19 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गैर आवासीय नेपाली आन्दोलनका एक दशक

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
मिता श्रेष्ठ ‘आ“शु’ गैर आवासीय नेपाली –एनआरएन) हरू पुनः एकपटक आफ्नो नेतृत्व छान्ने कसरतमा लागेका छन् । गैर आवासीय नेपाली संघको छैटौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन कार्तिक २ देखि ५ सम्म काठमाडौंमा हुँदैछ । एक दशक पुरा भएको गैर आवासीय नेपाली आन्दोलनले नेपालको विकासका लागि पुँजी, प्रविधि र सीपका माध्यमबाट नेपालको विकास गर्ने लक्ष्य राखेको छ । अहिले विश्वका ६५ देशमा ३५ लाख नेपालीहरू रहेको अनुमान गरिएको छ । त्यसो त संगठनको आकार पनि क्रमशः बढ्दै गइरहेको छ ।  अहिले विश्वका ६५ देशमा एनआरएनहरूको राष्ट्रिय संगठन स्थापना भैसकेको छ । हरेक देशको राष्ट्रिय संगठनबाट नेपालमा एउटा परोपकारी काम गर्ने तथा नेपालमा ठूला परियोजना (१०० मेगावाटको जलविद्युत आयोजना, खुला विश्वविद्यालय लगायत) को सञ्चालनमा एनआरएनहरूले चासो देखाएको पाइन्छ । हरेक दुई वर्ष कार्यकाल रहने गैर आवासीय नेपाली संगठन अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को नेतृत्वका लागि यस वर्ष अष्ट्रेलियाका शेष घले, जर्मनीका रामप्रताप थापा र साउदी अरबबाट रामेश्वर शाहले दाबी प्रस्तुत गरेका हुन् । थापा एनआरएन आन्दोलनका संरक्षक र शाह जीवा लामिछाने नेतृत्वमा आइसीसी उपाध्यक्ष हुन् ।  केही समयअघि अष्ट्रेलियाका धनीहरूको सूचीमा परेका शेष घलेले यसपटक अध्यक्षका लागि आकांक्षा राखेका छन् ।  गैर आवासीय नेपाली संघको दश वर्षको अवधि पुरा भएको छ र यो आन्दोलनका सम्बन्धमा समीक्षा हुन जरुरी छ । गैर आवासीय नेपालीहरूले माग गरेको दोहोरो नागरिकताका सम्बन्धमा सरकार प्रष्ट भैसकेको छैन भने उनीहरूलाई परिचयपत्र दिने सवालमा सरकारमा कुनै सन्देह नरहेको यसअघि नै स्पष्ट भैसकेको छ । यद्यपी एनआरएनहरूले दोहोरो नागरिकताको माग कायम राख्दै “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने मागलाई चर्काे बनाएका छन् ।  गैर आवासीय नेपाली आन्दोलनमा नेपालको राजनीतिको प्रत्यक्ष प्रभाव देखिन्छ । प्रमुख तीन दल निकट भएर उम्मेदवार बन्ने, निर्वाचनमा विजयी हुनका लागि एउटा दलको समर्थन चाहिने परिपाटी कायमै रहँदा अर्कोतर्फ एनआरएनए भित्र जातीय मुद्दाको बीजारोपण भएको छ । डरलाग्दो शैलीमा फैलदैं गएको जातिय मुद्दालाई व्यवस्थापन गर्न नसकेको गैर आवासीय नेपाली आन्दोलनका विभिन्न आयामहरूमाथि नै प्रश्नचिन्ह खडा हुने खतरा बढ्दैछ ।  गैर आवासीय नेपाली आन्दोलनका संस्थापक र संरक्षकहरूबाट यसका सम्बन्धमा पहल हुन आवश्यक छ । गैर आवासीय नेपाली आन्दोलनलाई मलजल गर्ने र हुर्काउने काम गरेका एनआरएनए आइसीसीका पूर्व अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरू भीम उदास, रामप्रताप थापा, इन्दिरा वन, दिल गुरुङ, प्राध्यापक सूर्य सुवेदी, पूर्व अध्यक्ष देवमान हिराचनहरूको काँधमा आएको छ । सबैले जिम्मेवारी र अठोट पुरा गरेर मात्र  गैर आवासीय नेपाली आन्दोलनलाई अटल, अडिग र पवित्र उद्देश्यबाट अघि बढाउन सकिन्छ भन्नेमा सबै जिम्मेवार हुन आवश्यक छ ।  सन् २०११ मा चयन भएको जीवा लामिछाने नेतृत्वको एनआरएनए आइसीसीले कार्तिक ५ पछि विदा लिदैंछ । लामिछानेले कुशल नेतृत्वमा संगठनलाई अघि बढाए । त्यही जुझारु सोचले अझ संगठनलाई अघि बढाउने नेतृत्व एनआरएनएलाई चाहिएको छ । विश्वका विभिन्न डायस्पोराहरूले आफ्नो देशको विकासका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गरेका छन् । हाम्रा छिमेकी चीन र भारतको इतिहास हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुन्छ । चीन र भारतको विकासका लागि त्यहाँका डायस्पोराहरूले गरेको योगदान अनुरुप राष्ट्रिय भावना र देशविकासको चिन्तनको पवित्र उद्देश्य लिएर अघि बढेमात्र गैर अवासीय नेपाली आन्दोलन सफल हुन्छ । 

Posted on: 2013-Oct-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar