30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

डलरको भाउसँग जोडिएको अटोबजार

24 - Sep-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
डलरको भाउसँग जोडिएको अटोबजार          संवाददाता 

 

 
उच्च भन्सारदरका कारण गाडीको चर्को मूल्य तिर्न बाध्य नेपाली उपभोक्ता अमेरिकी डकाठमाडौं । नेपालको उच्च भन्सारदरका कारण गाडीको चर्को मूल्य तिर्न बाध्य नेपाली उपभोक्ता डलरको अकासिंदो मूल्य वृद्धिले चालू आर्थिक वर्ष२०६९/७० मा पनि अटो कारोबार वृद्धि हुने कुनै संकेतसमेत देखिएको छैन । डलरको भाउ लगातर वृद्धिसँगै नेपाली अटोबजारमा अनेकन खाले विश्लेषणहरूसमेत भइरहेका छन् । लरको मूल्यवृद्धि पछि चालू वर्षझनै मारमा पर्ने निश्चित छ ।   भारतीय मुद्रा कमजोर भई अमेरिक डलरको मूल्य ३ महिनायता लगातार बढ्दै गएपछी सबैभन्दा असर नेपालका सवारी आयतकर्ता र गाडी उपभोक्तालाई पर्ने भएको गाडी आयात कर्ताहरूको तर्क छ ।

 

 

 
डलरको मूल्य अत्यन्त महँगो हुँदै गए पनि अहिले नै गाडीको मूल्यवृद्धिको असर भने नेपालमा परेको छैन । नेपालमा तेस्रो मुलुकबाट आउने सबैखाले सवारी साधनको भाउ बढाउने तयारीमा गाडी आयतकर्ता जुटे पनि अहिलेसम्म नेपाल भित्रिएका गाडीहरूमा मूल्यवृद्धि भने गरेका छैनन् । तत्काललाई गाडीको मूल्य नबढे पनि गत वर्षेखि ओरालो लागि रहेको अटोबजार झनै तल ओर्लने भन्दै आयातकर्ताहरू चिन्तित छन् ।  
 
 
डलर बढेर मूल्य बढेपछि व्यवसाय कम भए पनि राजनीतिक अस्थिरताले गर्दा पनि सवारी साधनको कारोबार कम भएको व्यवसायीले बताएका छन । उपभोक्ताले आफूसँग भएको रकम जोगाएर राख्न थालेपछि व्यापार कम भएको उनीहरूको भनाइ छ । गत वर्षअटोमोबाइल क्षेत्रको कारोबारमा २२ प्रतिशतले गिरावट आएको र डलरको भाऊ पनि बृद्धि हुदै जाने र भन्सारदरको कारण पनि अटोकारोबारमा वृद्धि हुनेमा कुनै संकेत छैन । हाल १ डलर किन्न ९९ रुपैयाँभन्दा बढी पर्छ डलरको भाउ बढेसँगै सबैखाले सवारी साधनको मूल्य १३ देखि १७ प्रतिशतसम्म मूल्य बढ्ने अनुमान छ । यही अनुपातमा डलरको मूल्य बढिरहेमा साना र कम मूल्यका गाडीमा ३/४ लाख रुपैयाँ बढ्ने देखिन्छ भने महँगा गाडीको १० लाख रुपैयाँसम्म मूल्यवृद्धि  
 
 
 
हुने छ तर नेपालमा धेरै भारतीय कम्पनीका गाडीहरू नेपाल भित्रिने भएकाले हालसम्म गाडीको मूल्यवृद्धि भने भएको छैन ।
 
  
चालू वर्षपनि अटोकारोबारमा कुनै पनि सुधारका संकेतहरू आउने देखिएको छैन । डलरको भाऊ बढ्दै जान,े सरकारको राजस्वमुखी व्यवहार बढाउँदै लैजाने जस्ता कारण चालू वर्षपनि अटो क्षेत्र धराशायी हँुदैछ । विक्रेताहरू अत्याधिक राजस्वका कारण सवारी साधनको मूल्य धेरै भएकाले ग्राहकको क्रय क्षमता बाहिर पर्न जाँदा बिक्री नबढेको हो । त्यसमाथि डलरको मूल्यवृद्धिले झनै मार नेपालजस्तो मुलुकको अटो क्षेत्रमा पर्नेमा दर्ुइमत छैन ।      
 
 
डलरको मूल्यवृद्धिले गाडीको मूल्य नेपाली उपभोक्ताको झनै पहुँचभन्दा बाहिर गएको छ । नेपाल सरकारले छिमेकी सबै देशभन्दा नेपालको भन्सारदर अत्याधिक धेरै भएकोले त्यसलाई बजेटमार्फ कटौती गर्नर्ुपर्ने पटक-पटक मागसमेत नगरेका होइनन तर सरकारले भने अहिलेसम्म वास्ता गरेको छैन ।    
 
 
सरकार स्वयंले र्सार्वजनिक यातायातको गतिलो व्यवस्थापन गर्न नसकेका अवस्थामा सवारीलाई विलसातामा राख्नुनै गलत भएको सरोकारवालाहरूले तर्क गर्दै आएका छन् । राजधानीमा र्सार्वजनिक यातायात प्रयोग गर्न जो-कोहीले धेरैपटक सोच्नुपर्ने अवस्था विद्यामान छ । देशबाहिर जाने साधनको पनि हालत त्यस्तै छ । नयाँ सवारी साधन एउटै छैनन् । भाडादरमा एकरूपता छैन । यस्तोमा निजी सवारीसाधन बाध्यता भएको हुँदै गएको सबैले बुझ्नर्ुपर्छ । त्यसकारण आम मानिसको सवारी साधनमा पहुँच बढाउन सरकाले  बजेटमा केही न केही व्यवस्था गर्नै पर्नेमा सबै व्यवसायीको एकमत थियो ।      
 
 
बैंकको ब्याज पनि उच्च हुनुले सवारी साधन खरिद गर्नेको संख्यामा कमी आएकाले  यतातर्फपनि सरकारले केही पहल गरिदिनुपर्ने उनीहरूको एकै स्वर छ । डलरको भाउले आकाश छोएको बेला अन्तःशुल्क मात्रै हट्यो भने पनि केही राहत हुने व्यवसायीले बताउँदै आएका छन् ।      


Posted on: 2012-Sep-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar