29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

रेग्मीलाई व्यक्तित्व बचाउने समय अझै छ

19 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
रेग्मीलाई व्यक्तित्व बचाउने समय अझै छ  रवि लोचन प्धानमन्त्री रेग्मीजीले न्यायक्षेत्रको आफ्नो इज्जत, व्यक्तित्वता राजनीतिको गन्दगी भित्र पसेर सबै गुमाउनु भयो – त्यो नेपालीले देखे । अव यता उहाँ चार दललको वग्गीको जस्तै आँखामा पट्टीले गरी एकोहोरो मात्र देख्ने घोडाहरू झैं चारदलका घोडा बनेर आफ्नो बचेखुचेको व्यक्तित्व पनि नष्ट गर्न अघिबढीरहनु भएको छ । यसैले उहाँलाई आज राप्रपाका केशर बहादुर विकले भनेझै नेपाली सबै चाररमको खोजकै रुपमा लिन थालेका छन् । न्यायको क्षेत्रबाट आउनु भएकोले उहाँबाट जनताले जुन आशा राखेका थियो त्यसमा उसलाई ठूलो, नराम्रो धोखा भएको छ । न्याय प्रशासन जस्तो सम्हालेका व्यक्तिले, भागवण्डा र भ्रष्टाचारमा चुर्लुमा नेताहरूको सल्लाहमा, उनीहरूकै पहिलाग्दा उहाँको व्यक्तित्वको ............... मात्र बाहिर देख्नमा आउको हैन उहाँको योग्यता र क्षमतामा समेत शहरमा चर्चा सुन्न थालिएको छ । स्वाभाविक पनि हो, यदि चारैदललको विचारको डोरीमा हिंड्नु थियोभने उहाँ किन केलाम देखेर न्याय मन्दिरबाट उप्रेर कार्य पालिकामा आउनु भयो उठ्ने नै विषय हो । कसैको पनि, विचार सुन्नु, सल्लाहलिन बुद्धिफौजी मानिन्छ । आवाज सबैको सुन्नु राम्रो हो तर आवाज सुन्नेको नाममा नियम र सत्यलाई विर्सेर, विवकै छोडेर पछि लाग्नु चाहीँ के हो खै त्यस्तालाई भन्ने उपयुक्त शब्द चाहिँ शब्द कोष हेरेरमात्र भन्न सकिएला, दिमागमा आउँदैन । समय थप्न चारदल भन्छ, समय थप्ने, चुनाव निथिसार्न चारदलभ्रष्ट, चुनाव मिति सार्ने मतदाता नामावलीमा थपघटगर्न चारदल दवाव दिन्छ, त्यो गर्ने आदि भएपछि सर्वोच्चका प्रधान न्यायधीश जस्तोले नेतृत्व गरेको सरकारलाई जनताले के भन्ने ? त्यो चाहिँ यो पङ्तिकारको आफ्नो कोषमा नपरेकाले भन्न सक्दैन । आफुमा कति थिएन र उनीहरू सितै मिसिन जानु थियो भने प्रधानमन्त्रीले न्याय मन्दिरबाट राजीनामा नै गरेर प्रधानमन्त्री बन्न एको भए देशको एउटा संस्थान शुद्ध र चोखो रहेको देखिन्थ्यो । न्याय, नियम र नीतिमा हुन्छ नीति र नियमनै राजनैतिक दलको इच्छानुसार फेरिने, बन्न भएपछि, के हुन्छ ? कसैले भन्न सक्छ फेरि पनि निर्वाचन अघि नामावलीमा छुट नाम भन्दा थप्ने म्याद दिइन्न । चुनावमा जानुअघि दल हुनुपर्ने प्रश्न  जाति र जस्ता नारा दिए पनि – सब टार्नका लागि हुन् । चुनाव हुने हैन । कुनै पनि राजनैतिक दल चुनाव प्रति इमान्दार देखिदैनन् – आठे चुनावमा लागेका छन् । चुनाव नहुँदै देखि वाइसल लगाउने प्रचण्डको बोली र वाढीपिडितहरूको सहातामा माथि प्रतिबन्ध लगाउने प्रशासनले माओवादीले आजसम्म वैद्य रुपमा राखेको अवैध रुपमा राखेका बन्दुक गोलीहरू नबुझाएको स्थितिमा केही नबोलेको देख्दा चुनाव प्रति कुनै नेपालीले पनि विश्वास गरेको पाइन्न । सबको कुरा सुन्दा “यो झमेला उठ्छ उठ्छ अनि चुनाव विर्सिइन्छ” भन्ने मात्र छन् ।  हुन पनि माओवादी स्वमान, यसका नेता एवं कार्यकर्ताहरूको व्यवहारबाट परिचित नेपाली स्पष्ट भन्दछन् एकतिरका कार्यकर्ताहरू हतियारले सुसज्जित हिंसा र हत्याको नशाले छोडेको भए पनि मद मुक्त हुन नसकेको भीड, अर्कोतिर निशस्त्र दलहरू बीच कसरी निर्वाचन हुनसक्छ र धाँधली रहित हुन्छ भन्ने सकिन्छ । छ । कसरी हुन्छ चुनाव ! चुनावमा उत्रने दलहरू तिर आँखा घुमाउँदा निहत्ती नारा र कार्यक्रमको भरमा निर्वाचन क्षेत्रमा ओर्लने राजनैतिक दल असंख्य हातहतियार साथमा राखेको र युद्धको हत्या र हिंसाको नसाले छोडेको भए पनि त्यसको मदमुक्त हुन नसकेको संकेत दिइरहेको राजनैतिक दलबीच हुने चुनाव निष्पक्ष र निविध्न हुन सक्ने आधार त्यति पाइन्न । हुन सक्दछ, भोटले यही प्रश्न उठेर निर्वाचन विद्यालिने स्थितिमा पुगोस् । त्यस्तो नहोस्, आम जनता चुनाव होस भन्ने पक्षमा छन् तर त्यस्तो भैहाल्यो भने ? जसरी देशका दलहरू बीच प्रत्येक विषयमा कचिङ्गल हुँदाहुँदा बल्लतल्ल चुनावको निम्ति मत्यैक्य भएको छ एक दलसित रहेका चुद्धका हतियारहरू प्रशासनले खिच्न नसकेसम्म र चुद्धमा आफूले राखेका हतियार सहित वैधरुपमा आफूले लिएका हतियारहरू पनि नेतृवर्गले सरकारको जिम्मा नलगाए सम्म चुनाव स्वच्छ र निर्विध्न मात्र हैन, चुनावनै होला ? भन्ने प्रश्नलाई प्रसस्थ ठाउँ भैरहेको छ ।  बाढीपिडित पहिरो पीडित र खोला पीडित भोका र नाङ्गा भएकालई सोझै केही पनि नदिनु दिन मन भए सरकारी न्याय मार्फत दिनु भन्ने सूचना नजिकिएको निर्वाचनलाई ध्यानमा राखेर निकाल्न सक्ने न्यायमूर्ति जस्ताले नेतृत्व गरेको सरकारले कुनै कुनै राजनीतिक दलसँग डरलाग्दा अवैध हतियारहरू अझै प्रशस्त रहेको र प्रशासनलाई बुझाउन आनेकानी गर्दै आएको कुरा थाहा नपाएको होला अर्थात नबुझेको होला भन्न सकिन्न । यसैले भोलि कुनै पक्षबाट यही कुरा उठाइयो भने फेरिचार दललै गरेको चुनावी सहमति के हुने ? के यो गम्भीर एवंम संवन्धित प्रश्न छैन र ?  


Posted on: 2013-Oct-19

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar