29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

परलोकतन्त्र मुर्दावाद

10 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

सन २००२ का शान्ति नोवेल पुरस्कारका  विजेता तथा दि हार्नेस्ट नेस्ट उपन्यासका लेखक पूर्व अमेरिकी  रापष्ट्रपति जिम्मी कार्टरले लेखेका  र पत्रकार सामु पनि भनेका थिए म हवाइट हाउस छोडेपछि मात्र जीवनमै पहिलो पटक  सबैभन्दा राम्रोसँग रमाएको छु । आफै त नपढने र अरुले कान भरेको कुरा मात्र सुन्ने हाम्रा नेताहरुलाई कसैले कार्टरको सो कुरा सुनाइदियो भने कार्टरलाई संसारको सबैभन्दा मूर्ख मान्छे ठान्दै मरीमरी हास्दा हुन । लोकतन्त्र होइन मुलुकमा यतिबेला पुरै परलोकतन्त्र चलिरहेको छ । हाम्रा नेता, दल, बुद्धिजीवी सारा परचक्रीबाट सञ्चालित रहेको सबैले आफूबाहेक अर्कालाई पुष्टि गरिरहेका छन । सबैले अर्कालाई त्यस्तो अखण्ड आरोप लगाइरहँदा सबै नै त्यस रगीदले दलदलमा भासिएको पुष्टि हुन्छ ।

हामी किन यसरी परचक्री पाउमा लम्पसार पर्दै गयौ ? सबै भन्दा पहिला त्यसतर्फ सोचौं ।

नेपाल मात्र संसारमा यस्तो देश हो जहाँ विदेशी राजदूतहरु देशभर विना कुनै सन्देह दौडाहामा सरकारलाई नै जानकारी नभई निस्किरहन्छन । अन्तरिम संविधानमा लेखिएको देशभर आवत जावत गर्न सबै नागरिक स्वतन्त्र छन भन्ने कुरा विदेशी राजदूतहरुका हकमा मात्र लागु भएजस्तो छ । संविधानमा त्यो स्वतन्त्रता हुदा हुदै कहा छ र जनताका लागि त्यो स्वतन्त्रता व्यवहारमा ? के स्वतन्त्रतापूर्वक शान्तिका साथ हामी हिँढन पाएका छौं मेचीदेखि महाकालीसम्म ? तर हामीकहाँ कुन राजदूत कतिबेला कहाँ पुगेको हुन्छ र कुन राजनीतिक दल वा आफनै देशको जासुसी संगठत विस्तार  गरिरहेको हुन्छ कसैलाई थाहा हुन्न ।

वास्तवमा नेपालका सञ्चारमाध्यम नेपालमा सबैभन्दा बढी गैरजिम्मेवार बने यो मामिलामा । अन्य मुलुकमा विदेशी राजदूतलाई सम्बन्धित देशको एउटा सामान्य कर्मचारी सरहको मात्र थान्कोमा राखेर सञ्चारमाध्यमले व्यवहार गर्छन र नै उनीहरुको कुनै स्थान सञ्चारमाध्यममा देखिदैन । उनीहरुको पछिपछि सञ्चारकर्मीहरु दौडिएर पुग्दैनन ,। तर हामीकहाँ सञ्चारमाध्यमले नै बढी महत्व दिएका कारण पनि उनीहरुको मनोवल बढेको छ । वास्तवमा विदेशी राजदूतहरुसँग हाम्रा नेता के भन्छन उनीहरुको विचार के रैछ भनेरसम्म सोध्नु पर्ने अवस्थाले हाम्रो परलोकतन्त्रको दुखदायी चित्र प्रस्तुत गर्छ । त्यो सञ्चारमाध्यमबाट भित्रिने आमन्त्रित हस्तक्षेपको पहिलो खुडकिलो हो । यो समयमा सबैभन्दा बढी र पहिलो भूमिका सञ्चारकर्मीले नै खेल्नुपर्छ । विदेशी बहिष्कार अभियानको पहिलो अध्याय सञ्चारकर्मीले नै शुरु गनुपर्छ । शहीदको बलीदानीको सबैभन्दा बढी सम्मान गर्ने सञ्चार क्षेत्रले समेत यो पनि बिर्सीरहेको छ कि हामी नघोके पनि हुने पाढ घोकिरहेका छौं र पढनै पर्ने पाठ चाहिँ बिर्सिरहेका छौं ।

हो, शहीद गंगालालले घरमा उनका शिक्षक पिताले यो विग्रन लाग्यो पढाइ नै छोडन लाग्यो भनेर चिन्ता गरेपछि विद्रोहका क्रममा भूमिगत बनेका गंगालालले  घरमा चिठी लेखेका थिए –

बा, तपाइको आज्ञा पालन गरेर बसूला भन्ने लागेको थियो तर सकिन, म सक्तिनँ पनि। ऋाज रातभर निद्रा परेन विर्से पनि हुने पाठ म घोकिरहेको छु । र सम्झसनै पर्ने पाठ चाहि मैले विर्सन आटेछु । आफनो पेटको अग्निलाई आफनै रगतले निभाइरहेका भोका अगणित भाइहरुका पहेला मुखसित डराएर आखा चिम्लिन आटेछु । अन्तष्करणबाट आगो रुमल्लिएर आयो, के के असहय भयो म सहन असमर्थ छु । जता ततै कोलाहलको ज्वाला देख्छु आफै म सल्कन लागेको छु । मलाई त्यो निभाएर मर्न दिनुस । तपाइ पिता हुनुहुन्छ तर हामी सबैको जन्मभूमि आमाप्रतिको हाम्रो कर्तव्यमा तपाइको आज्ञाले चुपचाप राष्टको पाप बोक्न सक्तिनँ । अव मेरो माया मारिदनुहोस । मेरा अरु भाइहरु छँदैछन । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला, भन्ने देशभक्त पुत्र गंगालालको निेवदन छ । अत्याचार र अन्यायको विरुद्ध लडदै म देशलाई ढाल थापेर बचाउँछु ।

–बालक पुत्र गंगालाको दण्डवत । 

हामीले पढनै पर्ने पाठ अझै पनि यही हो । हामी अझै पनि भीमसेन थापाको  पतनका कारणहरु र राणा शासनको उदयका कारणहरु पढिरहेका छौं । तर हामीकहाँ जतिसुकै ती पाढहरु पढिरहे पनि भीमसेन थापाको  पतन हुने र जंगवहादुरहरुको उदय हुने क्रम जारी नै रहेको छ ।

बढो मजाले पेरु पढछन पढाउँछन हाम्रा नेताहरु तर सम्झना आउँदैछ पेरुका उपराष्ट्रपति राल दियज कान्सेकोले महिला संलग्नताबारे जनगुनासो सुनिन थाल्ने वित्तिकै पत्रकार सम्मेलन नै गरेर जनतासँग क्षमा याचना गर्दै उप्रान्त त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरेको घटना । तर, हाम्रा नेताहरु आजीवन गरेका गल्तीको माफी एक पटक पनि माग्दैनन जनतासँग ।

लोकतन्त्रसँगको हाम्रा नेताहरुको सम्बन्ध एउटी कुपोषित तर स्लीम सुन्दरीसँग एउटा मस्त स्वस्थ्य मुस्तण्डेको प्रेम र दाम्पत्य सम्बन्धजस्तो भयो त्यो पनि पाश्चात्य पाराको एकदमै भद्दा अश्लील जो सम्बन्ध पटक पटक विच्छेद हुन्छ र पुन गासिन्छ । कुनै लाज सरम घिन छैन । कुपोषित स्लीम सुन्दरीसँग भएको अन्य सम्बन्धले उनी तत्कालै विरामी पर्छिन । र परलोक हुन्छिन । यो परलोकतन्त्र हामी भोगिरहेका छौ हाम्रा नेताहरुबाट । ००७ साल, ०१७ साल ०४६ ०६२ साल पटक पटक हाम्रो पारपाचुके र पुन सम्बन्ध भयो यो लोकतन्त्र भन्ने स्लीम सुन्दरीसँग हाम्रा अश्लील नेताहरुको ।

विं. सं. १८७२मा पंण्डित उदयानन्द अज्र्यालले लेख्नुभएको थियो बेताल पचिसी अडको कथा संग्रह (जुन अंग्रेजी , हिन्दी,  उर्दु नेपाली र नेवारी भाषा समेतमा प्रकाशित छ । )मा  एउटा भिनाजु, सालो, रा दिदी बाटोमा यात्रारत रहँदा देवीको मन्दिरमा भावविभोर भइ भिनाजु आफै सेरिएर बलि चढे । भाइ र पतिको त्यो अवस्थाबाट पत्नीले आत्महत्या गर्न लाग्दा देवी प्रकट भएर सहानुभुति राख्दै पति र भाइको दुवैको शरीरमा शिर जोडन लगाइन । अत्यन्त खुसी भएर उनले दुवैको शरीरमा टाउको जोडदा भाइको शरीरमा पतिको टाउको र पतिको शरीरमा भाइको टाउको जोडन पुगिन । दुवै जागृत भए तर हिजोसम्म पतिको शरीर जुन त्यस त्यो शरीरमा आज भाइको मस्तिष्क र भाइको शरीरमा पतिको मस्तिष्क भएर व्युँझियो । अब कुन शरीरलाई भाइ मान्ने र कुनलाई आफनो पति मान्ने ? हामी त्यही हदको किंकर्तव्यविमूढ बनेका छौं । हाम्रो संविधान लेख्छु भनेर नलेख्ने सहमति गरिरहेकाहरुलाई के गर्ने भनेर । यो जे भइरहेछ यिनीहरु आफनै बुद्धिले भन्दा पनि परचक्रीकोहरुको बुद्धिमा चलेका कारण भइरहेछ । किनकी हामी लोकतन्त्र होइन इतिहासमै सबैभन्दा बढी परलोकतन्त्र भोगिरहेका छौं । फेरि पनि यो किंकर्तव्यविमूढतामा यति भन्नैपर्छ यो परलोकतन्त्र मूर्दावाद । वास्तविक लोकतन्त्र चाहिँ जिन्दावाद ।

swagatpal@yahoo.com


Posted on: 2013-Oct-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar