30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सहरीकरणले घाँस बिक्न छाड्यो

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  हुङ्कार सम्वाददाता/बाँके दिनभरि घुमेर गाँउभरि खोजेको घाँस बेच्न साँझ ८ बजेसम्म बस्दा पनि फूलमती घसियाराले एक दिन आफ्नो घाँस बेच्न सकिनन् । बेच्न मण्डीमा बसेको केही छिनमै सकिने उनको घाँस हिजोआज नबिकेको देख्दा उनी छक्क छिन् ।  पुख्र्यौली पेसा घाँस बेच्ने भएको घसियारा समुदाय अहिले संकटमा छ । दिनभरि खोजेर ल्याएको घाँस बिक्री नहुनाले उनीहरूमा आर्थिक अभाव बढ्दो छ । बढ्दो सहरीकरणले घाँस पाइने ठाउँको अभाव हँुदैछ । नेपालगन्जमा गुड्ने टाँगालाई रिक्सा, माइक्रोबस र विक्रम टेम्पोले विस्थापित गरेकाले घोडाको संख्या दिनप्रतिदिन घट्दैछ । यसले घसियारा समुदायलाई पेसा परिवर्तन गराउन बाध्य बनाउँदैछ । तर उनीहरूसँग पेसा परिवर्तन गर्ने विकल्प पनि छैन ।  आदिवासी मधेसी समुदायअर्न्तर्गत पर्ने घसियारा समुदाय बाँके जिल्लाको नेपालगन्ज नगरपालिका-११ र १७ घसियाराटोलमा करिब पाँच दर्जन घरधुरीमा बसोवास गर्दछन् । सहरमा बस्ने भए पनि यो समुदायको शिक्षा, स्वास्थ्य, सरसफाइको स्थिति अत्यन्त नाजुक छ । नेपालगन्ज नगरपालिकाले यो समुदायका बालबालिकाको स्याहारसुसारका लागि शिशु स्याहार केन्द्र खोलिदिए पनि अभिभावक बालबालिकालाई पठाउन मन गर्दैनन् । घसियाराका कुनै घरमा शौचालय छैन । उनीहरू सडक किनारको खुला नालीमा दिसापिसाब गर्छन् ।    प्लान नेपाल र नेपालगन्ज नगरपालिकाले तीन वर्षघि दर्ुइवटा शौचालय बनाइदिए पनि शौचालयमा दिसापिसाब गर्ने बानी भने घसियारा समुदायमा बस्न सकेको छैन । एकाबिहानै नालीको डिलमा लहरै बसेर दिसापिसाब गर्न उनीहरू कुनै संकोच मान्दैनन् । यो समुदायका महिलाहरू दिनभरि घाँस खोजेर बेलुका बेच्ने गर्छन् । पहिले उनीहरू सडक किनारमा घाँसका थुप्रा राखेर बस्थे । तर पछिल्लो समयमा गाउँ नगर साझेदारी विकास कार्यक्रमले घाँसमण्डी बनाइदिएपछि त्यहीबाट उनीहरू घाँस बेच्ने गर्छन् ।   'बेलुका यही ठाँउमा घाँसको किनबेच हुन्छ । एक दिनमा १०० देखि १५० रुपियाँसम्म घाँस बिक्री हुन्छ । दिनभरि कमाएको रकमले पुरुषहरू रक्सी खान्छन् र थोरै घर खर्चका लागि प्रयोग गर्छन् । त्यसैले महिलाको घर सञ्चालनमा जिम्मेवारी बढी हुने गर्छ,' घाँस बिक्री गर्दै गरेकी फूलमतीले भनिन् । घसियारा समुदायका अघिकांश पुरुष र महिलालाई विभिन्न संघसंस्थाले सीपमूलक तालिम उपलब्ध गराएका छन्, तर उनीहरूले व्यवसाय परिर्वतन गर्ने कुनै सोचाइ नै राखेका छैनन् ।    तालिम लिएकामध्ये तीनजनाले किराना पसल र एकजनाले सिलाइकटाइको व्यवसाय सुरु गरेका छन् । अर्को छुट्टै व्यवसाय सञ्चालन गर्नेलाई ऋण सहयोग दिन विभिन्न वित्तीय कारोबार गर्ने र सामाजिक संस्था त्ायार छन् । तर ऋण लिएर छुट्टै कारोबार गर्नुभन्दा दिनभरि टाढासम्म गएर घाँस खोजेर ल्याउनमा नै यस समुदायका महिला आनन्द मान्छन् । घाँस बिक्री नभएको दिन उनीहरूलाई दुःख लाग्छ । भोलिपल्ट फेरि अघिल्लो दिनको दुःख बिर्सन्छन् र पुरानै दैनिकी दोहोर्‍याउँछन् । विभिन्न संघसंस्थाले घसियारा समुदायमाथि लगानी गरिरहे पनि त्यो बालुवामा पानी सरह भएको छ ।    उनीहरूमा कुनै परिर्वतन देखिएको छैन । शिक्षा, स्वास्थ, सरसफाइलगायत विभिन्न विषयमा घसियारा समुदायले पाएको तालिमको कुनै प्रतिफल देखिँदैन । 'आफ्नो जीवन गुजार्नकै लागि उनीहरूलाई दिनभरि घाँस काट्नुपर्ने बाध्यता छ । बाबुबाजेको पालादेखि चलिआएको पेसा छोड्न पनि गाह्रो छ । अर्को कुनै विकल्प पनि हामीसँग छैन,' घसियारा मिरोजले भने । दिनभरि घाँस काटेर आफ्नो पेट पाल्नु उनीहरूको बाध्यता हो ।  'हाम्रा बालबालिका विद्यालय जाँदैनन् । घाँस काट्ने पेसामा आमाबाबुलाई सहयोग नगरे साँझ बिहानको छाक र्टार्न पनि मुस्किल पर्छ । त्यसैले पढाइमा भन्दा घाँस काट्ने पेसामा सहयोग गर्ने भएकाले हाम्रा छोराछोरी विद्यालय जाँदैनन्,' फूलमतीले भनिन् । घसियार इन्सान र्राई भन्छन्, 'घसियाराहरूको न त जमिन छ न सम्पत्ति नै, हाम्रो पेसा नै घाँस काटेर आएको पैसाले जीविकोपार्जन गर्ने हो । बिहान घाँस काट्नका लागि दैनिक १०/१२ किलोमिटर टाढासम्म जानर्ुपर्छ ।'   आफूलाई बालबालिकाहरूले सघाउनुपर्ने बाध्यताले गर्दा पनि अभिभावकहरू बालबालिकालाई विद्यालय पठाउँदैनन् । घसियार टोलमा करिब एक सयको संख्यामा बालबालिकाहरू रहेका छन् । उनीहरू विद्यालय नगएर अभिभावकलाई काममा सघाएर बस्छन् । सरकारले सन् २०१५ सम्ममा साक्षर नेपाल बनाउने सरकारको उद्देश्य राखेको छ । तर यी बालबालिकाहरूको अवस्थाले भने त्यो उद्देश्यलाई चुनौती दिइरहेको छ ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar