19 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सेभ द एनिमलको सह्रानिय काम

12 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 लालकाजी श्रेष्ठ

 
हालै भारतको चेन्नाईमा आयोजित नेशनल डग वेलफेयरमा सहभागी भएर नेपाली युवा गौरव केसीले नेपालमा कुकुरहरुको संख्या अनियन्त्रित रुपमा बढ्दै गएको भन्दै रेविज रोगको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रिय संघसंस्थाको ध्यानकेन्द्रीत गराए । सेभ द एनिमल नेपालका उपाध्यक्ष गौरवले उठाएको यो समस्या समाधानका लागि सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यसमा गम्भीरताका साथ सघाउन तयार भएका छन् ।   बेलायतको कुकुर संरक्षण संस्था डगट्रष्टको आयोजनामा कुकुरहरुको संख्या नियन्त्रण, रेविज रोग उन्मूलन तथा कुकुर संरक्षण गर्ने विषयमा चेन्नईमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा गौरवले नेपालको समस्याको जीवन्त चित्र प्रस्तुत गरेका थिए । यो सम्मेलनमा एनिमल वेलफेयर बोर्ड अफ इण्डिया, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), वर्किङ ग्रुप अन एनिमल वेलफेयर, कमन वेल्थ भेट एशोसिएसन, एशोसिएसन फर द प्रिभेन्सन अफ रेविज इन इण्डिया र नेपालको सेभ द एनिमल लगायतका संघसंस्था सहभागी थिए । दुई दिनसम्म चलेको उक्त सम्मेलनमा नेपालबाट सेभ द एनिमलका उपाध्यक्ष गौरवले भाग लिएका हुन् ।    सम्मेलनमा डग ट्रष्टका कार्यकारी अधिकृत केरिल्सा वाल्डविन ओवीले आफ्नो स्वागत भाषणका क्रममा दक्षिण एसियामा कुकुर संरक्षणको क्षेत्रमा अझै धेरै अनुसन्धानात्मक काम गर्नुपर्नेम जोड दिए । रेविज रोग एवं कुकुर संरक्षणका विषयमा एनिमल वेलफेयर बोर्ड अफ इण्डियाका जनरल डा.आरएम कार्बले अहिलेको ज्वलन्त अवस्थालाई चित्रण गरेका थिए । विश्व स्वास्थ्य संगठन दक्षिण एसियाका प्रमुख डा. ज्ञानेन्द्र गंगोलले दक्षिण एसियाका मानिसहरु कुकुरबाट सर्ने रेविज रोग र यसका लागि चालिनुपर्ने कदमका बारेमा चर्चा गरेका थिए । सम्मेलनमा कमन वेल्थ भेट एसोसिएसन र एसोसिएसन फर द प्रिभेन्सन अफ रेविज इन इण्डियाका प्रमुख डा. अब्दुल रहमानले दक्षिण एसियामा रेविज रोगको प्रकोप र नियन्त्रणका विषयमा आफ्नो अनुभव र अवधारणा प्रस्तुत गरेका थिए ।   सम्मेलनका क्रममा सेभ द एनिमलका केसीले नेपालमा रेविजको भयावह जोखिमको अवस्थाबारे बताएपछि अन्तर्राष्ट्रिय संघसंस्थाबाट सहयोग गर्ने प्रतिवद्धता आएको हो । “सम्मेलनले मलाई धेरै कुरा सिक्न मद्दत ग¥यो,” केसीले भने, “हामीकहाँ पशु संरक्षण तथा जुनोटीक रोगमा अध्ययन र अनुसन्धान गर्न धेरै ढिलो भैसकेको छ ।” उनले ढिलै भएपनि सबैसँग सहकार्य गरी पशु संरक्षण तथा जुनोटिक रोगका सम्बन्धमा छिट्टै काम शुरु गर्ने बताए ।

Posted on: 2013-Oct-12


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar