19 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लाखौं कार्यकर्ता सहित २३ गते खड्का बाहिरिदै

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
नेपाली कांग्रेस भित्र सधैजसो प्रभावमा रहिरहने नेता खुमबहादुर खड्काले विपी कोइरालाको विचारसंग बर्षौदेखि प्रतिवद्ध रहेका कार्यकर्ताहरुलाई पार्टीको तर्फबाट उम्मेदवारी बन्नबाट बञ्चित गरिएको आपत्ति जनाएका छ । कथित भ्रष्टाचारको आरोपमा जेल जीवन विताइरहेका खड्काले संविधानसभाका उम्मेदवारहरु पूर्वाग्रही रुपमा छनौट गरिएको भन्दै आपत्ति जनाएका हुन् ।   नेता खड्काको श्रीमति शिला गौतम खड्काले  दाङ क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फकी उम्मेदवारी समेत फिर्ता गराएको बुझिएको छ । कांग्रेस केन्द्रिय सदस्य खुमबहादुर खड्काले विज्ञप्ती जारी गर्दै उनको उम्मेदवारी फिर्ता भएको जानकारी गराएका हुन । खड्काद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘विपी कोइरालाको विचारसंग बर्षौदेखि प्रतिवद्ध रहेका कार्यकर्ताहरुलाई पार्टीको तर्फबाट उम्मेदवारी बन्नबाट बञ्चित गरिएको हुदाँ मेरो श्रीमति शिला गौतम (खड्का)लाई दाङ  क्षेत्र नं १ बाट प्रतयक्षतर्फ दिइएको उम्मेदवारी उनले फिर्ता गरिदिएको हुदाँ उनी चुनाव नलड्ने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’ खड्काले पार्टीको आदर्श सिद्धान्तप्रति प्रतिवद्ध, दुःख पाएका कार्यकर्ताको पक्षमा सदा रहने व्यहोरा पनि विज्ञप्ती मार्फत जानकारी गराएका छन् । यस अवस्थाबाट कत्तिपनि विचलित नभई  पार्टीमै रहेर संघर्ष गर्न पनि कार्यकर्तालाई खड्काले आग्रह गरेका छन् । त्यसो त  खड्का आउँदो २३ गते बुधबार जेल मुक्त हुँदै छन् । खड्का बाहिरिने दिन नजिकिँदै गर्दा देशैभरिका काँग्रेस कार्यकर्ताहरुमा उत्साह फैलिएको एक नेताले बताए । २३ गते खड्काको स्वागतका लागि वि.पी. अंकित भेष्ट र तरुण लेखिएको टिर्सट सहित एक लाख कार्यकर्ता उत्रिने समेत ती नेताले बताए । 

Posted on: 2013-Oct-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar