29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उपनिषद्

24 - Sep-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 उपषिद्को सन्देश के हो - ?

 
उपनिषद् श्रुति साहित्यको अन्तिम चरण हो । अधिकतम उपनिषद् ऋषि-मुनि एवं देवताहरु बीचको वार्तालापको रुप हो । 'वृहदारण्यक' र छन्दोग्य उपनिषद्, सबैभन्दा ठूला हुन् । डा. राधाकृष्णको कथन अनुसार, यिनीहरुमा सत्यको विषयमा यतिधेरै विचार र देवताहरुको विषयमा अनुमान छ कि कोही पनि यसमा आफ्नो इच्छा अनुसारको सत्यको खोजी गर्न सक्छ र प्रत्येक मताग्राही आफ्नो सिद्धान्तलाई उपनिषद्मा पाएर धन्य हुनसक्छ ।      उपनिषद्का सन्देशहरुको प्रभाव हिन्दू धर्ममा बुझन धेरै कठिन छ । वास्तवमा उपनिषद्द्वारा नै स्वतन्त्र विचार गर्ने प्रेरणा मिलेको हो । उनले बलि प्रथा र देवताको अस्तित्वलाई पनि चुनौती दिए । प्रारम्भिक उपनिषद् अधिकतम गद्य रुपमा छ र अरु केही प्रश्न्ाोत्तरको रुपमा पनि । उपनिषद्का विषयमा डा. राधाकृष्ण, आर.डी. रानाडे र स्वामी चिन्मयानन्दद्वारा लिखित पुस्तकहरु सर्वोत्कृष्ट मानिन्छन् ।      उपनिषद्का विद्वानहरुमा महषिर् याज्ञवल्क्यको धेरै महत्व छ । कुनै उपनिषद्को प्रश्नोत्तर याज्ञवल्क्य ऋषिकी पत्नी मैत्रेयी तथा गार्गी -ऋषि गर्गकी पुत्री) द्वारा उपस्थित छन् ।      वृहदारण्यक उपनिषद् सबैभन्दा विशाल र प्राचीन हो । उपनिषद्का महान् गुरु ऋषि याज्ञवल्क्यले भन्नुभएको छ कि, 'तिमी प्रत्येक वस्तुको सिद्ध एवं भविष्यवक्तालाई देख्न सक्तैनौं । तिमी हरेक प्राणी जो सुन्न सक्छन् । त्यसलाई सुन्न सक्तैनौ, तिमी हरेक विषयका विचारकहरुका विषयमा सोच्न सक्तैनौं, न तिमी प्रत्येक ज्ञानीहरुलाई बुझन सक्छौ । जो कोही कल्पनाबाट टाढा छन्, त्यसको अन्तर त्रि्रो आफ्नो अर्न्तर्मनमा छ ।      उपनिषद्मा पुनः स्वयंको विषयमा केही यसप्रकार लेखिएको छ-  जब कोही सास लिन्छ, तब ऊ जान्दछ कि ऊ श्वास लिइरहेको छ । जब कोही बोल्छ, तब यसलाई बोलीको रुपमा जानिन्छ । कोही खुद विचार गर्दछ भने त्यसलाई मष्तिस्कको सत्ताको रुपमा जानिन्छ ।      उपनिषद्मा भगवानको विषयमा सुन्दर विश्लेषण गरिएको छ । उपनिषद् भगवान ब्रम्हाको रुपका विषयमा वर्ण्र्ाागर्दछ कि उनै परब्रम्हा हुन् । आत्मा जो प्रत्येक प्राणी मात्रमा निवास गर्दछन् ऊ केवल ब्रम्हाको प्रतिच्छाया हुन् । राजा जनक अथवा याज्ञवल्क्यका बीचमा भएको संवादमा ब्रम्हाको परम प्रकाशलाई बहुत सुन्दर रुचिकर ढंगमा वर्ण्र्ाागरिएको छ । यस अनुसार सृष्टिमा प्रत्येक वस्तुको नाम, आकार एवं सञ्चालन शक्ति -क्रियाशीलता) हो तथा सम्पर्ूण्ा निरपेक्ष, जो अव्यक्त छ । यिनै तीन रुपमा परिलक्षित हुन्छन् ।     हिन्दूहरुको एक बहुतै प्रचलित स्तुति उपनिषद्बाट लिइएको हो ।   

 
असतो मा सद्गमय,  तमसोमा ज्योर्तिगमय,  मृत्यो मम अमृतोगमय, 

 शान्ति, ç शान्तिः, ç शान्तिः ।। 
    जब भक्तगण यो पर््रार्थना उच्चारण गर्दछन्, तब यस अन्तिम पत्ति+mको स्तुतिको अंगको रुपमा जोडिन्छ ।  'छन्दोग्य उपनिषद्' एक वृहद् उपनिषद् हो । यसका अनुसार प्राणीमात्र ब्रम्हा हुन् । यसमा स्पष्ट छ कि मूल रुपमा प्रारम्भमा केवल अस्तित्व थियो र केही पनि अस्तित्वविहीन थिएन । यस उपनिषद्मा यस विचारको स्थापना गरियो । मूल रुपमा सृष्टि अस्तित्वहीनताबाट उब्जिएको हो ।     ऋषि शाण्डिल्यले भनेका छन् 'मृत्युको समय ब्रम्हालाई जान्नेवालालाई तिमी अमर छौं । तिमी अपरिवर्तनशील सत्य हौ, यसलाई स्मरण गरेर ध्यानमग्न हुन जरुरी छ ।  यस उपनिषद्को ३ ः१४ पदमा वर्ण्र्ाागरिएको छ- वास्तवमा समस्त सृष्टि ब्रम्हा नै हुन् । त्यसैले प्रत्येकलाई जहाँबाट ऊ आएको हो । उसैलाई पूजा गर्न जरुरी छ । जसभित्र उसले सम्भिmन्छ र उसै प्रकार हरेक प्राणिले स्वास लिने गर्दछन् ।      कण्ठ उपनिषद्को एक कथाको सार यहाँ प्रस्तुत छ- 'एक पटक बजस्रवसा नामक एक ब्राम्हणले आध्यात्मिक कृपा प्राप्त गर्नका लागि आफ्नो सबैकुरा त्याग गरिदिए । त्यसै त्यागको प्रकृयामा उसका छोरा नचिकेता ले आफ्नो पितासँग स्वयं मृत्युको देवता यमको समक्ष बलि चढाउनका लागि भने । अन्तमा बाबुले आफ्नो प्यारो छोरालाई यमको सम्मुख बलि चढाइदिए । जब त्यो केटा यमको दरबारमा पुग्यो तब यम धेरै चिन्तित भए र उनले केटालाई आफ्नो बाबुका साथ जाने अनुमति दिए । त्यस समय नचिकेता र यमको बीच बहुतै जीवन्त वार्तालाप भयो । यही कथा उपनिषद्को मूल हो । यमराजले सृष्टिको विराट रहस्यलाई वर्ण्र्ाागरिरहेका छन् । साथै यस सुन्दर उपनिषद्मा ब्रम्हाको प्रकृतिको पनि वर्ण्र्ााछ ।        'केन उपनिषद्' भन्दछ कि जुन शब्दमा वर्ण्र्ाागरिएको छ । जसलाई ज्रि्रोले बोल्न सक्दैन । ऊ नै ब्रम्हा हो । जसद्वारा मष्तिस्क ब्रम्हालाई बुझने दावा गर्दछन् । वास्तवमा उनी ब्रम्हालाई बुझन सक्दैनन् । किनकी ब्रम्हालाई बुझेपछि उसको अस्तित्व पनि खोजिन्छ । अन्तमा ब्रम्हामा विलिन हुन्छन् । ठीक उसै प्रकार जुन नुनको कण सागरको पानीमा जान्छ र सागरका साथ एकाकार हुन्छ । हुनसक्छ, यसैकारण चिनियाँ विचारक लाओत्सेले भनेका छन्- जो जानिन्छ, उनी बोल्दैनन् र जो बोलिन्छ ऊ वास्तवमा केही जान्दैन ।        'ऐतरेय उपनिषद्' मा सृष्टिको रचनाका विषयमा बहुत नै मनोरञ्जक कथा छ, जो यसप्रकार छ ।  सबैभन्दा पहिले केवल आत्मा थियो । ऊ एकदम एकांकी थिए । फेरी उसैको इच्छा देवता बनाउने भए । अतः उसैले एक मुनष्यको निर्माण गरे । त्यस मनुष्यलाई मुख दिए । उसै मुखमा र्सवप्रथम वाणी अथवा अग्नि देवता निक्ले । फेरी उसले -आत्माले) मानिसको नाक बनाइदिए । जसमा सास आउन लाग्यो  र वायु देवको अवतरण भयो । फेरी आत्माले मानिसमा आँखा बनाइदिए । र त्यसै आँखाबाट दृष्टि अथवा र्सर्ूयदेवका अभ्युदय भयो । फेरी उनले मानिसका विभिन्न अंग -हात-पाउ) बनाइदिए । जसमा अनेक देवताहरुको अवतरण भयो । सबैभन्दा अन्तमा त्यस आत्माले मानिसको कपाल -शिरको बीचमा जोड) मा भएर मानिसमा प्रवेश गरे र यसप्रकार आत्मा 'म' बन्यो ।        'प्रश्न उपनिषद्' मा ऋषि पिप्पलाद् र उनको भक्त -शिष्य) को बडा मनोरञ्जक वार्ता भयो । ती शिष्य -भक्त) का नाम हो- सुकेश, गार्गी, कौशल्या, भार्गव र कबन्धी । यो वार्तालाप कबन्धीको यस प्रश्नका साथ प्रारम्भ हुन्छ- 'प्रभु † -श्रीमान्) यस सृष्टिको निर्माण कसरी भयो -        'मुण्डक उपनिषद्' मा उच्च ज्ञान र निम्न ज्ञानको अन्तर बताइएको छ । उच्च ज्ञान त्यो हो, जसद्वारा अपरिवर्तनशील सत्यको विषयमा जानिन्छ । निम्न अथवा नीचको ज्ञान वेद हो ।      'माण्डूक्य उपनिषद्' मा ऋषि माण्डूक्यले चेतनाका चार अवस्थाहरुको विषयमा उपदेश दिएका छन् । यी अवस्थाहरु हुन्- जाग्रत, स्वप्न, सुषुप्त -गहन न्रि्रा) र तुरीय । केवल 'तुरीय' अवस्था सत्य हो । आत्मतत्वको ज्ञान केवल 'तुरीय' अवस्थामा नै वर्ण्र्ाागर्न सकिन्छ । माण्डूक्य उपनिषद् सबै प्रमुख उपनिषद्हरुमा लघुत्तम छ ।      'तैत्तिरीय उपनिषद्' मा सृष्टिको विश्लेषणका पाँच मार्ग बताइएको छ । यस उपनिषद्का अनुसार, पञ्चभूत या पञ्चतत्व या पाँच आदिम तत्व । जसमा सबै पदार्थको निर्माण भएको हो, एक-दोस्रोको संयोगबाट उत्पन्न भएको हो । उदाहरणका लागि आकाश -शून्य यार् इथर) आत्माबाट जन्मेका हुन्, वायुबाट अग्नि, अग्निबाट जलमा, जलबाट पृथ्वी निस्कियो ।      'श्वेताश्वतर उपनिषद्' मा ऋषि श्वेताश्वतरले उपदेश हो । दोस्रोको विपरित उनले जिज्ञासु हुनको शिक्षा दिए, न कि परम ब्रम्हा विषयक । उनले बताए कि ध्यानद्वारा नै हामी भगवानलाई देख्न सक्छन् । प्रसिद्ध जर्मन विद्वान मैक्स मूलरले 'श्वेताश्वतर उपनिषद्' लाई सबैभन्दा कठिन बताएका छन् । साथै उनले आफ्नो तर्फाट सबैभन्दा अधिक मनोरञ्जक उपनिषद् पनि बताएका छन् । आदिगुरु शंकराचार्यले यस उपनिषद्लाई आफ्नो मूल विश्वासको एकदम विपरित भनेका छन् । यो उपनिषद् जिज्ञासापर्ूण्ा प्रश्नबाट प्रारम्भ भएको हो, जस्तै- हाम्रो जीवनलाई कसले जीवित राखेको छ - यो उपनिषद् शैववादसँग सम्बद्ध छ शैव बाइबल समान नै पवित्र मानिन्छ ।   

 
   

Posted on: 2012-Sep-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar