19 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लघु-जलविद्युत्मा महिलाहरू अग्रसर

26 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
हुङ्कार सम्वाददाता/ बझाङ जिल्ल्ााको उत्तरी भेगमा रहेको विकट गाविस रिलुका महिलाहरू बिजुली बाल्न अग्रसर भएका छन् । विभिन्न गैरसरकारी संस्थाहरूले स्थानीय खोला तल्लो रिलुगाडबाट विद्युत् उत्पादन गर्न सहयोग गर्ने भएपछि महिलाहरू नै निर्माण कार्यमा सक्रिय भएका हुन् । मैनबत्तीको सहारा लिइरहेका त्यस क्षेत्रका बासिन्दाहरू बिजुली बाल्न पाउने भएपछि स-साना बालबच्चा, गाईगोरू स्याहार गर्न छोडेर विद्युत् निर्माणको सामान ओसारपोसारको लागि दैनिक ६०-७० जना महिलाहरू सदरमुकाम सम्म आउने गरेका रिलुगाड लघुजलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष रामबहादुर रोकायाले बताए ।    बिजुली नहुनाले सामान्य फोटोकपी गर्नसमेत करिब ५ घण्टा हिँडेर सदरमुकाम पुग्नुपर्ने, आफ्ना बालबच्चाहरूले राति किताब पढ्दा टुकी र झरोको सहारा लिनुपरेको र राति काम गर्नसमेत निकै समस्या भोग्नुपरेको रिलु ६ की चैतीदेवी बोहराले बताइन् । "बिजुली नहँुदाको पीडा सबैभन्दा बढी महिला र स्कुल जाने केटाकेटीले भोग्नुपरेको छ" उनले भनिन् "त्यसैले पनि बिजुली बाल्नका लागि घरमा दूधेबालक छोडेर महिलाहरू काममा आएका हौं " विद्युत् निर्माण भएपछि यस्ता समस्याबाट छुटकारा पाउने आशासमेत उनले व्यक्त गरिन् ।    उच्च पहाडी गरिबी निवारण आयोजना, ग्राामीण जलस्रोत परियोजना, रिलु गाविस र सप्रोस नेपालको आर्थिक सहयोग ८७ लाख तथा जनश्रमदान  ४० लाख गरी एक करोड २७ लाखको कुल लागतमा निर्माण हुन लागेको तल्लो रिलुगाडको उत्पादन क्षमता २२ किलोवाट रहेको छ । यस लघुजलविद्युत् आयोजनाको निर्माणपश्चात् रिलु गाविसका ५, ६, ७  र ८ नम्बर वडाका  झन्डै तीन सय ५० घरधुरीहरू लाभान्वित हुने भएका छन् । विद्युत् निर्माण भएपछि यस ठाउँका बासिन्दाको आर्थिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार आउने आशा गरिएको गाविससचिव जनकराज जोशीले बताए । २०६६ असारमा सुरु गरिएको यो लघुजलविद्युत् आयोजनाको निर्माणकार्य  २०६९ चैत्रसम्म्ा पूरा गर्ने निर्माण समितिको लक्ष्य रहेको छ ।  

Posted on: 2013-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar