18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

करा“तेका संस्थापक थानेश्वर

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सितोरियोमा नयाँ जोगीहरू सल्बलाउँदै ः केशवसिंह ठकुरी के.बी. जि.सी., काठमाडौं कुनै जमानामा न्ोपाल दक्षिण एसियामा कराँतेको हेड क्वार्टर नै थियो । नेपाली प्रशिक्षकहरू भ्ाारत, बंगलादेश, श्रीलंका र पाकिस्तानमा गएर कराँते सिकाउन र बेल्ड ग्रेडिङ गर्न जान्थे । कुनै जमाना थियो कराँते नेपालमा सितोरियोको नामले चिनिन्थ्यो । यतिमात्र होइन यसले मुलुकको साख पनि नामझै सानले जोगाएको थियो ।  मुलुकभर कराँतेको जगजगी थियो । कराँतेको नाममात्र होइन काम पनि राम्रै थियो । यसले आत्मरक्षामात्र होइन अन्त्ार्रर्ााट्रय स्पर्धामा देशको प्रतिष्ठामा पनि राम्रो परिणामसमेत ल्याएको थियो । आठौं दक्षिण एसियाली खेलकुदमा १४ स्वर्ण्र्ााजत्ने कराँतेले खेल क्षेत्रमा कायम गरेको दबदबा यतिखेर आपसी झगडा, तँछाडमछाड अनि व्यक्तिगत स्वार्थमा रुमल्लिन पुगेको छ । दक्षिण एसियाली मुलुकहरूमा अग्रणी स्थान ओगट्ने कराँते त्यसमाथि पनि सितोरियो कराँते यतिखेर ओरालो लाग्दैछ ।   तीन दशक अगाडि सितोरियो कराँतेमा भविष्य खोज्दै बरालिएका केशवसिंह ठकुरी यतिखेर गुरु, प्रशिक्षक हुँदै पदाधिकारीका रूपमा आसिन छन् । सितोरियोमा तीन दशक बिताएका यी अनुभवी गुरु यतिखेर निकै चिन्तित छन् कराँतेको भविष्यप्रति । ज्ाापानबाट सितोरियोको पाँचांै डन प्राप्त गरेको यी अनुभवी गुरु सितोरियोको वर्तमान चालाबाट सन्तुष्ट छैनन् । हिजोका दिनमा भारत, बंगलादेश र पाकिस्तान अनि भुटानजस्ता देशमा प्रशिक्षण गराएर फर्केका यी गुरु भने आफ्नै देशमा सितोरियो ओरालो झर्दा मन थाम्न नसकेको बताउँछन् ।   प्रतिबन्धित कालमा लुकेर सिकेको र खेलेको कला कसलाई प्यारो लाग्दैन होला । केशवले पनि यतिखेर मन थाम्न सकेनन् र भने, सितोरियो ओरालो लाग्दा पनि चुप लागेर बस्न सकिएन । कराँते यतिखेर छरपस्ट छरिन पुगेको छ । यतिखेर नेपाली सितोरियोमा कराँतेमा नयाँ जोगीहरू आफूलाई संस्थापक भनाउने प्रयासमा लागेका छन् । दर्ुइ चार वर्षकराँते खेलेर इतिहास मेटाउँछु भन्नेहरू दिउँसै सपना बोकेर खेलकुदमा देखिएका छन् । तर त्यो सपना पूरा नहुने ठकुरीको कथन छ । खरानी धस्दैमा जोगी बन्न सकिँदैन भन्ने उनीहरूलाई पत्तो नै छैन । संस्थापक थानेश्वर र्राई अमेरिका गएपछि नयाँ जोगीहरू तँछाडमछाड गर्दै सितोरियोको इतिहासलाई आफ्नो नाममा ढाल्ने दुष्प्रयास गर्दैछन् ।    कराँतेमा अनुशासन पहिलो प्राथमिकता बताउने केशव यतिखेर मार्सल आर्टभित्र अनुशासन गुम्दै गएको चिन्ता व्यक्त गर्छन् । आपसी खिचातानी र उचित व्यवस्थापनको अभावमा कराँते खेल र खेलाडी उँधो लाग्दै गरेको उनको ठहर छ । यहाँ खेल विकास गर्न हैन व्यक्ति विकास गर्न आएकाहरूले मार्सलआर्टलाई ठगीखाने भाँडो बनाएका छन्, केशवले आक्रोशित हँुदै भने । एक जमाना थियो, नेपालमा सितोरियोको आफ्नै सान र मान थियो, यतिखेर सितोरियो आरोलो झर्दैछ, केशवले भने । छरपष्ट रूपमा छताछुल्ल भएर खेलकुदभित्र छरिएका मार्सल आर्टले विगतको प्रतिष्ठालाई जोगाउन नसक्दा यो परिणाम देखिएको हो, उनले सुनाए । केशवले जसले जे भने पनि नेपालमा कराँंते भित्र्याउने देन दिएका थानेश्वर र्राई एकमात्र संस्थापक भएको बताए । उनले अगाडि भने, चेलाले गुरुको आदर गर्न जानेन भने भोलि उसलाई पनि अर्को चेलाले त्यसै गर्छ । अहिले कराँंतेभित्र देखिएको एउटा क्यान्सर हो यो अनुशानहीनता । सितोरियोले थानेश्वर बिर्सने हो भने भोलि अरु वरिष्ठ भनाउँदाहरूलाई पनि नयाँ पिँढीले भुल्नेछ यो कुरा कराँतेका जिम्मेवारहरूले बुझ्नु जरुरी छ, केशवले भावुक हुँदै भने ।    यतिखेर सितोरियाले थानेश्वरको नाम बिर्सन लागेकोमा उनी चिन्ता व्यक्त गर्छन्, यो भनेको बूढी मरी हैन काल पल्क्यो भन्ने डर हो, किनभने भोलि नयाँं पिँढीले हामीलाई पनि बिर्सने छन, केशवको कथन थियो । उनले कराँते सिस्टम भित्र चल्नर्ुपर्छ भन्ने आफ्नो मान्यता रहिआएको कारण संघभित्र मतमतान्तर बढेको बताए । व्यक्ति सम्पर्ूण्ा निर्ण्र्ाार्ता हुनुहुँदैन, समितिबाट निर्ण्र्ाागराएर लोकतान्त्रिक पद्धतिमा संघलाई अगाडि लानु पर्छ भन्ने मेरो मान्यता हो, केशवले भने । र केही साथीलाई यस्तो कुरा मन परेन होला त्यसैले अचेल म सितोरियो संघ जान अलि कम गरेको छु,, उनले बताए । पदाधिकारीको रडाकोले खेलाडीहरू म्ाारमा पर्नु हुँदैन भन्ने मेरा मान्यता हो, अहिले त्यस्तै हुन थालेको छ, यो नेपाली कराँतेको लागि राम्रो होइन, केशवको कथन थियो ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar