29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

वीरेन्द्र हत्याकाण्ड र ६७ औं जन्मदिन

25 - Feb-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  अर्जुन ज्ञवाली ने पाली इतिहासको दुःखान्त र पीडादायी घटना २०५८ साल जेठ १९ मा शाही नेपाली सेनाको सुरक्षा घेराभित्र राजा वीरेन्द्रसहित समूल परिवारको हत्या गरियो । यही पुस १४ गते राष्ट्रवादी, देशभक्त, राजा वीरेन्द्रको ६७औं जन्मदिन दरबार हत्याकाण्डको ११ वर्ष  । ऐतिहासिक अत्यन्त नर्मम र कठोर हुन्छ । आजसम्म आइपुग्दा षड्यन्त्रका धेरै पाटाहरू खुलेका छन् र अझ खुल्न बाँकी छ ।  आजसम्म आइपुग्दा षड्यन्त्रका धेरै पाटाहरू खुलेका छन् र अझ खुल्न बाँकी छ ।    ९५ हजार ७ सय ५२ सेनाका परमाधिपतिको  हत्या हुँदा त्यसको जिम्मा न सेनाले लिन्छ न सरकारले ? कस्तो विडम्बना । दक्षिणपन्थीहरू युवराज दीपेन्द्रको प्रपोगण्डा गर्दछन् भने उग्रवामपन्थीहरू ज्ञानेन्द्रको तर सुरक्षा षड्यन्त्रलाई पूरै ढाकछोप गर्दै गोयबल्स प्रपोगण्डा गरिन्छ । सडकमा रक्तकुण्ड, पर्दाफास, संकटमा चन्द्रसूर्यजस्ता गोयबल्सकरण मार्फत सेना र प्रहरको उच्च नेतृत्व र चेन अफ कमाण्डको घूसपैठलाई ढाकछोप गरिन्छ ।   अन्तराष्ट्रिय रूपमा साम्राज्यवादी स्वार्थ थियो नै । तर मुख्य भूमिका आन्तरिक नै हो । सेनाको घुसपैठबिना सेनाकै घेराभित्र त्यत्रो हत्याकाण्ड हुँदा सुरक्षा पहरामा रहेको सेना के हेरिरहेकोथियो ? आफैमा प्रश्न चिन्ह खडा छैन र ? रोल्पाको होलेरी जहाँ २०५८ सालमा ७१ प्रहरी अपहरणमा परे सेनाले घेराबन्दी ग¥यो  तर यू आकार घेरा भन्दै सम्पूर्ण नेतृत्वले छोडिदियो । होलेरीदेखि दिल्लीसम्म आतंककारी घोषणा गरिएका पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, सी.पी. गजुरेलहरू सुरक्षित हुने सेनाको पहराभित्र राजा वीरेन्द्र सुरक्षित नहुने ? आफैंमा रहस्यमय छैन र ?   पछिल्लो समय जमिम साहदेखि सर्वोच्चका न्यायाधीश रणबहादुर बमसम्मको हत्या नेपाल प्रहरीको चेन अफ कमान्डको संलग्नता बिना सम्भव छ ? हत्या राष्ट्र किन सहजै उम्कन्छन् ? अनि पत्रकारिताको आवरणका सी.आई.डी. अगाडि सारेर छोटा राजनजस्ता अन्डरवल्र्डसँग जोड्ने र प्रहरीको संलग्नता ढाक्ने ?   भारतको जासुसी संस्था ‘रअ’ का पूर्वप्रमुख पी.के. हर्मिज थाराकनले आधिकारिक रूपमै ऐ.ने.क.पा. माओवादी अध्यक्ष दाहाल र भट्टराईको ‘रअ’ देखि प्रो पश्चिमा साम्राज्यवाद समर्थक भा.ज.पा.सम्म रहेको युद्धकालीन गोप्य सम्बन्ध थप पुष्टि गरी दिएका छन् । २०५८ साल जेठ १९ को दरबारहत्याकाण्ड हुनुभन्दा ७ महिना पहिल्यै प्रत्यक्ष सम्पर्कमा रहेका दाहाल र हत्याकाण्डपछि सन् २००२ मा लिखित सम्झौता गरेका दाहाल÷भट्टराई नेपालको राजदरबार हत्याकाण्डमा संलग्न रहेको स्वयं थाराकनको खुलासाबाट नै पूर्णरुपमा पुष्टि भएको छ । पी.के. हर्मिज उनै अधिकारी हुन् जो नेपालको राजदरबार हत्याकाण्डको समयमा काठमाडांैको भारतीय दूतावासमा थिए ।    दरबार हत्याकाण्डपछि उनी ‘रअ’ को प्रमुख बने । उनै प्रचण्ड जसले राजा वीरेन्द्र र मदन भण्डारीको हत्या भारतले गरेको भन्दै खुला भाषण गरे । बाबुरामले ‘रअ’ र सी.आई.ए.ले गराएको भन्दै लेख लेखे । एकातर्फ उग्रराष्ट्रवादी आवरणमा राजा वीरेन्द्रलाई जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रजातान्त्रिक शक्तिबीच अविश्वास सिर्जना गराउने र राष्ट्रवादीहरूलाई भ्रममा पार्ने अर्कोतर्फ सी.आई.ए. को ग्राइन्ड डिजाइनमा ‘रअ’ मार्फत नेपाललाई केन्द्र बनाएर चीनविरुद्ध केन्द्रित इन्डोपश्चिमा केन्द्र विस्तारसाथ सत्ताकब्जाको रणनीति थियो भन्ने प्रष्ट्याएको छ । यसबाट पूर्व सैनिक सचिव विवेक शाहले मैले देखेको दरबारमा जसमा माओवादीले देहरादुनको चक्राटामा तालिम लिएको कुरालाई पनि आधिकारिक रुपमै पुष्टि गरेको छ । विवेकको पुस्तकको मूल सन्देशले पनि दरबार हत्याकाण्ड पनि सुनियोजित षड्यन्त्र थियो भन्ने स्पष्ट हुन्छ । त्यतिमात्र होइन छिमेकमा आतंकवादको प्रभाव आरोप लगाउने भारतको ‘रअ’ नै दक्षिण एसियामा भारतलाई आतंकवादको टान्सबोर्डर  केन्द्र बनाउन लागि परेको पनि स्पष्ट भएको छ । भारतको कट्टरदक्षिणपंथी भा.ज.पा. जो सारमा चीन विरोधी त्यो हिन्दु सम्राट्को रूपमा राजालाई उकास्ने योजना थियो भन्ने प्रष्ट गरेको छ । सूचनाको बहुकेन्द्र वैदेशिक जासुसी संस्थाको प्रमुख भइसकेका थाराकनले नै एक्सपोज गर्नुले स्वयं भारत पूर्ण असफल रहेको कुराको आफैंमा भएको पाइन्छ ।    राजा ज्ञानेन्द्रको भारत भ्रमण  २०५८ साल असोज १८ पछि गठन भएको लोकेन्द्रबहादुर चन्दको सरकार विस्थापन पूर्वराजाको भारत भ्रमण र भा.ज.पा. को सल्लाहमा सूर्यबहादुर थापा सरकारको गठन भएको भन्ने भनाइ छ । जसमार्फत वीरगन्जमा महावाणिज्य दूतावास सोल्जरबोर्ड चिनियाँ बोर्डरनजिक विस्तार, भारतीय, राजदूतलाई वार्षिक तीन अरब प्रत्यक्ष बाँड्ने छुट दिइयो । एमाले देउवा सरकारको समयमा नेपाली सेनाको भारतीय सेनाको जस्तै पोसाक पनि परिवर्तन गरियो जुन समयमा प्रधानसेनापति प्यारजंग थापा थिए । आतंकवाद नियन्त्रणमा एकातर्फ शाही नेपाली सेनाको त्यतिवेला पोसाक एउटै बनाउनुको रहस्य जसमार्फत भारतीय गोरखा सेना (जसको नेपालीसँग वर्ण मिल्छ) लाई नेपाली सेनाको ब्यानरमै प्रवेश गर्ने र अखडा बनाउने दोहोरो रणनीति रहेछ भन्ने प्रष्ट भएको छ, र अर्कोतर्फ भारतीय सेना रुपन्देहीको सालझन्डीमा प्रवेश गरे । तत्कालीन चिनियाँ राजदूत सुनहेपिङले नेपाल सरकारसंग कडा आपत्ति जनाएपछि भारतीय सेना फिर्ता भयो र भारत सरकारको तर्फबाट विदेशमन्त्री यशवन्त सिन्हाले नेपाललाई अरु सहयोग गर्ने सेनानै प्रवेश नगर्ने भन्दै वक्तव्य दिए । यसबाट स्पष्ट भएको छ पश्चिमा नीति भा.ज.पा. (जो सरकारमा थियो) र ‘रअ’ मार्फत एकातर्फ दाहाल भट्टराई अर्कोतर्फ नेपाली सेना र दरबार दुवैतर्फबाट खेलिएको थियो । एकातर्फ पशुपतिदेखि तिरुपतिसम्म रेडकोरिडोरको प्रपोगण्ड गर्ने र नेपालमा भारतीय सेना हुल्ने अर्कोतर्फ प्रचण्ड बाबुराममार्फत आतंक मच्याई आधारभूमि खडा गर्ने दोहोरो खेल प्रष्ट भएको छ । यता दरबार हत्याकाण्डपछि दरबारको सुरक्षा शाही नेपाली सेनाको होइन ।    दरबारको छुट्टै शाही बाहिनी गण रहेको वक्तव्य तत्कालीन प्रधानसेनापति प्रज्वलशमसेर राणाले दिनु गैरजिम्मेवारीको पराकाष्टा थियो । अर्कोतर्फ हत्याकाण्डपछि दरवारको सेना दाङ मंगलसेन, सोलु, सल्लेरी, अर्घाखाँची, बेनी, जहाँजहाँ सरुवा गरियो । त्यहीत्यही माओवादीद्वारा हमला गराउँदै हत्या गराइएको भनाइ छ । यो पनि योजनाबद्ध रूपकै शृंखला भएको स्पष्ट हुन आउँछ । यसबाट नेपालको राजदरबार हत्याकाण्डमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईको पूर्ण संलग्नता थियो भन्ने कुरा पुष्टि भएको  छ । दरबार हत्याकाण्डका सबै प्रमाण नष्ट गर्ने क्रममा घोर दक्षिणपंथी र दाहाल÷ भट्टराई एउटै केन्द्रमा थिए भन्ने पुष्टि भएको छ । भा.क.पा. माओवादी नेतृत्वसँग दाहाल र भट्टराईको कहिले पनि सीघा सम्पर्क नराखेको र भारतभित्रका पश्चिमा समर्थक एस.डी. मुनि, आनन्द स्वरूप बर्मा, स्वामी अग्निवेश जस्ताहरूसँग मात्र सम्बन्ध रहनु आफैंमा रहस्यमय थियो नै ।      किन खुल्यो रहस्य  यतिबेला आएर ‘रअ’  कै पूर्वप्रमुखमार्फत यी रहस्यहरूलाई किन खुलासा गरियो ? यहाँनेर प्रश्नचिन्ह खडा छ । जसरी इन्दिरा गान्धीको हत्यापछि पश्चिमाहरूलाई खालिस्तान विद्रोहको औंचित्य रहेन, राजीव गान्धीको हत्यापछि तमिलको औचित्य नरहे जस्तै, दरबार हत्याकाण्ड, राजतन्त्रको विस्थापन, धर्मनिरपेक्षता र ख्रिष्टानीकरण पछि अब इन्डो सी.आई. ए. लवीलाई दाहाल÷ भट्टराईको औचित्य सकिएको हुनसक्छ । खासगरी क. किरणले माओवादी पुनर्गठन गरेपछि अब उसका लागि कुनै औंचित्य नरहनु अस्वाभाविक होइन । आफैंमा इसाई धर्मका अनुयायी थाराकनको खुलासाबाट नेपाललाई भारतीय ब्यानरमार्फत पश्चिमाहरूको केन्द्र निर्माणसाथ, दक्षिण कोरिया, अफगानिस्तान जस्तो रणनीतिक स्थलबनाउने प्रयत्नको बृहत् रणनीति अन्तर्गतको षड्यन्त्र कति खतरनाक थियो भन्ने कुराहरूको  थप पाटाहरू अझै खुल्न बाँकी छन् ।      सेनाले नबुझेको सेना र दरबार    दाहाल÷भट्टराई मुनी र थाराकन सम्बन्धमा क. किरणले नबुझेको जनयुद्धजस्तै सेनाको उच्च नेतृत्वको षड्यन्त्र नबुझेको सेना र दरबार जनयुद्ध नबुझेका किरण जस्तै भन्दा अत्युक्ति हुनेछैन । व्रिटिस साम्राज्यको वफादार पात्रको रूपमा, उदय जंगबहादुर र २००७ सालपछि शाह राजाहरूले त्यही राणा परिवारमा सुरु गरेको वैवाहिक सम्बन्ध नै दरबारभित्रको पश्चिमा केन्द्र थियो । लामो समयदेखि शक्ति केन्द्रको रूपमा बकिङगम प्लेसको महेन्द्र मञ्जिल भित्र रहेको राणा परिवारको नेक्सस, वसुन्धरा र बारबरा एडम्स जसले पश्चिमीहरूको रणनीतिलाई सहयोग पु¥याए । यो घेरालाई क्रस गर्दै गएका राजा वीरेन्द्रको बढ्दो अन्तर्राष्ट्रिय प्रजातान्त्रिक, राष्ट्रवादी स्थिर छविका बीच नेपाललाई अस्थिर बनाउन सेना र दरबारभित्रकै पश्चिमावलीमार्फत दरबार हत्याकाण्ड गराइयो । दरबारको सुरक्षा सेनाको जिम्मा होइन भन्ने तत्कालीन सेनापति र दरबारका सेना सरुवा गरिएको ठाउँमा माओवादी हमला रहेको दाबी र भारतको चक्राटामा माओवादीलाई  तालिम सहयोग होइन नियोजित थियो भन्ने प्रष्ट भएको छ । भाइ धीरेन्द्रमार्फत राजा वीरेन्द्रलाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्ने माओवादी थियो । जसको खुलासा स्वयं दाहालले गरेका छन् । यही वार्ता प्रसंगलाई जोेडेर वीरेन्द्रसँग अघोेपित कार्यगत एकताको गोयबल्स प्रपोगण्डा गरियो ।    माक्र्सवादी पण्डा मोहनविक्रमले राजा परस्त भएको भन्दै अर्को प्रपोगण्डा  गरे । गद्दार पुष्पलाल प्रपोगण्डा गर्नेका लागि यो नयाँ कुरा थिएन ।  यस विषयमा राजा पक्कै अनभिज्ञ थिएनन् । सेना र दरबारभित्रको घोर दक्षिणपन्थी लवि र दाहाल भट्टराई इन्डो, सी.आई.ए. रणनीतिक एजेन्डा एकै सिक्काका दुई पाटा थिए । जसको कारण निर्वाचित सरकार र राजा वीरेन्द्रबीचको गहन छलफलमा सशस्त्र प्रहरी बल गठन भयो । जुन दरबार र सेनाभित्रको घोर दक्षिणपन्थी लविलाई मन परेको थिएन भने सहजै अनुमान गर्न सकिन्छ । माओवादीको प्रायोजित युद्धमा स्मरण रहोस् सशस्त्र प्रहरी बलसँग उसले कहीँ पनि जितेको थिएन । कृष्णमोहन श्रेष्ठको हत्या गर्दै एकातर्फ वार्ताको नाटक मञ्चन भयो भने अर्कोतर्फ सेनाभित्र कुमार फुदुङजस्ता मात्र होइन इन्डो, पश्चिमी बृहत् रणनीतिअन्र्तगत उच्च नेतृत्व, दाहाल÷भट्टराई र भारतभित्रको भाजपा र ‘रअ’ पश्चिमा रणनीतिक एजेन्डामा एउटै केन्द्रमा थिए । यसकारण २०६२÷०६३ को आन्दोलनको पृष्टभूमिमात्र होइन । कृष्णप्रसाद भट्टराई हराउ अभियानदेखि दरबार हत्याकाण्ड, मदन भण्डारी हत्या र माओवादी युद्धको उदयलाई समग्रमा उल्लेखित पृष्ठभमिबाटै हेर्नुपर्ने हुन्छ ।    रोल्पाको होलेरीमा ७१ जना प्रहरी माओवादी मार्फत अपहरण पर्दासमेत तत्कालीन सरकारको निर्णयलाई अस्वीकार गरेर सेनालाई यसको नेतृत्वले मूकदर्शक राख्नु के संयोगमात्र थियो ? गिरिजाजस्तो नेपालको इतिहासमा आरएनएसीको भ्रष्टाचार काण्डमा दुईदुई पटक बयान दिन जाने सत्ता र पैसाका लागि जे गर्न पनि तयार हुने नैतिकहीन प्रधानमन्त्रीले पनि नैतिकताको आधारमा राजीनामा दिए । २०६८ साल चैत्र २८ गते जनमुक्ति सेनाका क्याम्पमा मध्यरातमा दाहालको सहमतिमा डा. बाबुराम भट्टराईले सेना प्रयोग गरेर कब्जा गराए । यसबाट पुष्टि के भएको छ भने पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई जनमुक्ति सेनाको आवश्यकता इन्डो पश्चिमा रणनीतिमा वीरेन्द्र हत्याकाण्डका सबै प्रमाण नष्ट गर्न दरबारभित्र रहेका दुईवटा गणका सबैको सुनियोजित हत्या गर्ने अवस्थाको आवश्यकीय सर्तको रूपमा षड्यन्त्रको घेरासम्ममात्र थियो कि ? होलेरी घट्नापछि बढेको माओवादी मनोवल अत्यन्त खतरनाक थियो । पञ्चायत विरोधी संघर्षमा लामो समयदेखि संघर्षशील र स्थापित वैचारिक नेतृत्वको छानीछानी हत्या सुरु भयो । चाहे त्यो  मध्यक्षेत्रमा कांग्रेस कार्यकर्ता राममणि ज्ञवाली, आदित्य ज्ञवालीको हत्या होस् या पूर्वमा कृष्णप्रसाद सापकोटाजस्ता एमाले कार्यकर्ता रुकुममा हरिभक्त ओली, बर्दियाका गोविन्द पौडेलजस्ता इमानदार कार्यकर्ताको घाटी रेटीरेटी अमानवीय तवरले हत्या गरियो । नवकांग्रेस एमालेको रक्षा र पुरानाको हत्याको शृंखलाको तीव्रताका बीच राजाको माघ १९ को कदमले दल माओवादी १२बुँदे सम्झौताको अवस्था सिर्जना भयो ।  कोतपर्वपछि साम्राज्यवादको चंगुलमा रहेको सेना जतिसुकै राजाप्रति बफादार भने पनि सारमा त्यो थिएन भन्नेकुरा वि.स १९०३ को कोतपर्व, २०५८ जेठ १९ को दोस्रो महाकोतपर्व  दरबारहत्याकाण्ड र राजा ज्ञानेन्द्रको विस्थापनले पुष्टि गरेको छ । २०१७ सालको कदम फौजी थिएन राजनीतिनै थियो । पञ्चायत एउटा सिस्टम र प्रहरी आन्तरिक सुरक्षाको प्रमुख पार्ट थियो । राजा महेन्द्रले सिस्टममा विश्वास गरे सेनामा होइन । त्यस्तै राजा वीरेन्द्रले माओवादीको प्रयोजित द्वन्द्वमा पनि सशस्त्र प्रहरीबल निर्माणको योजनासाथ आएर सेनाको विश्वासमा भर परेनन् । यी विविध कारणले सेनाको सुरक्षा घेराभित्रै राजा वीरेन्द्रको हत्या भयो । जब हत्याकाण्ड पछि राजा ज्ञानेन्द्र आए माघ १९ को कदम सेनाको बलमा थियो । सेनाको पूर्ण विश्वास र गुप्तचर संयन्त्रको विश्वास वैचारिक नेतृत्वप्रतिको वेवास्ताको परिणाम अहिलेको अवस्था आयो । यहाँसम्मकि महेन्द्रकालीन अनुभवी राजनीतिज्ञहरू डा केशरजंग रायमाझी, राजेश्वर देवकोटाहरूसमेत घेराबन्दीमा परे । कुट सीआईए केन्द्रका मण्डलेको गिरोह जसले अन्ततः दरबार हत्याकाण्ड हुँदै माघ १९ संगै सडकमा पु¥याइदिए जुन घेरा अहिलेसम्म कायम छ । गणतन्त्रको रटान जतिसुकै लगाए पनि मालेउर्फ एमाले मसाले, उर्फ एमाओवादी र मण्डले जो सारमा तात्विक भिन्नता छेन ।     प्रपोगण्डाका दुई आयाम नेपालमा राजतन्त्र जरैबाट उखेल्दामात्र सनातन संस्कृति मेटाउंदै ख्रिष्टानिकरणको कार्ययोजना पुरा हुने आकलन थियो । राजकीय सत्ताको नेतृत्वमा यद्यपि युवराज भए पनि सोचै नबनाएका दीपेन्द्र र सत्ता निरन्तरताको क्रमिकतामा छुुटिसकेका ज्ञानेन्द्रलाई जोडेर प्रपोगन्डा गरिनु कुटिल हत्याकाण्डको योजनाकारको प्रतिरक्षा गर्ने नाभी रणनीति हो । राष्ट्राध्यक्ष एवं नेपाली सेनाका परमाधिपतिको सुरक्षा नेपाली सेनाकै प्रधानसेनापतिले आफ्नो क्षेत्र आकर्षित हुँदैन भन्ने खुला अभिव्यक्ति यस काण्डको अर्को निर्णायक संवेदनशील पाटो हो । यसले नेपाली सेनाकै उच्च नेतृत्वपंक्ति नेपाल अस्थिर बनाउन उद्यत् पश्चिमा शक्ति केन्द्रको दलदलमा फसिसकेको यथार्थ पनि उद्घाटित गर्दछ । यही निरन्तरताको अर्को पाटो कथित माओवादी जनयुद्ध हो । हत्याकाण्ड लगत्तै युवराज दीपेन्द्रमाथि दोषारोपण गर्दै प्रपोगन्डा र अर्कोतर्फ स्थापना भएको गणतन्त्र संस्थागत गरौ भन्ने नारासाथ माओवादी राजा ज्ञानेन्द्रमाथि केद्रित हुँदै सैन्य सुरक्षाभित्रको षड्यन्त्र ढाकछोप गर्न संयोग थिएन नियोजित थियो ।      इतिहासको जगबाट हेर्दा नेपाल पुनर्एकीकरणमा नेतृत्व दिएका  पृथ्वीनारायण शाह उनका उत्तराधिकारी बहादुर शाह र पछिल्लो चरणमा भीमसेन थापाबाहेक नेपालको शासनको केन्द्रमा ब्रिटिस विस्तारवादको प्रभुत्व रहेको छ । जसको कारण वि.सं. १९०३ को कोतपर्व त्यसको १ सय ५५ वर्षपछि २०५८ साल जेठ १९ को नारायणहिटी दोस्रो महाकोतपर्व घट्यो र  बदलिँदो विश्व परिवेशमा त्यो अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादको  निरन्तरताको रूपमा आइरहेको छ । यसकारण पश्चिमाहरूद्वारा (सी.आई.ए र एम. आई ७) प्रशिक्षित तथाकथित बौद्धिकताको पगरी गुथेकाहरूको कब्जामा रहेको सिनासको बाटो हुँदै बहादुर शाहलाई बाइपास गर्दै भीमसेन थापा माथि प्रहार गर्दै पृथ्वीनारायण शाह, जंगबहादुर र राजा महेन्द्र र त्यही ब्याजमा बी.पी कोइरालालाई राखेर बडो चतुरताका साथ ब्रिटिस विस्तारवाद सँगै पश्चिम साम्राज्यवादको नयाँ मोडलमा जग निर्माण गर्ने प्रयत्न भइरहेको छ । ब्रिटिस मोडलमै जंगबहादुरको उदयपछि जातपात छुवाछूतको बीजारोपण गरे जसको विरुद्ध जनस्तरबाट लखन थापाले विद्रोह गरे । त्यही निरन्तरता नयाँ मोडलमा माओवादले ब्यानरमार्फत जातीय पहिचानको  आवरणमा अहिले देखिएको छ । त्यसैगरी २०१७ सालको राजा महेन्द्रको शाही कदमपछि  २०१८ सालमा अमेरिकी गैरसरकारी संस्था पिसकोर नेपाल भित्र्याइयो । सन् २००४ मा फर्केको पिसकोर अनमिनको बहिगमनपश्चात अहिले पुनः बाबुराम सरकारले भित्र्याएको छ ।   २०२८ सालको झापाकाण्डदेखि पछिल्लो चरणमा तथाकथित माओवादी जनयुद्धको सुरुवातमा पिसकोरको मुख्यभूमिलाई लिन सकिन्छ । पिसकोरको आगमनपछि युनाइटेड मिसन हस्पिटलदेखि कतिपय स्कुलहरूमार्फत पहिलो चरणमा प्रवेश ग¥यो । राणहरूसँग सम्बन्धविच्छेद गर्नुपर्ने । त्रिभुवनको इच्छा र चाहनाविपरीत राजा महेन्द्रले त्यही राणा परिवारसँग सम्बन्ध निरन्तरता दिए । अन्ततः सेनाको घेराभित्र उनको हत्या कि मृत्यु ? अहिलेसम्म रहस्यमय छ । २०३३ सालमा पिसकोरमार्फत पाल्पा र रोल्पामा  २०४० सालसम्म  अध्ययन गरेकी जुलिया चाङ ब्लक २०४७ पछि नेपालमै अमेरिकी राजदूत बनेर आउनु संयोग थिएन । मदन भण्डारीको हत्यासँगै माओवादी युद्धको बीजारोपण र राजदरबार हत्याकाण्ड पिसकोरकै जगमा त थिएन ।   एकातर्फ पिसकोर भित्र्याउनु र अर्कोतर्फ जंगबहादुरले साम्राज्यवादसँग लडेको सेनालाई साम्राज्यवादीकै हितरक्षार्थ प्रयोग गरेजस्तै राजा महेन्द्रले सेनालाई साम्राज्यवादको नयाँ रक्षाकबज राष्ट्रसंघीय शान्ति सेनामा पठाउनु ऐतिहासिक भूल थियो ।  परिवारमा तत्कालीन शाही नेपाली सेनाको घेराभित्र राजा वीरेन्द्रसहित उनका परिवारको कत्लेआम हत्या गराइयो । कोतपर्वको पूर्वसन्ध्या र भीमसेन थापाको हत्यापछि जसरी नेपाली सेनाको चेन अफ कमाण्ड जंगबहादुर राणाजस्ता ब्रिटिस साम्राज्यवादका पाल्तु कुकुरको हातमा पुग्यो र कोतपर्व भयो । त्यसरी नै राजा महेन्द्रले रोपेको गलत विषय झाँगिएर अमेरिकी  साम्राज्यवाद सी.आई.ए को पकडमा  दरबार र नेपाली सेनाको चेन अफ कमाण्ड पुग्यो जंगबहादुरकै लिगेसी प्रज्ज्वलशमशेर ज.ब.राको कमान्डिङ समयमा २०५८ जेठ १९ को दरबार हत्याकाण्ड भयो ।   बाह्य रूपमा कतिपय सकारात्मक कामहरू नभएका होइनन् । तर सत्ताको मूल जग पश्चिमाहरूको पकडमा त्यसै गएको होइन । यसकारण नेपाललाई वास्तविक रूपमा मुक्त गर्न यसको ऐतिहासिक घटनाक्रमलाई जंगबाट समीक्षा गरेर पुनर्निर्माण आजको महत्वपूर्ण पाटो हो ।   

Posted on: 2013-Feb-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar