19 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भौतिक मन्त्रालयमा मन्त्री र सचिवको मनपरी

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भौतिक योजना, निर्माण तथा यातायात मन्त्री हृदयेश त्रिपाठी र भौतिक मन्त्रालयका सचिव तुलसी सिटौलाको मिलेमतोमा आर्थिक लुट मच्चाएको समाचार प्राप्त भएको छ । मन्त्रालयको सडक विभाग र यातायात व्यवस्था विभागमा आफू निकटका कर्मचारीहरूलाई राखी सचिवले रकम जोड्दै मन्त्री त्रिपाठीलाई खुसी पार्दै आएका छन । यातायातमा नयाँ लाइसेन्स, नवीकरण, गाडी दर्ता, नामसारीलगायतमा गरिएको लुटतन्त्रबाट मन्त्री समेतलाई रकम पुग्ने गरेको छ । यातायातका महानिर्देशक चन्द्रलाल श्रेष्ठकै निर्देशनमा आफूभन्दा तल्लो तहका कर्मचारीले कार्यालयमा खुलेआम पैसा माग्न लगाइएका कारण यातायात विभागमा एकछत्र मच्चिएको हो ।    सवारीको प्रदूषण जाँचपास गर्दा खुलेआम नै प्रतिगाडी एक हजारदेखि माथि रकम लिने गरेको बुझिएको छ । यातायात व्यवस्था विभाग अर्न्तगत रहेको एकान्तकुनाको प्रदूषण शाखामा कार्यरत शाखा प्रमुख दीपक देवकोटाले लामो समयदेखि एकछत्र राज गर्दै आएका छन् । मन्त्रालयका सचिवसँग राम्रो सम्बन्ध भएका देवकोटाले आफू अनुकूलका कर्मचारीहरूलाई संरक्षण गर्दै एकमुष्ठ रकम मन्त्रालयलाई बुझाउँदै आएको समाचार स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदादेखि नै सिटौलासँग राम्रो सम्बन्ध गाँसेका देवकोटा हाल आफू अनुकूलको सचिव मन्त्रालयमा रहेको भन्दै यातायातमा अन्य कर्मचारीलाई थर्काउने धम्क्याउनेजस्ता क्रियाकलाप गरेको एक पीडित कर्मचारीले बताए । त्यसैगरी मन्त्रालयको अर्को महत्वपर्ूण्ा आकर्ष विभाग सडक विभागमा पनि एकछत्र लुट मच्चाउन मन्त्री र सचिव निकटका केही कर्मचारीहरूलाई अगाडि सारिएको छ । मध्यपहाडी लोकमार्ग पर्ूवको जिम्मा बलराम मिश्रजस्ता घुस्याहालाई दिइएको छ भने मध्यपहाडी लोकमार्ग पश्चिमको जिम्मा उमेश आनन्द मिश्रलाई सुम्पिएको छ ।    काठमाडौं सडक सुधार आयोजनामा श्याम खरेललाई ल्याएर रकमसहित काम कुरो गर्न निर्देशन दिइएको छ । बढी बजेट भएका सडक डिभिजनहरूमा पनि चाकडी, चाप्लुसी र लामो हात गर्नेलाई जिम्मा लगाइएको छ । आकर्ष डिभिजन कार्यालयमा काठमाडौं, ललितपुर, धनुषालगायत पर्दछन् । यसरी मन्त्री त्रिपाठी र सचिव सिटौलाको सहमतिमा खुलेआम लुटतन्त्र मच्चिँदा पनि सम्बिन्धत निकायहरू बेखबर जस्तै छन  । सडक विभागको महानिर्देशक भइसकेका सचिव सिटौला अख्तियार हुँदै रेलवे विभाग बसी भाग्यमानी सचिवमा आफूलाई परिचित गराइसकेका छन् । त्यसो त पटकपटक मन्त्री भएका त्रिपाठी लेखा समितिमा बस्दासमेत रकमकै प्रभावमा काम गरेको सुन्न पाइन्थ्यो । सुन र सम्पत्ति अकुत भएका मन्त्रीका रूपमा परिचित त्रिपाठी मधेसी मन्त्रीमा अहिले प्रभावशाली मन्त्री समेत मानिन्छन् । आफू भएपछि कुनै पनि चिन्ता नगरी रकमको चाँजोपाँजो मिलाउन सचिव सिटौलालाई ठाडो निर्देशन दिएका कारण उनले खुलेआम रूपमा महाप्रबन्धक, आयोजना प्रमुख, सडक डिभिजन प्रमुखहरूसँग खुलेआम रकमलगायतको मोलमोलाई गर्ने गरेको समाचार स्रोतले बताएको छ ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar