29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गन्तव्यविहीन बन्दै रानीतलाउ-- पर्यटकीय तलाउमा माछापालन

11 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काशीराम शर्मा÷बाँके
  ‘नेपालगन्ज बजारैमा घाम लाग्यो घमाइलो....रानीतलाउमा डुङ्गा चढ्ने रहर....’ गायक कन्हैया सिंहको नेपालगन्ज बजारैमा रहेको यो गित अहिले पनि उत्तिकै चर्चित छ । उनको रहर अन्ततः रहरमै सिमित भएको छ । उनले गीतमा डुङ्गा चढ्ने रहर गरेका छन् । उनको गीत चर्चित बने पनि रानीतलाउ भने अहिले संकटमा परेको छ । न त त्यहाँ अहिले डुङ्गा चल्छ न त कुनै पर्यटक नै त्यहाँ जान्छन् । रानीतलाउ अहिले गुमनाम भएको छ ।      आन्तरिक पर्यटन प्रवर्धनका हिसावले महत्वपूर्ण गन्तव्यका रुपमा रहेको यो तलाउ अहिले पुरिने खतरा पनि उत्तिकै देखिन्छ । विगतमा तालमा डुङ्गा सयर गरी आनन्द लिन दैनिकजसो आन्तरिक पर्यटक आउने गर्दथे । तर केही समययता यहाँ रहेका डुङ्गाहरु हराएका छन् भने केही बिग्रिएर थन्किएका छन् ।  नेपालगन्ज नगरपालिकाको स्वामित्वमा करिब १२ कठ्ठा क्षेत्रफलमा रहेको रानीतलाउलाई पर्यटकीय स्थल नभई आम्दानीको श्रोतका रुपमा प्रयोग गरिएको छ । नगरपालिकाले विगत दुई बर्षदेखि स्थानीय असगर अलि कवाडियालाई माछापालनका लागि ठेक्कामा दिएको छ । तीन बर्षको एक लाख ५० हजारमा ठेक्कामा लिएको ठेकेदार कवाडियाले बताए ।      उनले नगरपालिकाले ठेक्कामा दिए पनि सम्झौता अनुसार काम नगरेको बताए । ‘ठेक्कामा सम्झौता गर्दा दुई वटा डुङ्गा, बोरिङ्ग जडान गर्ने, तलाउको मर्मत सम्भार, ह्याण्डपम्प जडान, विजुली बत्ती लगायतका कामहरु नगरपालिकाले गरिदिने सहमति भएको ठेकेदार कवाडियाले बताए ।     ‘नगरपालिकाले ठेक्कामा सम्झौता गरेपछि पुरै बेवास्ता गरेको छ । बोरिङ्ग, विजुली बत्ती लगायत सबै कामहरु आफैले गर्नुप¥यो,’ –उनले भने– ‘नगरपालिकामा गएर जानकारी गराउँदा एक÷दुई दिनमा भैहाल्छ नी भन्दै दुई बर्ष बितिसक्यो ।’ नगरपालिकाले सम्झौता गरेपछि ठेकेदार आफैले गर्नुपर्छ भन्दै प्रतिक्रिया दिने गरेको छ ।    कुनैबेला डुङ्गा सयरका लागि उपयुक्त गन्तव्यका रुपमा चिनिने नेपालगन्जको रानीतलाउ अहिले लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय हिसाबले महत्वपूर्ण रहेपनि संरक्षणको अभावमा यो ताल संरक्षण र व्यवस्थापनको अभावमा जोखिममा रहेको छ । आफैमा सुन्दर छ अझ चारैतिरको घनाबस्तीको बीचभागमा अवस्थित रानीतलाउको संरक्षणमा कसैको नजरसमेत परेको छैन ।      नेपालगन्ज नगरपालिकाका योजना शाखा प्रमूख श्यामकाजी पियाले बोरिङ्गका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसका लागि भवन निर्माण डिभिजन कार्यालयबाट पहल भइरहेको बताए । पर्यटकीय क्षेत्रलाई माछापालनका रुपमा परिवर्तन गर्ने नगरपालिकाको उद्देश्य नभएको भन्दै बजेट अभावमा संरक्षणमा समस्या भएको उनले बताए । योजना शाखा प्रमूख पियाले रानीतलाउ संरक्षणका लागि २०/२५ लाख रुपैयाँ खर्च लाग्ने भएकाले त्यसका लागि नगरपालिकाले विभिन्न दातृ निकायसँग पहल गरिरहेको बताए ।      उनका अनुसार अहिले रानीतलाउको व्यवस्थापनका लागि भवन निर्माण डिभिजन कार्यालयमार्फत १८ लाख रुपैयाँ आएको छ । ‘यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि नगरपलिकाले प्रयास गरिरहेको छ । माछापालन गर्ने नगरपालिकाको योजना र उद्देश्य होइन । यसको विकास तथा पूर्वाधार निर्माणका लागि छिट्टै काम सुरु हुनेछ,’ – योजना शाखा प्रमूख पियाले भने ।      मध्य तथा सुदूरपश्चिमको व्यापारिक केन्द्रका रुपमा रहेको नेपालगन्जको मुटुमै रहेको रानीतलाउ यहाँका पर्यटकीय तथा धार्मिक स्थलहरु मध्यको प्रमूख गन्तव्यका रुपमा पर्छ । रानीतलाउको संरक्षणका लागि स्थानीय राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाले यसको संरक्षण र विकासमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।      स्थानीयबासीका अनुसार ताललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न खोजेपनि नगरपालिकाले नै चासो नदिएका कारण समस्या भएको छ । पर्यटकीय स्थल निर्माणका लागि धेरै सम्भावना बोकेको रानीतलाउको मर्मत सम्भारका लागि सम्बन्धीत क्षेत्र नै बेखबर भएपछि तालको अस्तित्वनै संकटमा पर्ने देखिएको छ ।   

Posted on: 2013-Oct-11


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar