30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लागुपदार्थको ओसारपसारका लागि बाँके उपयुक्त स्थानका रुपमा छनौट

10 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काशीराम शर्मा, बाँके २५ माघ । 

 
लागुपदार्थ कारोबारीले लागुपदार्थको ओसारपसारका लागि तस्करले बाँकेलाई उपयुक्त स्थानका रुपमा छनौट गर्दै आएका छन् । हरेक बर्ष पक्राउ पर्ने कारोबारीको संख्या वृद्वि हुनुले पनि स्थिति भयावह बन्दै गएको प्रष्ट हुन्छ । राजनीतिक अस्तव्यस्तता र कानुनी व्यवस्था फितलो बन्दै गएका बेला बाँकेमा अपत्यारिलो ढंगले मौलाएको लागुपदार्थको कारोबारले खतरा बढेको छ । अभाव, गरिबी, बेरोजगारी र निराशाले छटपटाइरहेकाहरु धेरै धन कमाउने लहडमा पहाडी जिल्लामा अफिमको खेतीमा लागेका छन् भने युवा पुस्ता लागुपदार्थको सेवन तथा कारोबारमा संलग्न हुन थालेका छन् । बाँकेमा लागुऔषध कारोबारमा ठूलै गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । मध्यपश्चिमका पहाडी जिल्लाहरुमा लागुपदार्थको उत्पादन मौलाउँदै गएको र त्यसको निकासीका लागि कारोबारीले बाँकेलाई उपयुक्त स्थानका रुपमा छनौट गरेका छन् ।  अफिमको कारोबारमा ठूलै गिरोह संलग्न भएको भन्दै बिक्रीवितरणका मुख्य व्यक्ति भने कमै पक्राउ पर्ने गरेका छन् । तस्करहरुले महिलालाई प्रयोग गर्ने क्रम पनि बढेको छ । कमजोर आर्थिक अवस्था कमजोर भएका महिलालाई पैसाको प्रलोभन देखाएर लागुपदार्थको ओसारपसारमा प्रयोग गर्ने गरिएको प्रहरी नायव उपरिक्षक सुर्य केसी बताउँछन् ।  विगतका तुलनामा भन्दा अहिले धरै पक्राउ पर्नु प्रहरी सक्रियता बढेको उनको दावी छ । उनले भने– ‘विगतमा लुकीछिपी कारोबार भइरहेको थियो । अहिले प्रहरीको सक्रियतामा पक्राउ पर्नेको संख्या बढेको छ । यो कारोबारीको संख्या बढेपनि प्रहरी सक्रियताले धेरै कारोबारी पक्राउ परेका छन् ।’ खुला सिमाना र सिमानामा चेकजाँचमा कडाइ गरेपछि नेपाल–भारत सीमानाकाबाट लागुपदार्थको ओसारपसारमा कमी आएको उनले बताए ।  विगतका बर्षहरुमा चेकजाँजमा कमजोरी हुँदा लागुपदार्थको ओसारपसार बढि हुने र कारोबारीहरु पनि पक्राउ नपरेको प्रहरी नायव निरिक्षक केसीको भनाई छ । उनले भने– ‘हामीले नियन्त्रणमा कडाई गरिरहेका छौं । चेकजाँचमा जति कडाई हुन्छ त्यसमा संलग्नहरु त्यतिनै धेरै पक्राउ पर्दै जान्छन् । पछिल्लो समयमा चेकजाँचमा कडाई गरिएकै कारण पक्राउ पर्नेको संख्या बढेको देखिएको हो ।’  मध्यपश्चिमका पहाडी जिल्लामा उत्पादित लागुपदार्थ युरोपसम्म लागुऔषध कारोबार गर्ने तस्करको गिरोह नै सक्रिय रहेको प्रहरीले बताउँदै आएको छ । लागुपदार्थसहित पक्राउ परेकाको अनुसन्धानबाट लागुपदार्थको कारोबारमा ठूलै गिरोह सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुर्य केसी बताउँछन् । भेरी, राप्ती र कर्णालीका विभिन्न जिल्लामा उत्पादित लागुपदार्थ भारत हुँदै युरोपका विभिन्न मुलुकसम्म निर्यात हुने गरेको छ ।  प्रहरीका अनुसार जाजरकोट, कालिकोट, दैलेख, जुम्ला, हुम्ला लगायतका जिल्लामा उत्पादित अफिम सुर्खेत, बाँके हुँदै भारतसम्म पु¥याउन बढिजसो नेपाली तस्कर नै सक्रिय छन् । भारतबाट विदेशीले नै यसको कारोबार गर्दै आएका छन् । नेपाली तस्करले बाँकेको समिा नाका जमुनाहा हुँदै भारतीय बजार रुपैडिहासम्म पु¥याउँछन् । रुपैडिहाबाट विदेशी तस्करले युरोपसम्म पु¥याएर करोडौँ मूल्यमा यसको व्यापार गरिरहेका छन् ।  यद्यपी लागुपदार्थ कारोबारीले भारतको रुपैडिहासम्म ल्याउने र यहाँका पहाडी जिल्लाहरुबाट रुपैडिहा पुगेर ओसारपसार हुने क्रम भने रोकिएको छैन । ‘भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुपदार्थको कारोबार गर्ने गरेको पाइएको छ,’ प्रहरी नायव उपरिक्षक केसी भने, ‘सिमानाकामा चेकजाँचमा कडाइ गर्न भइरहेकाले पछिल्लो समयमा पक्राउ पर्नेहरुको संख्या पनि बढेको छ ।’ भेरी र कर्णालीका पहाडी जिल्लामा प्रशस्त मात्रामा अफिमको खेती हुने गरेको छ । गिरोहले नै यहाँका कृषकलाई यसको कारोबारका लागि उक्साइरहेका छन् भने ग्रामीण क्षेत्रसम्म प्रहरीको निगरानी कम हुने भएकाले स्थानीय पनि यसको उत्पादनमा सक्रिय भएका छन् । अन्य बालीभन्दा अफिमबाट बढी नाफा लिन सकिने भएपछि यहाँका कृषकले ठूलो मात्रामा अफिम खेती गरिरहेको पाइएको छ ।  भेरीको जाजरकोट, दैलेख, सुर्खेत, राप्तीको रोल्पा, सल्यान, दाङ, कर्णालीका प्रायः सबै जिल्लामा यसको उत्पादन हुने गरेको छ । प्रहरी श्रोतका अनुसार यसक्षेत्रमा भित्रिने अधिकांश लागुपदार्थ भारतको रुपैडिहा नाकाबाट नेपालगन्ज हुँदै आउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा अफिमको मूल्य प्रतिकेजी १ करोड रुपैयाँसम्म पर्दछ ।   यता, आर्थिक वर्ष ०६९÷०७० को ६ महिनामै बाँकेमा लागुपदार्थ कारोबारमा संलग्न ४५ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षको भन्दा यो बर्षको बराबरी संख्या हो । यस अवधिमा पक्राउ परेकाबाट ८३ ग्राम ४ सय ५ मिलिग्राम ब्राउनसुगर, सात किलो ८ सय ग्राम चरेस र ३ किलो ८ सय ५० ग्राम चरेस प्रहरीले बरामद भएको छ ।   तथ्यांक हेर्ने हो भने बाँकेमा पछिल्लो समय लागुपदार्थ तस्करको ट्रान्जिट प्वाइन्टका रुपमा स्थापना हुँदै गएको छ । आर्थिक २०६७÷०६८ को तुलनामा पक्राउ पर्नेको संख्या दोब्बरले बढेको छ भने बरामद लागुपदार्थको परिमाणमा भने केही कमी देखिएको छ ।    आर्थिक २०६७÷०६८ मा पक्राउ परेका ३९ जनाबाट ६८ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर, ७३ किलो चरेस, ५० ग्राम गाँजा बरामद भएको छ । तर २०६८÷०६९ मा दोब्बर १ सय जना पक्राउ परेका छन् भने उनीहरुको साथबाट २ सय ७३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर, ४३ किलो ३ सय ५० ग्राम अफिम र ५१ किलो ६ सय ग्राम चरेस बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक २०६७÷०६८ मा भन्दा यता लागुपदार्थ कारोबारीको संख्या दोब्बरले वृद्वि भइरहेको छ । तथ्यांक अनुसार २०६७÷०६८ मा ७ जना, २०६८÷०६९ मा ११ जना र २०६९÷०७० को ६ महिनाको अवधिमा ४ जना  महिला पक्राउ परेका छन् । लागुपदार्थ कारोबारीमा धेरैजसो युवा रहेको तथ्यांकले जनाएको छ ।   

Posted on: 2013-Oct-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar