकिने अवस्था छैन, किनकी त्यहाँ एकदमै कम ब्याजदर छ । मुद्रास्फितिदर कम देखाएपछि त बचतपत्रमा लगानी गर्नेले अन्य विकल्प सोच्नुपर्ने अवस्था पनि भएन । सरकार कम्तीमा पनि पेन्सनरहरुलाई बचतपत्र बजारमै रगड्न चाहान्छ । यो सरकारको वित्तिय नियन्त्रण कार्यक्रम हो । प्रतिष्ठित लेखक रिचर्ड रसेललेसुनमा लगानी गर्न सुरु गरेपछि यसले मुद्रास्फिति र मुद्रा संकुचन दुवै अवस्थामा यो सम्पत्तिको स्रोत हो । यो स्वर्ण स्थिरताको तथ्यांकले पुष्टी गरेको कुरा हो ।
विश्वका सबै मुद्राहरु बेलगाम मुद्रास्फितिले खत्तम हुन्छन् । सबै इतिहासलाई हेर्ने हो भने यो पद्धत्तिमा नगएका एउटा पनि उदाहरण छैन । अरु मुद्राहरु असफल भएजस्तै अमेरिकी डलर पनि त्यसरी नै असफल हुन्छ । राजनीतिज्ञहरु असीमित पैसा छाप्ने कुराको विरोध गर्न सक्दैनन् । यो अन्ततः मुद्रास्फितिको रुपमा आउँछ । सुनको मुल्यमा प्रभाव पर्नुको कारण, सुनको मूल्यमा निरन्तर वृद्धि हो । सुनको तुलनामा मुद्राले आफ्नो क्रयशक्ति गुमाइरहेका छन् । त्यसकारण, सुनको मूल्य बढ्दै जान्छ भने पैसाको घट्दै जान्छ । भोल्तेयरले भनेजस्तै, ‘कागजी पैसाको अन्ततः तात्विक मूल्य शून्य हुन्छ ।’
ऋणमा आधारित मोडल निरन्तर आर्थिक विकाससँग सम्बन्धित हुन्छ । जब औद्योगिक उत्पादन, प्राकृतिक स्रोत, इन्धनको उत्पादन वृद्धि जस्ता कारणबाट उत्पादकत्व वृद्धि हुँदैन भने आर्थिक वृद्धि सम्भव छैन, यस्तो अवस्थामा राष्ट्रको ऋणभार सिर्जना हुनजान्छ । डा. क्रिस्ट मार्टेन्सनले अघिल्लो शताब्दीमा कस्तो विकास थियो भनेर धेरै राम्ररी बताएका छन् । सस्तो भूमिमा आधारित तेल उत्पादनका कारण जनसंख्या यसरी बढेको हो । आर्थिक विकासका लागि घरेलू उत्पादन विकासका लागि सरकारले ठूलो मात्रामा डलर लगानी गर्नुपर्ने हुन्छ ।
अमेरिकामा १० हजार मानिस एकै दिन सेवा निवृत्त भइरहेका छन् । इन्धनमा आत्मनिर्भरता तथा सस्तो भूमिमा आधारित तेलका कारणले मात्र मध्यपूर्वको आर्थिक वृद्धि उच्च भएको हो । कच्चा तेल आयातले अमेरिकालाई पनि इन्धनमा सहज रुपमा आत्मनिर्भर बनाएको छ र इन्धनमा कम मूल्यवृद्धि हुँदा त्यहाँ साँच्चिकै मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको छ । अधिक मुद्रा छापेर हुने मुद्रास्फितिजस्तै इन्धनको मूल्य वृद्धिले पनि मुद्रास्फिति बढाउँछ, सरकारको लगानी वृद्धि गर्नुपर्ने हुन्छ, यसले स्वतः सुनको मूल्यलाई मुद्राको तुलनामा माथि लैजान्छ ।
हामी सबैलाई थाहा छ, चीन र भारतले सन् २०१२ मा क्रमशः २ हजार र २७ सय टन सुन खरिद गरेका थिए । औपचारिकबाहेक अनौपचारिक खरिद पनि त राष्ट्रकै सम्पत्ति खर्चेर खरिद गरिने हो । विगतमा चीनले सुन खरिद गर्ने सम्बन्धमा एकदमै सावधानी अपनाएको थियो । चीनले प्रयोग गरेको अनौपचारिक माध्यम कसैलाई थाहै थिएन, तर यो सरकारको ढुकुटीबाट नै किनिएको थियो । उसले विश्वको आँखा छल्न सुन खरिदमा कुनै पारदर्शिता नै अपनाएन । अहिले पनि उनीहरुले यसै गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ, सन् २००९ मा विश्वभर चीनले ४५४ टन सुन किनेको भनेर अनुमान भएको थियो, किनकी चीनले सन् २००३ मा मात्र सुन खरिदको आधिकारिक तथ्यांक बाहिर ल्याएको थियो र विश्वभर त्यसैका आधारमा अनुमान गरिएको थियो । तर, सन् २००९ मा त चीनले १ हजार ५४ टन सुन खरिद गरेको रहेछ, जुन कुरा उनीहरु आफैंले पछि घोषणा गरे ।
चीन आफूसँग कति सुन छ भन्ने सम्बन्धमा जानकारी नै दिन चाहँदैन किनकी, तिनीहरु सकेसम्म जम्मा गर्न चाहान्छन् । मलाई के विश्वास छ भने चिनियाँ युआनले अमेरिकी डलरलाई वैदेशिक बचतको मुद्राबाट विस्थापित गर्नेछ । सन् २००३ बाट सन् २००९ मा जस्तैगरी प्रत्येक ६–६ वर्षमा मात्र सुन खरिदको घोषणा गर्ने हो भने सन् २०१५ मा चीनले खरिद गरेको सुनको विषय सबैका लागि आश्चर्यजनक हुनसक्छ । सन् २००९ को योजना अनुसार चीन सन् २०१९ सम्म १० हजार टन सुन जम्मा गर्न चाहान्छ ।
अमेरिकी सरकारले तेलको मूल्य अमेरिकी डलरमा कायम गरेर डलरको बचत बढाउन सबैलाई उत्प्रेरित गरिरहेको छ । अमेरिका विश्वको सबैभन्दा ठूलो ऋणग्रस्त मुलुक हो । यति ठूलो ऋणका बाबजुद पनि विश्वभरको डलर सञ्चितिका कारण सहज रुपमा चलिरहेको छ, यसका लागि सन् १९४४ को ब्रटेन उड सम्झौतालाई धन्यवाद दिनुपर्छ । जब उनीहरुले सन् १९७१ म सुनसँग डलरको पेग तोडे, त्यतिबेला कुनै चुनौती दिने मुद्रा भएको भए डलर त्यतिबेलै सकिन्थ्यो । सन् १९७३ मा ओरिकाले विश्वको वैदेशिक बचतमा आफ्नो मुद्राको स्थान सुरक्षित ग¥यो, कारण ओपेक राष्ट्रहरु तेलको मूल्य डलरमा राख्न राजी भए । अब चीनले जापान, अष्ट्रेलिया, ब्राजिल, कोरिया लगायत थुप्रै देशहरुसँग व्यापार सम्झौतापछि डलरलाई छाडेर आफ्नै मुद्रामा व्यापार थालेका छन् । यो अमेरिकी डलरको बचतलाई प्रत्यक्ष खतरा हो ।
(बरीसेफ बुलियन म्यानेजमेन्ट ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्)
Posted on: 2014-Apr-29
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story